गाईगोठमा भविष्य खोजिरहेका दिपेश भन्छन- ‘सोचेजस्तो उपलब्धि नभएपछि विदेशमा मन अडिएन’

news-details

रोजगार शब्द नै पर्याप्त छ, कामको खोजी गर्नुु भनेर बुुझ्न । यसले आवश्यकता महसुुस गराउँछ । मानिस बाँच्नको लागि अवसरको खोजी हो रोजगार । जीवन ज्यूूँने आधार हो रोजगार । हात हालेको रोजगारीमा निरन्तर निरन्तरता पनि हो रोजगार । यहाँ रोजीरोटीको लागि मानिस भौतारिरहेको हुन्छ । आफ्नो दक्षताको सही सदुपयोग भए मानिस मानसिक रुपमा खुुसी हुुुन्छ । तन मन धन अहोरात्र पसिना बगाउन अग्रसर भई नै रहन्छ ।

प्रकृतिको सृष्टि–सम्पत्ति मानिसको चाहना नै आवश्यकता हो अर्थात् आवश्यकता नै चाहना । मानवीय स्वभाव छिन्छिन्मा रहरहरु पैदा हुुन्छन् । ती कति सहजै पूूरा हुुन्छन्, कति मनभित्रभित्रै अव्यक्त शैलीमा लामबद्घ ठडिन्छन् । हो, आफूूसँग भएको सिमित आर्थिकले असिमित चाहना कसरी पूूरा हुुन्छ । फेरि, चाहनाको जग चाहना नै हुुन्छ ।

यसले मानिसको मन चञ्चल मात्रै गराउदैन, आमाको काख न बुवाको हात चटक्कै छोडेर पलायनको बाटो रोज्छ । भाषा न भेषको ठाउँलाई आँखाको नानी बनाउछ । अनि, पसिनाका धारा बगाउनेहरु सपना किन्न कति सफल हुुन्छन् कति हुुदैनन् । जे होस्, परदेशी माटोलाई बहुुमूल्य गहनाका रुपमा सजाइ राख्छन् । अरु त अरु यहाँ भइरहेको रोजगार त्यागेर पलायन दर किन ह्वात्तै बढ्यो ?

जनताको धुरीबाट धुुवाँ नपुुत्ताएसम्म आफूूले नखाने राष्ट्रप्रमुख रहेको इतिहास पढेको नेपाली समाजमा अचेल जनप्रतिनिधिदेखि समाजका अगुुवाले हरेक प्रकारका अवसर र सेवा प्राप्तिको पहिलो दाबी गर्छन् । गरिबीको पहिचान गर्न नसक्नाले निम्न आय भएका वर्ग सुविधाबाट वञ्चित छन् । जीवनको उर्जाशील समय एकापसमा लड्दालड्दै कति नाश भइसकको हुुन्छ तैपनि अगुवा वर्गलाई हेक्का हुुँदैन । अरु त अरु नागरिकका सुुखद खबर सुुनिरहँदा, देखिरहँदा र भोगिरहँदा पनि समाजमा अगुुवा भनेर चिनिएकालाई त्यसबारे सोच्ने फुर्सद हुुँदैन भने राजनीति गर्नुको अर्थ नै के बाँकी रहन्छ र ?

राज्यले हरेक प्रकारका रोजगारीलाई व्यक्तिको नितान्त आवश्यकता पूर्ति नठानेर ‘तिमीले आँटेर जे ग¥यौ, गर्दै छौ, हिम्मत कसेर अघि बढ । यही माध्यमबाट एक दिन सफलता मिल्छ । त्यो श्रेयको चाबी स्वयं हौ’ भनेर सम्मानपूूर्वक हौसला दिनुुपर्छ । खैर, यी विषयलाई यही थाती राखेर कलिलो उमेरमा कामको सुरुवात गरेका युवातिर लागौँ । स्वभावतः अरुको खटनमा बसेर काम गर्न नसक्ने उनी को हुन् ? एक्लै भारी उठाउन कुन व्यवसायमा संलग्न छन् ?

“मेरो जन्म घर ताप्लेजुुङ हो । किसान परिवारमा जन्मिएको मैले गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेँ । प्लस टुु पढ्न झापा झरेँ । दुुई वर्षको अध्ययन सकियो । त्यहीबेला एक पटक विदेश जान पाए के के न होला भन्ने सोच पलायो । गाउँ गएर आवश्यक कागजपत्र तयार गरेँ र काठमाडौं आएर मेनपावर मार्फत खाडी मुुलुुक पुुगेँ । यताबाट जाँदा होटल श्रमिक भनेर भिसामा कबुल थियो । फरक नपारी काम त दियो तर कमाइ भएन । जुन सोचले मैले चिलगाडी रोजेको थिएँ, त्यस किसिमको उपलब्धि नभएपछि विदेशमा मन अडिएन र आफ्नै मुलुक फर्केँ । नेपाल टेकेर गाउँ गएँ तर बस्ने गरी होइन । पढ्न सुरु गर्न मन भएन । गाउँमा हाम्रो जग्गा जमिन रेखोपाखो छ, अहिले पनि बुवाममी उतै हुनुहुन्छ ।”

गाउँमा जन्मिहुर्केको हुुनाले मलाई गाईको स्याहार गर्न आउथ्यो । विदेशबाट फर्केर नेपाल आइसकेपछि के गर्नु, के गर्नु भयो । त्यही छटपटी बिचबाट यसो विचार गरेँ, कि म पनि गाई पालौँ ? सुरुमा कति वटा किनौँ ? कहाँ गएर किनौँ ? मनको लड्डुु घिउसँग भनेपारा हातमा अर्थ थिएन । रहर जागेको बेला चुपचाप बस्नु हुुँदैन भनेर भिनाजुको फाइनान्समा गएँ र ऋण लिएँ ।

कलेज पढ्न भनेर दश वर्ष अघि गाउँ छोडेका दिपेश दाहालले पुुनः कुुरा सुरु गरे– “म काठमाडौं आउदा कोटेश्वरस्थित सानीमाको घरमा बस्थेँ । त्यहाँ उहाँले गाई पाल्नुु भएको थियो । देशको राजधानीजस्तो ठाउँमा व्यावसायिक किसिमले सानीमा गौ माताको स्याहार चाकरमा खट्नुुु भएको देखेर पहिलो नजरमै म छक्क परेँ ।

आफ्नै घरमा दुहुना भएपछि दूधदही खान भयो । त्यहाँ मल पनि बिक्थ्यो । आर्थिक आर्जनको बलियो पाटो बिहान बेलुुका दूूध किन्न घरलौरी ग्राहक आएको देख्थेँ । जति बिक्थ्यो, नगद व्यापार हो । महिनावारी, हप्ता वा पन्ध्र दिन जुुन किसिमको सर्त भए पनि घर व्यवहार धान्न र दुुई चार पैसा चलाउन खाँचो थिएन ।
गाउँमा जन्मिहुर्केको हुुनाले मलाई गाईको स्याहार गर्न आउथ्यो । विदेशबाट फर्केर नेपाल आइसकेपछि के गर्नु, के गर्नु भयो । त्यही छटपटी बिचबाट यसो विचार गरेँ, कि म पनि गाई पालौँ ? सुरुमा कति वटा किनौँ ? कहाँ गएर किनौँ ? मनको लड्डुु घिउसँग भनेपारा हातमा अर्थ थिएन । रहर जागेको बेला चुपचाप बस्नु हुुँदैन भनेर भिनाजुको फाइनान्समा गएँ र ऋण लिएँ ।

कोटेश्वरमा सञ्चालन भइरहेको गाईगोठ किनेँ तर समस्या के भयो भने आफूलाई गाई दुहुन आउदैन थियो । त्यसका लागि जानेको मान्छे राखेँ । मैले गाउँमा नगरेको काम सिक्नुु थियो । यस कारण जसका गाई हुुन्, उसैलाई अनुरोध गरेर महिनाको ज्याला नै तोकेँ– पन्ध्र हजार । यसरी म गौ माताको स्याहारमा संलग्न भएँ । त्यतिखेर ज्यान एक्लो थियो । गाई किनेको एक महिनासम्म गाइड हुनाले समस्या भएन । त्यसपछि के गर्नु ? यहीँ प्रश्नबाट समाधान खोज्दै थिएँ ।

