काठमाडौं उपत्यकादेखि इटहरी हुँदै अब दमकमा अन्तर्राष्ट्रिय स्तरको प्रारम्भिक शिक्षा
- रोजगारमञ्च
- अशोज ११, २०८३
- 0
झापा, दमक । प्रारम्भिक बालशिक्षाको क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय ब्रान्ड EuroKids ले आफ्नो सेवा विस्तार गर्दै पूर्वी नेपालको दमकमा नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरमा EuroKids सफलतापूर्वक सञ्चालन गर्दै आएको अनुभवी टिमले पूर्वको शैक्षिक हब इटहरीपछि अब दमकमा पनि EuroKids को नयाँ शाखा विस्तार गर्न लागेको हो।

बालबालिकाको प्रारम्भिक उमेरको सिकाइलाई विशेष महत्व दिँदै आधुनिक शिक्षण पद्धति, बालमैत्री वातावरण, दक्ष तथा अनुभवी शिक्षक–शिक्षिका, सिर्जनात्मक गतिविधि तथा खेलकुदमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित हुने लक्ष्य राखिएको छ।
दमकस्थित नयाँ शाखा अध्यक्ष नवराज काफ्लेको नेतृत्वमा सञ्चालनमा आउने भएको छ। शाखाको संस्थापक टिममा प्रिन्सिपल सम्झना गिरी, निर्देशक हेमन्त गौतम, निर्देशक ख्यामनाथ तिम्सिना र निर्देशक रति शाह रहेका छन्। अनुभवी नेतृत्व तथा व्यवस्थापन टिमले बालबालिकालाई सिकाइसँगै सिर्जनशीलता, आत्मविश्वास, सामाजिक व्यवहार तथा व्यावहारिक सीप विकास गर्ने वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।
काठमाडौं उपत्यकामा प्राप्त अनुभवलाई पूर्वी नेपालसम्म विस्तार गर्दै इटहरीपछि दमकमा गरिएको यो नयाँ सुरुवातले दमक, उर्लाबारी तथा आसपासका अभिभावकलाई गुणस्तरीय प्रारम्भिक शिक्षाको थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।









