सिभिल बैंकको थप तीन नयाँ शाखा संचालनमा
- मंसिर ११, २०७६
- 0
सिभिल बैंकले आफ्नौ नवौं वार्षिकोत्सवको अवसरमा तीनवटा शाखाको उद्धघाटन गरेको छ।
बैंकले निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौली शाखाको उद्धघाटन गरेको हो ।
दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले गरे।
निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भुप्रसाद पन्त तथा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले संयुक्त रुपमा गरे।
त्यसैगरी, चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्त रुपमा गरे।
नयाँ शाखाको संचालनसँगै बैंकले सामाजिक सेवा पनि गरेको छ। सिभिल बैंकको मुख्य शाखामा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
हालसम्म यो बैंकको शाखा संख्या १०१ र एटिएम संख्या ७६ पुगेको छ।
0 प्रतिक्रिया
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक […]
कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय
मानव तस्कारीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरूद्व मुद्वा नचलाउने निर्णय भएको छ । सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरूद्व […]
प्रधानमन्त्री ओलीले भने -‘चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । […]
बिआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन् । प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको […]
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले लिए पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसँग सिंहदरबारमा छलफल गरेर सुझाव लिएका हुन् […]