आरिफको शानदार ब्याटिङसँगै नेपालको लगातार दोश्रो जित, नेदरल्याण्ड ५ विकेटले पराजित
- जेष्ठ २१, २०८२
- 0

विश्वकप लिग २ अन्तरगत स्कटल्याण्डमा जारी श्रृंखलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
ब्याटिङका लागि कठिन पीचमा २२६ रनको मध्यम लक्ष्य पछ्याएको नेपाललाई ५ विकेटको जित दिलाउन आरिफले ७८ रनको उत्कृष्ट इनिङ खेले ।
ययअघि ओपनिङमा आएका कुशल भुर्तेल २५ र आशिफ शेख १९ बलमा आउट हुदा भिम सार्की ११ र कप्तान रोहित पौडेल २३ रनमा रनआउट हुदै बाहिरिएका थिए ।
यसपछि आरिफ र दीपेन्द्रबीच भएको ८९ रनको साझेदारी नै नेपालका लागि निर्णायक बन्यो । आरिफ ७८ रन बनाएर आृट हुदा दीपेन्द्र ३८ रनमा नटआउट रहे । अन्तिममा आएका गुल्सन झाले ४ बलमा ११ रन बनाए पछि नेपाल बिजयी बन्यो ।
स्कटल्यान्डको फोर्थिल डण्डीमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९ ओभर १ बलमा २२५ रनमा समेटिPsf] lyयो ।
नेदरल्यान्ड्सका लागि नूह क्रोसले सर्वाधिक ४८ रन बनाए । डेर मेर्वे २० रनमा आउट भए । कप्तान स्कट एडवड्र्सले ४६, विक्रमजीत सिंहले ३८, ज्याक लायन क्याचेटले २७ र तेजा निदामानरुले १३ रनको योगदान दिए ।
बलिङमा नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुईदुई विकेट लिए ।