जेजु विमान दुर्घटनामा १७९ जनाको मृत्यु, २ जनामात्र बाँच्न सफल
- पुस १४, २०८१
- 0
दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ ।
६ जना चालक दलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।
१८१ जनामध्ये २ जनामात्र बाँच्न सफल भएको र अरु सबैले ज्यान गुमाएपछि एयरलाइन्सले विज्ञप्तिनै निकालेर माफी मागेको हो ।
जेजु एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठूलो नोक्सानी भएको सबैमा हामी जेजु एयरको शिर झुकाएर माफी चाहन्छौँ । ’
विज्ञप्तिमा थप भनिएको छ, ‘हामी यस घटनाको वास्तविकता बताउन हरसम्भव प्रयास गर्नेछौँ । हामी यस घटनाका लागि क्षमाप्रार्थी छौँ ।’
दुर्घटनाग्रस्त विमानबाट दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको थियो । उनीहरुको उपचार भइरहेको अधिकारीअरुले जनाएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
0 प्रतिक्रिया
पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घटयो
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम […]
उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब ७१ करोड बढी
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले उल्लेख्य उपलब्धि हाँसिल गर्दै गएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित […]
विप्लव नेतृत्वको नेकपाले झापा–कञ्चनपुर जनमार्च संचालन गर्ने
नेत्रविक्रम चन्द सी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी २१ फागुनदेखि जनमार्चा सञ्चालन गर्ने भएको छ । छैटौं पूर्ण बैठकको निर्णय […]
पर्यटन क्षेत्रको विकास सरकारले मात्र गर्न सक्दैन् : मन्त्री पाण्डे
पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको प्रसस्तै सम्भावना भएता पनि उपयोग भने गर्न नसकिएको बताएका छन् । […]
एनआरएनएका पदाधिकारी र बेलायतका राजदूत रोब फेनबीच भेटवार्ता
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका महामहिम राजदूत रोब फेनसँग भेटर्वार्ता गरेको […]