जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

news-details

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ ।

शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति रवि लामिछानेले जुम्लाको स्याउ बाँडेर बैठक सुरु गरेका हुन् ।

आजको बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन लगायत विषयमा छलफल हुनेछ ।

बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान र मधेश प्रदेश संगठनको ‘अडिट’ प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया