बुधबार थप २०१ जनामा कोरोना संक्रमण भेटियो, टिचिङ हस्पिटलमा उपचारार्थ १ संक्रमितको मृत्यु

news-details

बुधबार अपरान्हसम्म भएको परीक्षणमा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २३०० पुगेको छ ।

प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परीक्षणमा धनकुटाका १ जनामा, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १ जनामा, ताप्लेजुङका ३ जनामा, झापाका १ जनामा, पाचथरका १ जनामा र सुनसरीका ७ जनामा, नारायणी अस्पताल विरगंजमा गरिएको परीक्षणमा पर्साका ७ जनामा, सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा दैलेखका १ जना तथा सल्यानका २ जनामा, कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरङका २ जनामा, झापाका १ जनामा, तेह्रथुमका १ जनामा र सुनसरीका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

यस्तै सेती अस्पतालमा भएको परीक्षणमा कैलालीका ३ जना र डोटीका २ जनामा, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलबस्तुका ६७ जना, पाल्पाका २ जना र रुपन्देहीका २६ जनामा, जनकपुर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ६ र कालिकोटका ७ जनामा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ८ जना, प्युठानका २ जना र सल्यानका १ जनामा संक्रमण भेटिएको हो ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाडौ मेडिकल कलेजमा र टोखामा गरी ३ जनामा, धनुषाका १ जनामा, कपिलबस्तुका २ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहिका १ जना, सर्लाहीका १५ जना र सिन्धुपाल्चोकको १ जनामा संक्रमण पुष्टि भएको हो ।

टिचिङ हस्पिटलमा उपचारार्थ १ कोरोना संक्रमितको मृत्यु

यसैबीच काठमाडौको त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ दोलखाका ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट योसहित मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोलखाका ७६ वर्षीय पुरुष ती पुरुष गत जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेजमा भर्ना भएकोमा उनको कोरोना परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएपछि त्रिवि शिक्षण अस्पतालमा सारिएको थियो । उनको उपचारका क्रममा आज बुधबार मृत्यु भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *