तामाङ समाज युएईको आठौ सम्मेलन भर्चुअल विधिबाट सम्पन्न, अध्यक्षमा सनिल तामाङ

news-details

युएईमा रहेका तामाङ समुदायको साझा संस्था तामाङ समाज युएईको आठौ सम्मेलन सम्पन्न भएको छ । कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट आयोजित सम्मेलन सनिल घिसिङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

सम्मेलनले नवगठित कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र तामाङ, डिल्लीराम तामाङ र अभ्रिल मोक्तान तामाङ, सचिवमा नविन दोङ तामाङ, सचिव (सांस्कृतिक)मा हरि मोक्तान, सचिव (व्यवस्थापन)मा सोम तामाङ, सचिव (पब्लिक रिलेसन)मा सन्दिप ग्याबा तामाङ, कोषाध्यक्षमा पदम तामाङ र महिला विभाग प्रमुखमा ओशिन ब्लोन तामाङ चयन गरेको छ ।

यस्तै सदस्यहरुमा प्रताप सिंह तामाङ, बिरबहादुर लामा, अमर लामा, राज वाइवा, दावा लामा स्याङबो, खिला बहादुर स्याङबो र सोनु थोकर चयन भएका छन ।

नवनिर्वाचित अध्यक्ष तामाङले आगामी दिनमा युएईमा छरिएर रहेका सम्पूर्ण तामाङ समूदायलाई एक ढिक्का बनाउदै यसअघिको कार्यसमितिले सुरु गरेका अभियानलाई अझ सशक्त बनाउदै लैजाने बताए ।

सन् २००५ मा युएईमा रहेका तामाङ समुदायको हकहित स्थापना, जातिय कला संस्कृतिको जर्गेना तथा समस्या समाधानको उद्देश्यले गठन भएको तामाङ समाज युएईले विभिन्न सामाजिक कार्यमा पनि आफुलाई अग्रस्थानमा उभ्याउदै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *