पूर्णबहादुर भन्छन् ‘यो डालोले दुई वर्ष सघाउँछ, हृदयदेखि नै भरोसा दिलाउँछ’
- बिन्दु अधिकारी ढकाल
- जेष्ठ ३१, २०८२
- 0

विकास निमार्ण, अवस्था परिवर्तन र समृद्घितिरको यात्रामा देश सधैँ गतिशील हुुनुु पर्छ । देशलाई हाँक्ने यत्र भनेको सरकार अर्थात् राज्य हो । समयको आफ्नै लय छ । परिवर्तनशील त्यो गतिलाई मानिसले चाहेर पनि अदलबदल गर्न सक्ने स्थिति छैन, हुुँदैन । यहाँ बिना कर्म अपेक्षाहरु पुुरा हुुँदैनन् । श्रमशील नागरिकले उपलब्धी हात पार्छन् । राजनीति होस् चाहे व्यापार व्यवसाय । जो खट्छ, जरुर अगाडि बढ्छ ।
संसारमा अर्थ भनेको यस्तो चिज रहेछ, जो बिना मानिस बाँच्न सकिँदैन । आर्जनलाई साधनको रुपमा चलायमान गर्न जाने मानवीय जीवन त्यति कठिन हुुने थिएन कि ? हुन त राष्ट्र बैङ्ले समेत मनमोजी ढङ्गले नोट छाप्न पाउदैन । सरकारले तोकेको दायरामा उभिनुु पर्छ । आमनागरिक आफ्नै श्रममा बाँच्न कर्तव्यरत छन् । सीप, श्रम र दक्षताको सही सदुपयोग गर्दै अहोरात्र खट्छन््, जुुट्छन् ।
कतिको चित्त बुुझेको हुुँदैन, योग्यताको कदर नभएर । कति लछारोमा पर्छन्, यता नभए उता पो होला कि भनेर । यस्तै यस्तै पृष्ठभूूमि बोकेर हिँड्नेहरुका भिडमा भेटिनुु भएका पूूर्णबहादुुर वसेलको जीवन भोगाइलाई यहाँ उन्ने प्रयास गरिएको छ ।
काफल आयो ! काफल ! काफल ! प्रायः सुुनिने आवाज हो । घरभित्र कोठा, बरन्डा, छत जहाँबाट पनि टड्कालो सुुनिने स्वरलाई सिजन व्यापारी हुुन् भनेर पहिचान गर्न असहज थिएन । मेरा पाइला फटाफट आवाज आएतिर लम्किएँ । स्वर फाल्दै हिँडेका व्यक्तिसँग केही मिनेट गफिनुु अर्को चाह थियो । काफल दाजुु, काफल कसरी पाइन्छ ? पहिलो वाक्य यसरी नै बोलेँ ।
“हजुर नै भन्नुु न कतिको राखौँ ? दुुई सय, एक सय, पचास जतिको लिँदा नि हुुन्छ । जङ्गली यो फल अलिक महंगो नै छ ।” मैले आफ्नो माग चयन गरेर पुनः केही थान प्रश्न गरेँ, दाजुुको घर कहाँ हो ? यहाँसम्म पुुग्न कहाँबाट आउनुु हुुन्छ ? यो काफलको होलसेल मतलब डालो भर्न कहाँ जानुु पर्छ ? अनि, कसको प्रेरणाले यो व्यापार सुुरु गर्नुु भयो ?
पूर्णबहादुुुरका एउटी छोरी, छोरा तीन जना । छोराहरु यहीँ राजधानीमा परिवारसहित बसेका छन् । यतै घर बनाउने मिस्त्री काम गर्छन्, बच्चा पढाउँछन् । सायद, छोराछोरीलाई अङ्ग्रेजी बोर्डिङ स्कुुलमा नै भर्ना गरेका होलान् । बाउलाई आफूूहरुसँगै बसौँ भनेर अनुुरोध गर्छन् तर पूूर्णबहादुुरलाई आफ्नै मर्जीमा चल्ने आदत जो विकास भएको छ ।
“मेरो स्थायी घर रामेछाप हो । यहाँ म घट्टेकुलो बस्छुु । अहिले त्यहीबाट हिँड्दै आको । काफल ककनी, रानीपौवाबाट आउछ । भन्छन्, नगरकोटबाट पनि आउने यतै हो अरे । कालीमाटी अथवा नरदेवी आफूलाई जहाँ जाँदा सजिलो पर्छ, त्यहाँ गएर ल्याउनुु पर्छ । काफल लिन जाँदा म गाडी चढेर जान्छुु । कहिले चार केजी कहिले पाँच केजी लिएर फर्किन्छुु । यसको खरिद रेट प्रति केजी ७ सय पर्छ ।
मैले ९ सयदेखि १ हजार त निकाल्नुु प¥यो नि । नत्र यसरी घाँटी सुुक्नेगरी कराउदै हिँड्नाको के अर्थ हुुन्छ । यस कारण मूुल्य घटाएर दिन मिल्दैन । आफ्नो ज्याला पनि नउठ्ने श्रम के श्रम । म घट्टेकुलोबाट हिँडेको भरे बेलुका सात साढे सात अथवा काफल नसक्किएसम्म आफूुलाई बिसाउदिनँ । डालामा भएको माल एक दिनमा सकिएन भने त्यो खेर जान्छ । त्यो नास भनेको व्यापार घाटामा जानुु हो । मेरो व्यापार डुुब्नुु भनेको म पनि डुुब्नुु हो ।
“काफल बेच्ने बेच्ने साथीहरु सँगै बस्छौँ । खाजा खाना होटलमा खान्छौँ । कोठा भाडा मिलेर तिर्छौँ । अझै पनि पक्का घरमा बस्न क्षमता पुुगेको छैन । हामीले टहरोलाई नै आफ्नो घर सम्झेका छौँ । यता बस्न थालेपनि गाउँ चटक्क छोडेको भने छैन । मेरी श्रीमती उतै छिन् ।
२०२२ सालमा जन्मेको मैले पढेको छैन । यो फोन बज्यो भने उठाउछुु तर नम्बर डायल गर्न आउँदैन, जान्दिनँ । यतिखेर मोटरबाटो बनिसकेको अवस्थामा रामेछाप–काठमाडौं अर्थात् काठमाडौं–रामेछाप टाढा होइन । बिहानको गाडी चढ्यो भने खाना खान आफ्नै घर पुुगिन्छ । त्यो बेला हिँडेरै कति ओहोरदोहोर गरियो । यहाँ पहिला ज्यामी काम गर्दा समयमा ठेक्दारले पैसा दिन्थेन । पैसाबिना विरानो ठाउँमा के खाएर पेट पाल्नुु ? त्यही झोकमा मन पोलेर के गरौँ के गरौँ भएर यो व्यापार सुुरु गरेको हुुँ । सिजन व्यापार !”
एउटा समय थियो त्यो । पूुर्णबहादुुुरका एउटी छोरी, छोरा तीन जना । छोराहरु यहीँ राजधानीमा परिवारसहित बसेका छन् । यतै घर बनाउने मिस्त्री काम गर्छन्, बच्चा पढाउँछन् । सायद, छोराछोरीलाई अङ्ग्रेजी बोर्डिङ स्कुुलमा नै भर्ना गरेका होलान् । बाउलाई आफूूहरुसँगै बसौँ भनेर अनुुरोध गर्छन् तर पूूर्णबहादुुरलाई आफ्नै मर्जीमा चल्ने आदत जो विकास भएको छ ।
“काफल बेच्ने बेच्ने साथीहरु सँगै बस्छौँ । खाजा खाना होटलमा खान्छौँ । कोठा भाडा मिलेर तिर्छौँ । अझै पनि पक्का घरमा बस्न क्षमता पुुगेको छैन । हामीले टहरोलाई नै आफ्नो घर सम्झेका छौँ । यता बस्न थालेपनि गाउँ चटक्क छोडेको भने छैन । मेरी श्रीमती उतै छिन् ।
यहाँ मजदुरवर्गको दैनिकी पाँच सय कमाउन ३२ किमी यात्रा गर्नुपर्ने बाध्यता पनि छ । वर्षभरिमा छोटो समय गाउँमै कृषिको काम पाइन्छ । कामको चटारो बढी हुने तर खाजा खाना बाहेक ज्याला थोरै । त्यसो त काम गर्न कहाँ पो सजिलो छ र ? ठुला सपना बुनेर विदेश पुगेकाहरु पनि अलपत्र परिरहेका घटनाहरु दिनानुदिन आइरहेको छ ।
खेतबारीमा काम हुुँदा यता आउन भ्याइदैन । मलिलो आफ्नो ठाउँमा गोरु बाख्रा र कुखुरा पालेका छौँ । हुन त हामीले पशुुवस्तुु पालिरहेका हुुनाले बारी रुखो नभएको हो । जेहोस् न जति छ, आफ्नो माटो भनेको आफ्नै हो । उता काम नहुुँदा मात्र यताको बाटोमा यो डालो लिएर हल्ला गर्दै हिँड्छुु ।
यता टहराको ठिही भन्दा गाउँकै अँगेनुु प्यारो लाग्छ । शहरमा सबै थोक पाइन्छ तर पैसा कमाउन गाह्रो !” पूूर्ण बहादुरको मात्र होइन, मानवीय जीवनमा प्रायः दुुःख नै हुुन्छ । यहाँ शारीरिक श्रम नगर्नेहरु मानसिक श्रममा लादिएका हुुन्छन् । बालापनमा हामी भन्थ्यौँ नि, राजाको दरबार कति ठुुलो ! हाम्रो पनि घर त्यत्रै भइदिए ?
अर्थ बुुझ्दै जाँदा थाहा भयो ‘राजा सबका साझा’ हुुन कति कठिन रहेछ ! शास्त्रको हिसाब विष्णुु भगवान्को रुपको अन्तत वंश नै विनास भयो ! अहिले देशमा अस्थिर राजनीतिको हावा मडारिएको छ । काफल व्यापारी पूूर्ण बहादुरलाई राजनीतिको ‘र’ थाहा छैन । यति थाहा छ, गाउँमा कोशीको पानी ल्यायो भने सजिलो हुुन्छ । पहिलो किस्तामा तीन हजार दोस्रोमा पाँच हजार तर दुुवै बाँकी भए एकमुुष्ट सात हजार स्थानीय सरकारलाई बुुझाएपछि उर्दी गरिएको काम चाँडो सम्पन्न हुुन्छ भन्ने जानकारी रहेछ ।
यहाँ मजदुरवर्गको दैनिकी पाँच सय कमाउन ३२ किमी यात्रा गर्नुपर्ने बाध्यता पनि छ । वर्षभरिमा छोटो समय गाउँमै कृषिको काम पाइन्छ । कामको चटारो बढी हुने तर खाजा खाना बाहेक ज्याला थोरै । त्यसो त काम गर्न कहाँ पो सजिलो छ र ? ठुला सपना बुनेर विदेश पुगेकाहरु पनि अलपत्र परिरहेका घटनाहरु दिनानुदिन आइरहेको छ ।
कोही बेला यस्तो लाग्छ, हातमा नगद नभएर के भो ? रिनपान कतै सटर लेर अलि ठुुलो व्यापार गर्न सके अलि बढी कमाई हुुन्थ्यो की ? फेरि, डर लाग्छ– स्कुल गएर पढिनँ । एउटा अक्षर चिन्दिनँ । यस्तो अँध्यारो जीवनले कसरी ठुुलो व्यापार आँट्नुु ? बरु जे छ, ठीकै छ । सिजनको सामान यी यो काफल छ । क्रमशः अकबरे खुुसार्नी र बदाम हाल्न ७ सयमा किनेको यो डालोले दुुई वर्ष मलाई सघाउछ । हृदयदेखि नै भरोसा दिलाउँछ ।
हालसालै मात्र वैदेशिक रोजगारीका लागि साउदी अरब पुुगेका मध्ये एकै कम्पनीका ४ सय ६९ जना नेपाली त्यतै अलपत्र परेको खबर आयो । कम्पनी बन्द भएर अलपत्र परेपछि साउदीस्थित नेपाली दुताबास र सम्बन्धित कम्पनीमा सहयोगका लागि अपिल गरेता पनि उनीहरुलाई कतैबाट आवश्यकता अनुुसारको सहयोग मिलेको छैन । मासिक १२ सयदेखि १५ सय रियालसम्ममा काम गर्नको लागि दुुई वर्ष अगाडि साउदी पुुगेका ती श्रमिकको भविष्य अब के होला ?
“मेरो ठुुलो जिम्मेवारी भनेको आफ्नो जहान पाल्नुु हो । उनले घर थेग्देको भएर नै घरीघरी यता आएर व्यापार गर्न पाएको छुु । म यताबाट पैसा लिएर जान्छुु र उता उधारोमा परेको व्यवहार मिल्छ । मेरो यो व्यापार छोड्नै नमिल्ने खालको होइन । काम पर्दा घरै गइन्छ । सबैभन्दा ढुुक्क के छ भने नगद तिरेर ल्याएको सामान नगदमै बेच्छुुँ । महिनाको हिसाब किन हुुँदैन भन्दाखेरी कोही बेला पन्ध्रै दिनमा गाउँ पुुग्नुु पर्छ । तैपनि १५ देखि २० हजार कमाउछुुँ । यत्रो ठुुलो ठाउँमा यी साना कुरा भन्नै सरम लाग्छ तर आज नढाटी सबै भनेको छुु नि मुटुु कलेजो खोलेर !
दुुई वर्ष अघिको कुुरा हो । हलो जोत्दा मेरो खुुट्टा भाँचियो । उपचारमा तीन लाख खर्च भयो । त्यतिखेर ११ दिन अस्पताल बसेँ । डाक्टरको सल्लाह अनुुसार छोराहरुका कोठामा एक महिना बिताएर घर गएँ । उता पनि आराम नै गरेको हुुनाले अहिले यतिको हिँड्न सक्ने भएको छुु । उपचारमा भित्र राखेको पाता किला के के हो बिलाउने खालको होइन रहेछ । झिक्नुु पर्छ भनेका छन् डाक्टरले तर खै खर्च ? मसँग त्यो सामथ्र्य छैन । हजुरबाट कुनै सहयोग हुुन्थ्यो कि ? छिटो मुख बोलिहालेँ ।
एउटा ढुुक्क मैले नियमित दवाई खानुु पर्दैन । कोही बेला यस्तो लाग्छ, हातमा नगद नभएर के भो ? रिनपान कतै सटर लेर अलि ठुुलो व्यापार गर्न सके अलि बढी कमाई हुुन्थ्यो की ? फेरि, डर लाग्छ– स्कुल गएर पढिनँ । एउटा अक्षर चिन्दिनँ । यस्तो अँध्यारो जीवनले कसरी ठुुलो व्यापार आँट्नुु ? बरु जे छ, ठीकै छ । सिजनको सामान यी यो काफल छ । क्रमशः अकबरे खुुसार्नी र बदाम हाल्न ७ सयमा किनेको यो डालोले दुुई वर्ष मलाई सघाउछ । हृदयदेखि नै भरोसा दिलाउँछ ।
१ किलोको ८० रुपैयाँ तिरेर पत्रिका ल्यायो, च्यात्दै माल पोको पारो । यता आयो कराएर हिँड्ने दैनिकी सुुरु हुुन्छ । यहाँ नगरपालिकाले बस्न दिदैन । काँधमा डालो बोकेर हिँड्दा जति कराए पनि केही गर्दैन । राति खुुट्टा दुुख्छ । यो बिरामी गोडा चाहिँ । म त्यस्तो हिँड्न नसक्नेलाई ठमठम हिँड्न सक्ने बनाइदिए । वास्तवमा डाक्टर भनेका त भगवान् नै हुुन् गाठे !”
पूुर्ण बहादुुरको शिरमा ढाका टोपी सजिएको छ । जस्तो कि हिमालको काखमा हामी छौँ । हाम्रो घर छ । पढाइ लेखाइ अङ्क अक्षर दोहोरो परिचय भएन । तैपनि व्यवहार अड्किएको छैन । हसमुख मुुहारलाई पढ्दा जीवनसँग थोप्पो गुुनासो छ्रैन । डालोसहित हिँड्दा जसले आवाज पछ्याउछन्, रोकियो । काफल, भुुटेका मकै वा हरियो मटर माग अनुुसार २५, ५०, १०० र २०० मा बेचबिखन गर्दा खर्च कटाएर बच्ने फाइदा आम्दानी हो ।
त्योबेला समयमै पूुर्ण बहादुरको उपचार भयो । यदि नभएको भए के हालत हुुन्थ्यो ? कल्पनै गर्न सक्दिन भनेर कुराको बिट मारेको समय मेरो मगजमा ताजा छ । भित्र स्टीलपाता काँटी के के छन्, झिक्न आर्थिक स्रोत जुुटाउन सहयोग गरिदिनुु परो भनेर मलाई अनुुरोध पेस गरेर ओझेल परेका ती पाइला काफल ! काफल ! आयो काफल बोलले मलाई झकझक्याएको मात्र छैन, “सबै कुरा भनेको छुु नि, मेरो कलेजो मुुटुु खोलेर !” यसको सार्थकता बाँकी उपचारमा कसरी सहयोग गर्न सकिएला ?
पूुर्ण बहादुुरको शिरमा ढाका टोपी सजिएको छ । जस्तो कि हिमालको काखमा हामी छौँ । हाम्रो घर छ । पढाइ लेखाइ अङ्क अक्षर दोहोरो परिचय भएन । तैपनि व्यवहार अड्किएको छैन । हसमुख मुुहारलाई पढ्दा जीवनसँग थोप्पो गुुनासो छ्रैन । डालोसहित हिँड्दा जसले आवाज पछ्याउछन्, रोकियो । काफल, भुुटेका मकै वा हरियो मटर माग अनुुसार २५, ५०, १०० र २०० मा बेचबिखन गर्दा खर्च कटाएर बच्ने फाइदा आम्दानी हो । त्यहाँ धैर्यको मापन सीमा छैन ।
नेपालमा अहिले रोजगारी नभएर होइन, आकर्षक कमाई किन गर्न सकिएन ? यस प्रश्नले समस्या उत्पन्न भएको हो । आर्थिक मन्दीको प्रभावले अझै पनि बजार चलायमान भएको छैन । कति कामदारले समयमा तलब पाएका छैनन् । विदेश जादैमा आर्थिक स्थिति कहाँ बलियो भएको छ र ? ताजा समाचार माथि उल्लेख भइसकेको छ ।
यहाँ आफ्नो योग्यता र क्षमतामा अडिग भएर जो लागि परेका छन्, आज भएन त भएन भोलिसम्ममा कसो नहोला ? प्रकृतिको उज्यालो अँध्यारो प्रक्रिया हरेक मानिसको जीवनमा लागुु हुुन्छ । जीवन भनेकै अभ्यास हो । यहाँ कति पूुर्ण बहादुरहरु छन् ? ससाना खुसीमा मोहित भई बाचेका । तिनको अनुुसरण गर्नुपर्छ भन्ने होइन । कम्तिमा एक पटक पढेर किन केही नसिक्ने ?