नेपालीको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर, निम्न मध्यम आय भएको देशको सूचीमा उक्लियो
- असार १९, २०७७
- 0
नेपालीको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर पुगेको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपालीको आय बढेसँगै नेपाल निम्न मध्यम आय भएको देशको सूचीमा उक्लिएको छ ।
विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको हो । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो । सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ । नेपाललाई सन् २०३० भित्र मध्यम आय भएको देशमा उकाल्ने सरकारको लक्ष्य छ ।
0 प्रतिक्रिया
रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइँदै
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ । सहकारी […]
काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि आज बिजुली काट्ने भएको छ । मंगलबार प्राधिकरणले […]
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजे समितिको बैठक कक्ष […]
‘जाडो मौसममा मुटुको समस्या बढी हुन्छ, हृदयघातको जोखिम बढ्छ’
जाडो मौसममा शरीरका नशाहरु र रगतका नलीहरु खुम्चिने गर्छन् । जसका कारण उच्च रक्तचाप वा ब्लडप्रेसर बढ्ने गर्दछ । ब्लडप्रेसर […]
सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन […]