दक्षिण कोरियामा कामदारको तलब बढ्यो, नेपाली पनि लाभान्वित हुने
- असार ३०, २०७५
- 0
दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो ।
यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुनेछ । योसँगै कामदारको तलब प्रति घण्टा ८३५० कोरियन वोन अर्थात दैनिक आठ घण्टा काम गरेपछि कामदारको महिनाको न्यूनतम तलब नेपाली १ लाख ६८ हजार बराबर हुनेछ ।
सन् २०१९ का लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जेइनले राष्ट्रपति निर्वाचन ताका गरेको प्रतिबद्धता अनुरुप भएको समाचारमा जनाइएको छ ।
यो निर्णयले कोरियामा ४० हजार बढी नेपाली लाभान्वित हुने भएका छन् ।
0 प्रतिक्रिया
भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत […]
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन
मानव बेचबिखन विरुद्धकी अग्रणी अभियन्ता तथा शक्ति समूहकी संस्थापक अध्यक्ष सुनिता दनुवारको आज बिहान निधन भएको छ । पारिवारिक स्रोतका […]
आज पाँच संसदीय समितिको बैठक बस्दै
सोमबार एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको […]
सहकारी ठगी प्रकरण मुद्दामा रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको […]
कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती मनाइँदै
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज १०१औँ जन्मजयन्ती मनाइँदैछ । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका […]