काठमाडौँ । विश्वकप लिग २ अन्तर्गत आफ्नाे अन्तिम म्याचमा नेपालले ओमानलाई हराएकाे छ । यसका साथै नेपाल लिग २ काे अङ्क तालिकामा टप ६ भित्र अटाउन सफल भयाे ।
टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले २८० रनकाे बलियाे याेगफल तयार गरेकाे थियाे । नेपालका राेहिकुमार पाैडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालले अर्धशतक प्रहार गरे ।
राेहितले अर्काे एउटा उत्कृष्ट इनिङ खेल्दै ८१ बलमा ८० रन जाेडेका थिए । श्रृङ्खलामा याे उनकाे दाेस्राे अर्धशतक हाे । उनले एक शतक पनि हानेका छन् ।
दीपेन्द्रले आक्रामक इनिङ खेल्दै ६२ बलमा ६९ रन जाेडे । यस्तै अर्जुन कुमालकाे अनुपस्थितिमा ओपनरका रूपमा आएका देव खनाल ५७ रन जाेडेर आउट भएका थिए । इनिङकाे अन्तिममा बसिरअहमदले ७ बलमा १७ रन हानेर नेपाललाई उकासे ।
जवाफी ब्याटिङमा ओमानले ७ विकेट क्षतिमा २७० रनमात्र जाेड्न सक्याे । एक समय केवल एक विकेट क्षतिमा १९० रन जाेडेकाे क्यानाडा जिततर्फ अग्रसर देखिएकाे थियाे । तर नेपाललाई स्पिनरहरूले ख्लमा फर्काए । ललित नारायण राजवंशीले जतिन्दर सिंह र हम्मद मिर्जाकाे १५८ रनकाे साझेदारी ताेडेपछि नेपाल खेलमा फर्किएकाे थियाे ।
नेपालका लागि राजवंशी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । कप्तान सन्दीप लामिछानेले कसिलाे बलिङ गर्दै १० ओभरमा ३७ रन खर्चेर १ विकेट हात पारे ।








