काठमाडौं महानगरले तीन ठाउँमा नेपाल र बंगलादेशबीचको फाइनल भिड्न्त देखाउने
- कार्तिक १४, २०८१
- 0
साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधीका लागि आज हुने नेपाल र बंगालादेशबीचको खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
खेल हेर्न धेरै दर्शकहरुलाई चाहना भए पनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन हुने भन्दै महानगरले लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट देखाउने जनाएको हो ।
खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरले फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।
0 प्रतिक्रिया
जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन
जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला […]
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते
नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिनीट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु […]
औँसीको दिन भए पनि आज तिहारको कुनै पर्व छैन
आज यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि शुक्रबार कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको […]
हङकङ सुपर सिक्सेस : इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित
हङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित जित हात पारेको छ । ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति […]
तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री
उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्व छ । शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री […]