नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
- रोजगारमञ्च
- चैत्र २४, २०७६
- 0

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार दिउसो बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा रहेको गभर्नर छनौट सिफारिस समितिले अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्वसचिव डा राजन खनालको नाम सिफारिस गरेको थियो ।
गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए भने यसअघि राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका थिए । अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।
0 प्रतिक्रिया
एनआरएनएहरुबीच एकता कायम गर्न राष्ट्रपति पौडेलको सुझाव

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिपेक्ष्यमा गैरआवासीय नेपाली संघमा देखा परेको विवाद समाधानका लागि एनआरएनएकै अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिएका […]
नयाँ एनआरएनए बनाउने संयोजक घलेको उद्घोष, ‘मे’को अधिबेशन गराएरै छाड्ने अठोट

गैरआवासीय नेपाली संघको उच्च स्तरीय समितिले सर्वोच्च अदालतको परमादेश अनुसार तोकिएकै समय मे महिनामा एकताको महाधिबेशन हुने जनाएको छ । […]
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र […]
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक र असमायिक प्रवित्तिहरु प्रकट भइरहेको बताएका छन् । नेपाल प्रगगतिशिल प्राध्यापक सङ्गठनको ११ […]
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव

नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव गरेका छन् । सोमबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गको राज्य […]