नेप्सेको डाटा हबमा ह्याकरको आक्रमण, सेयर कारोबार बन्द
- अशोज ५, २०८३
- 0
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा हबमा ह्याकरको आक्रमण भएपछि आज (सोमबार)को सेयर कारोबार बन्द हुने भएको छ ।
नेप्सेका सीईओ चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतबारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकरको टीएमएस सञ्चालन गर्न नसकिने अवस्था छ । १२ वटा ब्रोकरको आफ्नै टीएमएस भएकाले उनीहरूको प्रणाली भने सञ्चालन गर्न सकिने अवस्था रहेको छ ।
अधिकांश ब्रोकरको टीएमएस प्रभावित भएपछि अपरिहार्य परिस्थितिका कारण आजको कारोबार रोक्ने विषयमा नेप्सेले योजना बनाएको छ । डाटा हबमा नेप्सेसहित १७–१८ वटा सरकारी निकायका रेकर्डसमेत रहेको बताइएको छ ।
0 प्रतिक्रिया
शिक्षक राजनीतिक दलमा लागे कारबाही, देशभर निगरानी गर्न शिक्षामन्त्रीको कडा निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट […]
विद्युत् महसुलमा भ्याट फिर्ता गर्ने सहमति भएको हो ? अर्थमन्त्रीको सचिवालयले खोल्यो वास्तविकता

काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर भइरहेको […]
त्रिपुरेश्वरमा बस आगलागी घटनामा छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

त्रिपुरेश्वरमा बसमा आगजनी गरी चालक समेत घाइते भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक […]
भोटेकोशी बाढी : १५ सदस्यीय संसदीय विशेष समिति गठन

काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति […]
बसमा आगो लगाउनुअघि चालकले भनेका थिए- ‘ट्राफिकले दुःख दियो अब मेरो लास निस्किन्छ’

काठमाडौं । त्रिपुरेश्वरमा बसभित्रै आगो लगाएर घाइते भएका चालकले घटनाअघि आफूलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै गाडी साहूसँग गुनासो […]









