साफ वुमेन्स च्याम्पियनसिप : आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

news-details

काठमाडौंमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् ।

सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ । महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो ।

अघिल्लो संस्करणहरूमा चारपटकसम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ । सन् २०२२ मा भएको खेलमा नेपालले भारतलाई १–० गोलले पराजित गरेको थियो ।
त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो ।

नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो।

समूह चरणमा नेपाल अपराजित रह्यो । नेपालले दुई जित र १ बराबरी खेलेर ७ अंक बनाएको थियो। नेपालको समूहमा रहेको भुटानले पनि २ जित र १ बराबरी खेल्दै सातै अंक बनाएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *