भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
- अशोज २४, २०८१
- 0

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो ।
टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।
उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्– रतन टाटाको निधनबाट भारतले यस्तो आइकनलाई गुमायो जसले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोड्यो ।
यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिको रुपमा सम्झिएका छन् ।
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।
0 प्रतिक्रिया
कुम्भमेलाबाट फर्किएका ४ नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका यहाँका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना […]
युवा व्यवसायी तथा एनआरएनए कतारका सहकोषाध्यक्ष आचार्यको सडक दुर्घटनामा परी निधन

नेपाल व्यवसायी संघ कतारका सदस्य तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष झविन्द्र आचार्यको सडक दुर्घटनामा परी निधन […]
‘करुणा’को लोकार्पणमा राधिका शाक्यको गुनासो : ‘हाम्रो घर दरबार होइन’

प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ को लोकार्पण गरिएको छ । शनिबार एक विशेष समारोहकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो […]
वर्तमान सरकारको प्रस्तुती दिनप्रतिदिन खस्किँदै गएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकारको प्रस्तुती दिनप्रतिदिन खस्किँदै गएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित स्थानीय […]
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा […]