च्याम्पियन्स लिग फुटबलको उपाधि वायर्न म्युनिखलाई

news-details

जर्मन फुटबल च्याम्पियन वायर्न म्युनिखले युरोपेली क्लवहरुहरुको फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि छैठौं पटक जितेको छ ।

फ्रान्सेली क्लव क्लब प्यारिस सेन्ट जर्मन (पीएसजी)लाई ० का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै वायर्नले उपाधि जितेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा किङस्लेकोमानले निर्णायक गोल गरे ।

यो जितसंगै वायर्न युरोपियन कप वा च्याम्पियन्स लिगको ११ वटा खेलमा पूर्ण रुपमा जित गर्दै गर्दै उपाधि जित्ने पहिलो क्लव पनि बनेको छ ।

पोर्चुगलको लिज्बोनमा भएको फाइनल खेलमा कोम्यानले ५९औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

वायर्नसँगको पराजयले क्लब स्थापनाको ५० वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पीएसजी उपाधि जित्नबाट भने चुकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *