‘सडकमा बसेर श्रम गर्ने मैले राज्यको केही खाएको छैन भन्दा एकल महिलाको भत्ता खाएकी छुु’
- बिन्दु अधिकारी ढकाल
- जेष्ठ ३, २०८२
- 0

यतिखेर बैङ्क तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा तरलता थुुप्रिएको छ । प्रत्येक महिना बैङ्क ब्याजदर घट्दै गएको भए पनि उद्योगी व्यवसायीहरुले ऋण लिन चाहिरहेका छैनन् । बजारमा वस्तुुको माग सिर्जना नभएकाले कर्जा प्रवाह हुुन सकेको छैन । कुल ग्रार्हस्थ उत्पादनको ८० प्रतिशत भन्दा बढी योगदान नीजि क्षेत्रको भएकोमा अहिले यही क्षेत्र शिथिल छ । यसकारण देशको आन्तरिक अर्थतन्त्र कमजोर भएको हो । आखिर यो नियति कहिलेसम्म रहला ?
कतै पढेकी थिएँ, आशा जगाउने क्षमता नभएका नेताले डर देखाएर शासन गर्छन् । ‘जननी जन्मभूूमिश्च स्वर्गादपि गरियसि’को मूूल मर्मलाई हृदयगत गर्नुपर्छ । हचुवाको भरमा नेतृत्व गर्ने तिकडमले मानवीय भावना न संवेदना सिर्फ आफ्नो दुनो सोझ्याउनबाहेक नागरिकका पीर मर्कालाई बुुझ्ने ल्यागत राख्दैन । यो आँखाको देखमा भएको यथार्थ हो । फेरि, आम नागरिकलाई यो पनि थाहा छ कि नेतृत्व बिना राज्य चल्दैन । अनि, बिनाराज्य विकासले गति लिन सक्दैन । नियम–कानुन बुुझेर संसार देखेकोबाट केही अपेक्षा हुुनुु अस्वभाविक होइन, हुुँदैन तर हाम्रो परिवेश भने सेपले खाएको जमिनमा दाहिने देब्रे नमिलेका गोरु नारेझैँ सधैँ उही दृश्य किन हुुन्छ ? यस प्रश्नको जवाफ के हुुन्छ ? कसले दिन्छ ?
यहाँ ठुुल्ठुुला राजनीतिक भाषण गरेर दिवा सपना सजाउने जमात सानो छैन । तिनीहरुलाई कुुन तिकडमले पेटभरि खान दिन्छ ? त्यो हिसाब किताबतिर लाग्नुुको साटो बरु आफूुसँग जे सामथ्र्य छ, त्यसैमा रमाउने जुना मगरहरुको संसार भने अर्कै छ । आफ्नै किसिमको दिन, रात र सपनाहरु छन्, उनीहरुका । अहोरात्र खटाइमा व्यथित पलबारे तिनका आवाज कसले सुनिदिने ? आपत्विपत् परे न्याय कसले दिने ? अथवा, अन्यायका विरुद्घ न्यायको ढोका ढकढक्याउन कहाँ जाने ?
काठमाडौं आएको धेरै वर्ष भयो । यहाँ पहिला गलैँचा बुनेँ । पछि, बालुवा चालेँ । घामछाया जस्तो जीवनमा म यतिखेर भने व्यापारी भएकी छुु । ठुलो लेनदेन गर्न आफूुसँग अर्थजन्य सामथ्र्य छैन । त्यही भएर यस्तै सानोतिनो काममा अल्झेर सिजन बेसिजन सबैतिर हात लैजान मन लाग्छ । ज्यान पाल्न केही त गर्नै परो नि नानी, बहिनी ।
कतिका चाहना दैनिकीमा सीमित होलान्, कतिका इच्छा घरघडेरीसम्म पुुग्लान् त कति दुुई छाक र एक सरोमा मिठो निद्रा खोज्छन् । यही सिलसिला म नजिकिन पुगेँ, जुझारु जुनासम्म र केही जिज्ञासा सोधेँ । तपाईको स्थायी बसोबास कहाँ अर्थात् कुन जिल्ला हो ? अनि, यहाँ यो व्यापार सुरु गर्नुभएको कति समय भयो ? कि, सिजनमा मात्रै खट्नुु हुुन्छ ?
“मेरो घर काभ्रेपलाञ्चोक जिल्लामा पर्छ । रामेछाप चाहिँ माइत । काठमाडौं आएको धेरै वर्ष भयो । यहाँ पहिला गलैँचा बुनेँ । पछि, बालुवा चालेँ । घामछाया जस्तो जीवनमा म यतिखेर भने व्यापारी भएकी छुु । ठुलो लेनदेन गर्न आफूुसँग अर्थजन्य सामथ्र्य छैन । त्यही भएर यस्तै सानोतिनो काममा अल्झेर सिजन बेसिजन सबैतिर हात लैजान मन लाग्छ । ज्यान पाल्न केही त गर्नै परो नि नानी, बहिनी ।”
गत वर्ष तिहारको भाइटीकाको उत्सवमय प्रहरमा जुना दिदीसँग मेरो भेट भएको थियो । ल्याएका सामान बिकेन, सावा नै उठेन भनेर दिदी चिन्ताको पोखरीमा डुुबेको देखेँ । उहाँको त्यो सानो कारोबारमा झन्डै १० हजार घाटा हुनुु भनेको चानचुने विषय होइन । नबिग्रिने सामान भए भोलिभोलि पनि बिक्थे तर फूूल र माला दुवै चाडै ओइलाउने सामाग्री हुुनाले कसरी जतन गर्नु ?
टीकाकै दिन भए पनि बिहान आशा हुुन्थ्यो । घाम क्षितिजको डाँडामा पुुग्नै लागिसकेको थियो, त्यसमाथि सिमसिम वर्षा सुुरु भयो । व्यापार गर्न मानिसको चहलपहल हुने ठाउँ चाहिन्छ । सडकभन्दा भित्र अपायक नै हुुन्छ । यति कुरो आसन जमाउनुु अघि विचार नहुुनाले पनि त्यो दिन व्यापार घाटा भयो । खुला सडक छेउमा भए केही घण्टा अघि एउटा क्रेता– म थिएँ । माला किन्न सडक यताउता चाहर्दा भनेजस्तो फूुल र माला नभेटेर मजस्तै कतिलाई सास्ती भयो । यता दिदी भने बस्याबस्यै हुुनुुहुुदो रहेछ ।
कुराको थालनीमा सन्तान कति जना छन् ? कहाँ के काममा अल्झेका छन् अनि श्रीमान् यतै कि विदेश ? भनेर सोधेँ । “मेरा चार जना सन्तानमा तीनटा छोरी र छोरा एउटा छ । सबैभन्दा सानी छोरीको जोडी बाँध्न बाँकी छ अरु सबै आआफ्नो गरीखाने भए । मेरो श्रीमान् यस दुनियामा छैनन् । सुुगर बढेकोबढ्यै ओछ्यानबाट उठ्न सकेनन् । बुुढो बिरामी भएका बेला डाक्टर कहाँ लगिनँ कि धामी देखाइनँ कि ।
अहिले सिजन भनेर फूूल बेच्न मात्र यहाँ बसेकी हु । यो समय यतिकै किन खेर फाल्नु ? मौकाको कामले अरु केही नभए पनि कोठा भाडा तिर्न पुुग्थ्यो कि ? भन्ने आशा हो तर व्यापारको यो चालाले ब्याज खाने खै कसको ? साहुु नै फुत्को ! भन्याजस्तै भयो ।”
‘चिनी रोग लाग्यो, अब राम्रोसँगले खानपानमा मुुख बार्नुपर्छ । गुुलियो कुरा नखानुु, प्रसस्त पानी पिउनुु, खाना खादा एकै पल्ट धेरै नखाएर बरु थोरैथोरै खाइरहनुु, दैनिक शरीरबाट पसिना निस्कने गरी हिँड्नुु’ डाक्टरले कुुरा बुुझाएरै भनेका थिए । त्यो अर्ती जायज हो तर पनि परम्परादेखि चलेको चलन झारफुक गराए अलि चाँडो भूूतप्रेत भाग्थे कि ? भनेर धामी भेट्न थाल्यौँ । नभन्दै, लगन लागेको छ, देउताका नाउमा बली चढाउन कुुखुुराको भाले मन्साउनुु पर्छ भनेर ठोकुवा साथ अह्राए । आखिर यता न उता जम्मा ४८ वर्षको लाउलाउ र खाउखाउको उमेरमा बुुढा बिते ।
यो नाती छोरीको छोरा हो । यतै बोर्डिङ स्कुल पढ्छ । मेरो ख्यालमा नानीहरु जन्मिन मात्रै पो समय लाग्छ, बढ्न बेरै नलाग्ने । म यतिबेला सम्झन्छुु, यही कोटेश्वर पहिला धुुलोमुलो बाटो गाउँजस्तो कस्तो न कस्तो ठाउँ थियो । हेर्दाहेर्दै भित्री बाटोघाटोदेखि अहिले यत्रो चौडा सडक बनो । अनि, यही सडकलाई सुरक्षित किसिमले पार गर्न आकाशे पुल पनि बनिसकेको छ । मेरो खास थलो पुलको फेदमा बसेर साग व्यापार गर्छु । अहिले सिजन भनेर फूूल बेच्न मात्र यहाँ बसेकी हु । हाम्रो परिवारमा जेठानी बित्नुु भएकोले यसपाली चाडँ मनाएनौँ । यो समय यतिकै किन खेर फाल्नु ? मौकाको कामले अरु केही नभए पनि कोठा भाडा तिर्न पुुग्थ्यो कि ? भन्ने आशा हो तर व्यापारको यो चालाले ब्याज खाने खै कसको ? साहुु नै फुत्को ! भन्याजस्तै भयो ।”
५६ वर्षकी जुुनालाई बुुढ्यौलीले छोयो भन्ने लाग्दैन तर रोगले गाँजेकोमा चिन्ता छ । केही वर्ष अघि रामेछाप–काठमाडौं गाडी दुुर्घटनामा पर्दा ६ वटा करङ भाँचिए । त्यसको उपचार खर्च बस व्यवसायीले नै गरे । त्यही दुुर्घटनापछि उब्जिएको ढाडको भित्री दुुःखाई भने पेवाझैँ अझै छ । सुुगर, प्रेसर र कोलस्टोर त थियोे नै त्यसमाथि डेंगुु भयो । त्यो निको हुुन ६/७ बोतल स्लाइन चढाउनुु प¥यो । जहाँ गाह्रो त्यहाँ साह्रो भने पारा पछिल्लो उपचार खर्च जुटाउन जुनालाई ऋण लाग्यो । यसको अर्थ जीवन माइनसमा गयो ।
“८४ वर्षकी आमा हुुनुुहुुन्छ । उहाँलाई भेट्न धाएर टाढा जानुु पर्दैन, बानेश्वरमा बसाइँ छ । म गाउँ जान्न भन्दा कहिलेकाहीँ जानुुपर्छ । बाध्यता बाहेक तारन्तार किन धाउनुु ? उता, आफ्नो खेती छैन । यो उमेरमा बारी खनजोत गर्न सकिन्न । हेर्दा यतिको देखिए पनि पाठेघर छैन । पित्तथैली पनि छैन– पथरी झिक्दा गयो । अझै अरु के के हुन बाँकी छ । सास रहेसम्म आसले चल्नै परो ।”
उहाँको मोबाइलमा फोन आयो । कुराको सुरुवात नै यस वर्षको सिजन व्यापारले दश बल्ड्याङ लडायो । फूूल फूूलमा घाटा, माला मालामा घाटा यस्तै छ है भन्दै आफ्नो दुुःखेसो पोख्नुुभो । कुरा सुन्दा र त्यहाँ सामानको थुुप्रो देख्दा वास्तवमै नरमाईलो लाग्यो । खटाइ अनुुसार व्यापार भएको भए कोठाभाडा मात्र होइन, बिरामी पर्दा काढेको ऋण चुक्ता हुने थियो । मेरो मनको खुनखुन चाहिँ अलि कोल्टे ठाउँमा बस्नु हुने थिएन कि ? भन्ने नै छ । यो स्तम्भ तयार गर्दा पनि त्यही दिनको झल्कोमा म कम्प्युटरमा औँला दौडाइरहेकी छुु ।
ठुुल्ठुुला थुुङ्गा सयपत्री फूूलका माला कार्टुुनमा र प्लास्टीकको झोलाभरि टनाटन थिए । त्यो देखेर मलाई यति लोभ भयो कि बिहानको समय भए साँझसम्म आशा हुुन्थ्यो । यहाँ मनको मात्र भरोसाले केही गर्न सक्ने अवस्था थिएन । हलुुवाबेद पाकेका रहेछन्, मलाई मनपर्ने फल हुुनाले किनेँ । दिदीले अमला किन्न दिनुुभएन । यति थोरैको कति पैसा लिनुु ? पर्दैन । थपक्क खानुु न हौ भनेर हातमा थमाउन भ्याउनुु भयो । सालका पात गतिला मुुठा थिए । प्रयोगमा आइहाल्ने स्थिति भए उठाइहाल्नुु जस्तो ।
गाढा पिङ्क पहिरनमा सजिनुु भएकी दिदीले हातमा मेहेन्दी लगाउनुु भएको देखेर तारिफ गरेँ । त्यस्तै, गलाको तिलहरी अनि नारीको पहेलो चुुराले कस्तो राम्रो सोभा दिएको छ, यति के भनेकी थिएँ– “सुुन भन्दा कम छैन, हराएमा डर छैन । अरु के भनौँ ?” मेरा आँखामा आँखा जुुधाएर उहाँ मनभित्रैदेखि खित्का छोडेर हाँस्नुु भयो । त्यो पल मलाई पनि खुुब चित्त बुुझो । रमाउन जानियो भने जीवन सहज हुुन्छ ।
‘यो अल्पज्ञानी हो, यसका पेटमा भोक नलागौँ–नजागौँ’ कुुनै समयले भनेको थाहा छैन । न त तिर्खाले नै ‘नसताऊ प्यास नबढाऊ’ भन्छ ।”
जुुना दिदीको भनाइ अनुुसार छोराको कमाइ छैन । एसएलसी भन्दा उता पढेन पनि । बाहिर जाने योजनामा छ तर तयारी नै भइसकेको भने छैन । मेरो मन अर्कै प्रशंगतिर खिचियो । सिजनको व्यापार गरेर साग बेच्न ढक तराजू किन चाहियो होला ? पहिला मनमनै गरेको प्रश्न मुख खोलेरै सोधेँ “ए, यो जोख्ने माल मेरै हुन् नि । यस्तै बेला चाहिन्छ भनेर जोडिराखेको । ढुुङ्गा–माटो बराबरको जिन्दगीसँग बढी के गुनासो गर्नुु र ? संसार बुुझ्न पढ्नुु रैछ, आफूूलाई भने त्यही आउदैन । ‘यो अल्पज्ञानी हो, यसका पेटमा भोक नलागौँ–नजागौँ’ कुुनै समयले भनेको थाहा छैन । न त तिर्खाले नै ‘नसताऊ प्यास नबढाऊ’ भन्छ ।”
घर–घरको कहानी हो के खाने, कस्तो लगाउने ? अनि, समाजको यथार्थ मानिसले आफ्नो गच्छे अनुसार व्यवहार गरेको हुुन्छ । कसैलाई शहर बजार मन पर्छ । कोही खेती किसानीमा रमाईलो मानेर गाउँमा कर्म गरिरहेका छन्, हुुन्छन् त कोही उद्योग व्यापारतिर जुट्छन्, अहोरात्र खट्छन् । गाउँमा जन्मिएर उकालो, ओरालो, तेस्रो र दम्स्याइलो पार गर्दै काठमाडौंलाई कर्मथलो बनाउनुुभएकी जुुना दिदीलाई मैले आफ्नो बाल्यकाल कसरी सम्झनु हुन्छ ? त्योबेला स्कुल पढ्ने वातावरण किन भएन ? भनेर सोधेँ ।
“बुुवाआमालाई बच्चाहरुको पेट कसरी भराउने भन्ने चिन्ता थियो । हाम्रो बुवाका दुुईटी श्रीमतीबाट १६ जना बच्चाहरु भयौँ । मेरी आमापट्टि सात जना । छोराहरुलाई चै पढ्न पढाउथे । अनि, छोरी मान्छेले घरमा काम सघाउनुु पथ्र्यो । गाईवस्तुु हेर्न, घाँस दाउरा काट्न, मेलापर्म गर्दागर्दै स्कुुल पढ्ने उमेर नै गयो । पहिलाको जमाना छोरा पाउन श्रीमती भेला गरिरहने चलन थियो । हाम्रो घरमा पनि अर्को महिला ल्याउनुु भन्दा बरु आमाकी बहिनी सानीमालाई बुवाले दोस्री श्रीमती बनार भित्राका रहेछन् । कस्तो दासप्रथा जस्तो बेला ! अहिले यस्तो चलन छैन । हाम्रो मगर जातमा भागी बिहे गर्ने चलन नहुनाले मागी बिहे भयो ।”
भर्खर डेंगुुसँगको भिडन्तमा विजय भएकी दिदीका कुरा सुनेँ । उहाँलाई विशेषतः स्वास्थ्यमा कतिथरी समस्या रहेछ, भन्नेबारे पनि नजिकबाट थाहा पाएँ । यो संसारमा दिदीको नजिकको साथी उहाँका श्रीमान् छैनन् । यहाँ नीजि घर छैन तैपनि बस्नुु छ, अझै कति काम गर्नु छ । यस कारण ठान्नुु हुुन्छ, भाडा तिरेपछि आफ्नै घर जत्तिकै हुुन्छ, आफूू बासबस्ने ओत ।
आपत्विपत्मा छोराछोरीले कत्तिको साथ र हात दिन्छन् ? यसरी फुुटपातमा बसेर व्यापार गर्न कति चुुनौती बेहोर्नु भएको छ ? आजसम्म राज्यको तर्फबाट केही सेवा सुविधा पाएको–खाएको याद छ ? “ज्वाईको घर गका छोरीहरुको आआफ्नै व्यवहार छ र हुुन्छ । यो कुरा सत्य र यथार्थ हो तर उनीहरु टाढा नभएर यतै वरिपरि नै छन्, बस्छन् । एक जना ज्वाईको ट्याक्सी छ । अर्कोको व्यापार । म भरिसके उनीहरुलाई दुुःख देखाउदिनँ । भोलि नसकेका दिन एक थोक होला । त्यो अर्कै कुरा हो ।” अघि लागेका घाम झैँ झलमल हाँस्नुुभयो ।
मेरो जीवन साथी भएका भए सामाजिक रीतमा आलोपालो गरेर भूमिका निभाउन सक्रिय हुने थियौँ । छैनन् भनेर भएन । आफ्नामा आएपछि चारहातपाउ टेकेर भए पनि पुग्नुपर्छ । काम भनेको यस्तै हो, दाम छैन भने ऋण नै किन नपरोस् । भ्याउने ठाउँमा भ्याउनुु पर्छ ।
“मानिसको जीवन सामाजिक संस्कार पनि हो भनेर हामी सबैले बुुझ्नुु पर्छ । समाजमा मिलेर बस्नुु त छँदैछ, यहाँ यौटालाई अप्ठ्यारो परेका बेला दोस्रोले मद्यत गर्नुपर्छ । जसले सघाउछ, उसलाई अप्ठ्यारो पर्दा आफूू पनि त्यही किसिमले सहभागी भइयो भने अटुट बन्धनको नाता बाँचिरहन्छ । मेरो जीवन साथी भएका भए सामाजिक रीतमा आलोपालो गरेर भूमिका निभाउन सक्रिय हुने थियौँ । छैनन् भनेर भएन । आफ्नामा आएपछि चारहातपाउ टेकेर भए पनि पुग्नुपर्छ । काम भनेको यस्तै हो, दाम छैन भने ऋण नै किन नपरोस् । भ्याउने ठाउँमा भ्याउनुु पर्छ ।
यहाँ गरिखान नगरपालिकाले बहुत दुुःख दिएको छ तर हाम्रो मर्म कसले बुुझिदिने ? कति भाग्नु, कहाँ भाग्नु ? कसैकसैले चाहिँ ‘आफ्नो सामान पेटीतिर तान’ भन्छन् । हाकिम र ठुलो गाडी आएको बेला कुकुरले नपाएको दुुःख पाइन्छ । सडकमा बसेर श्रम गर्ने मैले राज्यको केही खाएको छैन भन्दा एकल महिलाको भत्ता खाएकी छुु ।” झन्डै आधा घण्टाको बातचितमा मैले जुनाको पूरै जीवन सरसर्ती पढेँ । जातले दिए पनि अमली चिज खाने बानी रहेनछ । खानामा मासु मन पर्ने रहेछ ।
हाम्रो सुुन्दर नेपाललाई ‘समृद्घ नेपाल’ बनाउन हरेक क्षेत्रमा लागिरहेका मानिसले साझा रुपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा गम्भीर छलफल, बहस र मन्थन गरेर एउटा साझा धारणा बनाउन आवश्यक छ । नेपालको युवाशक्ति विदेश पलायन हुुने क्रम चिन्ताजनक रोग भइसकेको छ । खटेर र जुटेर गरे देशभित्रै पनि सम्भावना नभएको भने होइन, कति छ कति । समस्या भनेको आउछ, जान्छ । यहाँ ठुुलो अवसरसमेत हुनाले कोही पछि नहटौँ । यदि जुुनासँग कामप्रति लगाव थिएन भने नामले मात्र कसरी जुुझारु बनायो ?