टर्की र नेदरल्याण्ड्सको जितसँगै युरो कपको क्वाटरफाइनल समिकरण पूरा

news-details

युरोकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ। गएराति अन्तिम १६ को दुई खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो।

गएराति रोमानियालाई ३-० गोलले पराजित गर्दै नेदरल्याण्ड्स र अष्ट्रियालाई २-१ गोलले पराजित गर्दै टर्कि क्वाटरफाइनलमा पुगे।

रोमानियाविरूद्धको जितमा नेदरल्याण्ड्स डोनिएल मलेनले दुई गोल गरे। उनले ८३ औं मिनेट र अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरेका थिए।

त्यसअघि २० मिनेटमा कोडी गाक्पोले नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए।

टर्किको मेरिह डिमाइरलले दुई गोल गरे। उनले खेलको पहिलो मिनेट ५९ औं मिनेटमा गोल गरेका थिए।

अष्ट्रियाका माइकल ग्रेगोरित्स्कले ६६ औं मिनेटमा गोल गरेका थिए। तर त्यसपछि गोल हुन नसक्दा क्वाटरफाइनलबाटै अष्ट्रिया बाहिरिएको हो।

यसअघि इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड, डेनमार्कलाई हराउँदै जर्मनी, स्लोभाकियालाई हराउँदै इंग्ल्याण्ड, जर्जियालाई हराउँदै स्पेन, बेल्जियमलाई हराउँदै फ्रान्स र स्लोभानियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा पुगेको थियो।

क्वाटरफाइनलको खेल शुक्रबारदेखि हुनेछ।

पहिलो खेल स्पेन र जर्मनी भिड्नेछन्। दोस्रो खेल पोर्चुगलले फ्रान्ससँग खेल्नेछ।

त्यस्तै इंग्ल्याण्ड्ले स्वीटजरल्याण्डसँग र नेदरल्याण्ड्सले टर्किसँग सेमिफाइनल पुग्नका लागि खेल्नेछ।

सेमीफाइनल १० जुलाईदेखि र फाइनल १५ जुलाइमा हुनेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *