महिला टी-२०आई शृंखला : नेपालको लगातार तेस्रो हार
- माघ २०, २०८१
- 0
त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो ।
नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । सम्झना खड्काले २३ रन बनाइन् ।
नेदरल्याण्ड्सका आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले २-२ विकेट लिए । इभा लिन्च र इसाबेल वोनिङले १-१ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन्। त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।
नेपालका लागि सीता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । उनले करियरको दोस्रो पाँच-विकेट फिगरको बलिङ गरेकी हुन् । यो उनको बेस्ट बलिङ समेत हो ।
मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १-१ विकेट लिए ।
आजको हारसँगै नेपालको उपाधि होड कमजोर बनेको छ । यसअघि नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग एक–एक हार व्यहोरेको थियो ।