कोपा अमेरिका : पानामालाई ३–१ गोल अन्तरले हराउँदै उरुग्वेको विजयी सुरुवात

news-details

स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको उरुग्वेले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा उरुग्वेले पानामालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा म्याक्सिमिलानो जाभियर आरुगो, डार्विन ग्याब्रिएल नुनेज र मेटिस निकोलस भिनाले एक एक गोल गर्दा पानामाका मिचेल अमिर मुरिलोले एक गोल फर्काए ।

फ्लोरिडामा भएको खेलमा उरुग्वेले १६ औं मिनेटमा अग्रता लिएको थियो । मेटिसको पासमा म्याक्सिमिलानोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल भएको खेलमा दुवै तर्फबाट बाँकी ३ गोल दोस्रो हाफमा निस्किएका थिए ।

८५ औं मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा मेटिस निकोलसले डिइगो निकोलसको पासमा गोल गरेपछि उरुग्वे ३–० को सहज अवस्थामा पुगेको थियो ।

तर, अतिरिक्त चौथो मिनेटमा पानामाका फेड्रि गोनडोलाको पासमा मुरिलोले गोल गर्दै अन्तर ३–१ मा झारे पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै कोपा अमेरिकाको समूह सीमा उरुग्वेले ३ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा राखेको छ । यही समूहका अमेरिकाले पनि सोमबार जित निकाल्दै तीन अंक जोडेको थियो । अमेरिका दोस्रो स्थानमा रहँदा पानामा र बोलिभिया अंकविहिन हुँदै तालिकाको तेस्रो र चौथो स्थानमा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *