स्वीट्जरल्याण्डसँग हार्दै साविक विजेता इटली बाहिरियो
- असार १६, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2024/06/Irlay1.jpg)
इटाली युरोको अन्तिम १६ बाट विदा भएको छ ।
गएराति भएको खेलमा स्वीट्जरल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको इटाली प्रतियोगिताबाट बाहिर भएको हो ।
जर्मनीमा जारी प्रतियोगितामा स्वीट्जरल्यान्डको जितमा रेमो फ्रेउलर र रुबेन भारगासले गोल गरे ।
खेलमा ३७औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवातमा नै रुबेन भारगासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।