प्रभु बैंकद्वारा आकर्षक सुविधासहित घर तथा सवारी साधन कर्जा योजना सार्वजनिक

news-details

काठमाडौं । प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यले आकर्षक सुविधासहित घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत घर कर्जामा अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ । कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत मात्र तोकिएको छ । ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ ।

घर कर्जा योजनाबाट घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतका साथै घर निर्माणको प्रयोजनका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले वित्तीय सुविधा लिन सक्नेछन् । यो सुविधा बैंकका देशभरका ३०० शाखाबाट उपलब्ध हुने जनाइएको छ ।

त्यसैगरी, व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंकले सवारी साधन कर्जा योजना पनि सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा लिन सकिनेछ । सवारी साधन कर्जामा पनि सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ ।

कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर (DO) उपलब्ध गराउने व्यवस्था गरिएको बैंकको भनाइ छ । यसले ग्राहकलाई आकर्षक दरमा सवारी साधन खरिद गर्न सहज हुने बैंकले जनाएको छ ।

प्रभु बैंकले छिटो, सरल तथा पारदर्शी कर्जा प्रक्रिया, गुणस्तरीय सेवा र विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न आफू निरन्तर प्रयासरत रहेको जनाएको छ । बैंकका अनुसार दुवै कर्जा योजना देशभरका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछन् ।

योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकको प्रभु बैंक शाखामा सम्पर्क गर्न, बैंकको वेबसाइट prabhubank.com हेर्न वा ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७०४८८ मा सम्पर्क गर्न सक्नेछन् ।

बैंकले देशभर रहेका ३०० शाखा तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै यस वर्ष पनि घर तथा सवारी साधन खरिदका लागि लक्षित कर्जा योजना ल्याइएको बैंकले जनाएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया