कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको विजयी सुरुवात

news-details

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । शुक्रबार विहान भएको ४८ औं कोपा अमेरिकाको उदघाटन खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । गोलरहित बराबरीमा पहिलो हाफ सकिएको थियो । अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा निकालेको हो । खेलको ४९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले म्याक एलिस्टरको पासमा गोल गरेका हुन् ।

खेलको ८८ औं मिनेटमा अल्भारेजले कप्तान लियोनल मेस्सीको पासमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो । त्यसपछि बाँकी समयमा दुवै टिमबाट गोल नभएपछि अन्ततः अर्जेन्टिनाले २–० को जित पक्का गर्न सफल भयो । जितपछि समूह ए मा अर्जेन्टिनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *