हिमालयन बैंकले ल्यायो नयाँ कर्जा योजना
- साउन ११, २०७७
- 0

हिमालयन बैंकले ८.४९ र ९.८९ प्रतिशत ब्याजदरका विभिन्न कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ८.४९ % ब्याज दरमा साना तथा मझौला कर्जा, घर, सवारी साधन, शैक्षिक कर्जा सार्वजनिक गरेको हो ।
बैंकले ९.८९ प्रतिशत ब्याजको कर्जा योजनामा सेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यावसायिक कर्जा, सुविधा कर्जा र व्यक्तिगत कर्जा रहेको जनाएको छ ।
त्यस्तै बैंकले १०.३९ प्रतिशत ब्याजदरमा व्यावसायिक सवारीसाधन कर्जा ल्याएको छ । १० वर्षको अवधिसम्मका लागि पाइने एसएमई कर्जा न्यूनतम पाँच लाखदेखि ६ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । घर निर्माण वा घर-जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन् ।
यी कर्जा योजनामा लागु हुने ब्याजदरको प्रिमियम न्यूनतम एक वर्षका लागि स्थिर रहने बैंकले जनाएको छ ।