सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १ हजार ४०० मा कारोबार
- साउन २१, २०७७
- 0

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै तोलाको १ लाख १ हजार ४०० मा कारोबार भएको हो ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै १ लाख १ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै बुधबार तेजावी सुनको मूल्य १ लाख ९०० रुपैयाँ र चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले यसको मूल्य अझै बढ्न सक्ने महासंघको भनाई छ । निरन्तर सुुनको मूल्य उकालो लागेसँगै सुनको कारोबारमा कमि आउदा देशभरका सुनचादी व्यवसायी प्रभावित बनेका पसिन महासंघले जनाएको छ ।
महासंघका अनुसार सामान्य अवस्थामा दैनिक ४० किलोसम्म सुनको कारोबार हुने गरेकोमा अहिले दैनिक पाँच किलोसम्म मात्र सुनको कारोबार हुने गरेको छ ।