क्यासिनो प्राइड लुट्नेहरु कारागार भित्रबाटै सक्रिय
- बैशाख ३०, २०८३
- 0
काठमाडौं, ३० भदौ / भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा क्यासिनो प्राइड लुट्न संलग्न मुख्य अभियुक्तहरु काराबारभित्रै सक्रिय रहेको थाहा हुन आएको छ । जसमा सेठठी भनिने दावा शेर्पा, रने भनिने रञ्जीत खड्गी, दोर्जे शेर्पा, मनहरी पौडेल रहेका पाइएको छ । करण डंगोल, अभिसेक चौहान, शिसिर राई, सुनिल गजमेर, रञ्जन तामाङ र सुक्रराज घिसिङलाई जिल्ला अदालत काठमाडौको आदेशमा जेल चलान भएका थिए ।
क्यासिनो प्राइडले नगद र भौतिक क्ष्यतीसहित ५४करोड भन्दा बढीको माग राखेर काठमाडौं, जिल्ला अदातमा दायर गरेको मुद्धमा उनीहरुलाई जेल चलान गरेको थियो । जिल्ला अदालतको फैसलमा चित्त नबुझेको भन्दै उच्च अदालत पुनरावलोकनका लागि पुगेका उनीहरु अहिले जेलभित्रैबाट दैनिकजसो बिचौलियाको सम्पर्कमा रहेर छुट्ने प्रयास गरिराखेका छन् ।
१४ करोडभन्दा बढी नगद लुलिएको अभियोगमा पक्राउपरेका उनीहरुलाई प्रत्यक्ष लुटदै गरेको सिसिटिभि। क्यामेरा रेकर्ड र उनीहरुको बयानलाई आधार मानेर जिल्ला अदालत काठमाडौले २०८२ साल फागुन ५ गते पुर्पक्षका लागि कारागार पठाएको थियो ।
मुख्य अभियुक्त सेठ्ठी भनिने दावा शेर्पा, रने भनिने रञ्जीत खड्गी, दोर्जे शेर्पालगायतले कारागारभित्रैबाट आफ्नो सयन्त्र परिचालन गरी मुद्दालाई प्रभावित पार्न खोजिरहेकोे श्रोतको भनाई छ । मुद्दा जिताइदिन्छु भन्ने विचौलियाहरु दैनिकजसो आफन्तसँग सम्पर्कमा रहेर मुद्दा प्रभावित पार्ने खेलमा लागेका छन् ।














