सेञ्चुरी बैंकको ‘सेञ्चुरी सेभिङ्ग प्लस एकाउन्ट’ संचालनमा
- पुस ३, २०७६
- 0

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेञ्चुरी सेभिङ्ग प्लस एकाउन्ट’ को शुभारम्भ गरेको छ ।
५० लाख न्यूनतम मौज्दात भएको सो खातामा वार्षिक ६।५५ को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । १० लाखसम्मको प्राणघातक रोग र दुर्घटना तथा दिर्घकालीन अशक्तताको बिमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्ने व्यवस्था गरिएको छ ।
सो खातावालाहरुले नेपालका अन्य कुनै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथै निःशुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा विशेष छुट समेत दिइनेछ ।
उक्त खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गरेका थिए । साथै सो कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
0 प्रतिक्रिया
बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन […]
रवि लामिछानेसहित २९ जनाविरूद्व पर्सामा मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व पर्सामा पनि मुद्दा दायर भएको छ । सानो पाइला सहकारी ठगी आरोपमा आज लामिछानेसहित […]
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक […]
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । […]
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन् । राजधानीमा सुरु भएको […]