ट्रम्प र जेलेन्स्कीबीच भनाभन : जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न आदेश

news-details

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका समकक्षी भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता असफल भएको छ ।

युक्रेनको बहमूल्य खनिज पदार्थबारे द्वपक्षीय वार्ता हुने बताइए पनि ह्वाइट हाउसमा भएको उनीहरुबीचको वार्ता चर्काचर्कीमा परिणत भएपछि उनलाई अमेरिका छोड्न आदेश दिइएको बीबीसीले उल्लेख गरेको छ ।

उनीहरुबीच पत्रकार सम्मेलनका क्रममा भएको भनाभनको भिडियो सार्वजनिक भएको छ । जहाँ ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध गराउन लागेको आरोप लगाएका छन् ।

ट्रम्पले आफू युक्रेनलाई सघाउन नसक्ने र युद्धबाट पछि हटे मात्र खनिजको सम्झौता हुने बताए । जेलेन्स्की अमेरिकाले गरेको सहयोगप्रति आभारीसमेत नभएको ट्रम्पको दाबी छ । भेटमा ट्रम्पले यदि अमेरिकाले सैन्य सहयोग नगरेको भए जेलेन्स्की दुई हप्तामा पराजित हुने पनि बताए ।

भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले युक्रेनको समस्या समाधानमा कूटनीतिक तवरले अमेरिका अघि बढ्न चाहेको र यसको सुरुवात यो वार्ता भएको बताएका थिए ।

भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेलेन्स्कीले शान्ति नचाहेको उल्लेख गरेका छन् । र उनले शान्तिको आवश्यकता परे अमेरिकालाई सम्झिन सक्ने पनि बाटो खुल्ला रहेको उल्लेख गरेका छन् ।

युक्रेन मुद्दालाई युक्रेनको र यूरोपको हातमाथि पारेर समाधान गर्न फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री केइर स्टार्मर पछि जेलेन्स्की वासिङटन पुगेका थिए । तर, उनीसग भनाभन भएपछि परिस्थिति फरक बनेको हो ।

ह्वाइटहाउसको विवादपछि अमेरिका र युक्रेन सम्बन्ध कसरी अगाडि बढ्ला भन्ने प्रश्न उब्जिएको बेला जेलेन्स्कीले भने ट्रम्पसँगको सम्बन्ध अझै पनि सुधार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *