वर्षा बाधक बनेपछि नेपाल यू–१९ क्रिकेट विश्वकपमा छनोट भएन
- बैशाख ६, २०८२
- 0

वर्षा बाधक बनेपछि नेपाल आइसिसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुन असफल भएको छ ।
आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आज अफगानिस्थानविरुद्धको खेल वर्षाका कारण हुन नहुनेपछि अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो । यहाँस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा आज बिहान साढे ९ बजे खेल हुने तालिका थियो । तर वर्षाका कारण खेल समयमै हुन सकेछ । पानीले भिजेको मैदान सुकाउने काम भए पनि समय अभावका कारण खेल हुन सकेन ।
आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण थियो । दुवै टोलीले प्रतियोगितामा समान तीनरतीन खेल जितेका थिए । वर्षाले खेल प्रभावित भएपछि दुवै टोलीले समान एकरएक अङ्क बाडेँ । दुवै टोलीसँग समान ७-७ अङ्क भएपनि रनरेटको आधारमा अफगानिस्तान विश्वकपमा छनोट भएको हो ।
आइसिसी यू–१९ क्रिकेट विश्वकप वर्ष सन् २०२६ मा जिमबाबे र नामिबियामा हुनेछ ।
0 प्रतिक्रिया
सुदूरपश्चिमको पर्यटन विकासका लागि नीति, भौतिक संरचना र व्यवहारमा सुधार आवश्यक : मन्त्री पाण्डे

सुदूरपश्चिमको पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नीति, संरचना […]
हरेक श्रमिकलाई सिप सिकाएर पठाउने सरकारको तयारी छ : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताएका छन् । शुक्रबार […]
पाकिस्तानमा समस्यामा रहेका विद्यार्थीलाई नेपाली दूतावासमा सम्पर्क राख्न परराष्ट्र मन्त्रालयको आग्रह

भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै समस्यामा रहेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली […]
ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीले संसदमै दिए बधाई

नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिनुभएको छ। […]
संखुवासभाको चैनपुर र ललितपुरबीच भगिनी सम्बन्ध, मेयर महर्जन र तामाङले गरे हस्ताक्षर

ललितपुर महानगरपालिका र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । प्रतिनिधिमण्डलसहित चैनपुर पुगेका ललितपुर महानगरपालिका मेयर चिरीबाबु […]