सर्त सकिएको दिन गाइडलाई ज्याला दिएर बिदा गरेँ । चर्को विषय अब कसरी अघि बढ्नुु ? समाधानको बाटो गोठधन्दा सघाउन काम गर्ने राखेँ । यद्यपि उनीहरुको मात्र भरमा मैले कहिल्यै गोठ छोडिनँ । सबै भन्दा जिम्मेवार मानिस आफूू भएपछि खट्नुु पनि पर्छ । नाफाघाटा जे हुुन्छ, स्वयंको टाउकामा पर्ने विषय हो । यस कारण मिहिनेत गर्नुुपर्ने ठाउँमा ईन्च पछि सरिनँ ।”

दिपेशलाई सुन्दा लाग्यो, मानिसको मन हो सबै भन्दा ठुलो विश्वासको धरोहर धरहरा । जसले आफूलाई विश्वास गर्छ, कामको मेलो समाउछ र भित्रैदेखि लगाव गर्छ । त्यो लगावले नै हो व्यक्तिलाई शिखरमा पुु¥याउने । आज गर्दै जान्छ, भोलि थप नयाँ कुरा सिक्दै हिँड्छ । एउटा भनाइ नै छ, कामले काम सिकाउछ । जति ग¥यो त्यसले जीवनमा उर्जा दिन्छ । यो संसारमा मानिस जन्मिएकै गरेर खान हो ।

हाम्रो भान्सामा कति आवश्यक पर्छ ? त्यो अनुुसार दूूधको मागलाई दिपेशले आनाकानी नगरी पूूरा गरिदिएका छन् । बिहान मागे बिहान बेलुका भने बेलुका । दैनिक चाहिए दैनिक । होइन, दिन बिराएर मात्र ल्याउनुु भने दिन बिराएर नै । आज चाहिँ थपेर ल्याउनुु भने थपेरै । साविक भन्दा कम ल्याइदिनुु भने कम नै । ठ्याक्क समयमा घरको गेटमा हाँजिर हुुन्छन् । सेतो प्लास्टीकको थैलामा हालेर पोकापोका बाँधेको दूूधलाई पुनः अर्को झोलामा राखेर उपयुुक्त स्थानमा छोडेर आफ्नो बाटो लाग्छन् ।

“२०७६ सालदेखि मैले गाई पाल्न सुरु गरेको हुुँ । कोटेश्वरबाट लोकन्थली सरेको पनि केही वर्ष भयो । जुुनबेला म एक्लै थिएँ, काम गर्ने मानिस राखेर गाईको धन्दा गर्थेँ तर सधैँ कति एक्लै बस्नुु ? यस प्रश्नले लखेट्न थाल्यो । आफन्त मार्फत चिनजान भयो, झापाकी अङ्किता भण्डारीसँग । पहिलो चरण हामी फेसबुकमा साथी बन्यौँ । कुरा गर्दै जाँदा माया बस्यो र हामीले बिहे ग¥यौँ । उनी मेरो जीवनमा आएपछि कामदाम सबैमा हामी एक भएर अघि बढेका छौँ । हाम्रो पहिलो सन्तान छोरा छ । ऊ भर्खर स्कुल जाने उमेरको हुुँदैछ ।

यतिबेला दिनमा १०० लिटर दूूध बेच्छौँ । गाईको धन्दा गर्न प्रत्येक बिहान साढे तीन बजे उठ्नुु पर्छ । जाडो महिना होस् कि गर्मी । खडेरी न झरी केही भन्न पाइदैन । आफू उठेर बत्ती बालेपछि गाई पनि जागा हुुन्छन् । अनि, खानेकुरा खुवाउने । त्यस पछि दुुहुन थाल्ने । गाउँघरमा जस्तो यता खोलेको चलन छैन । दिनको तीन पटक दानापानी खुुवाउनुु पर्छ । गोठ सधैँ सफा राख्नुुपर्छ । गोबर सोर्न घिन मान्नुु हुुँदैन । हातमा डिग्री उत्तीर्ण मार्कसिट बोकेर विदेश गएर ट्वाइलेट सफा गर्नुभन्दा यहाँ गौ माताको स्याहारमा जुट्नु कति उत्तम, अर्कै आनन्द !”

यहाँ एउटा गाईको मूुल्य एक लाख रुपैयाँ पर्छ । अस्ति भर्खर पाँच वटा गाई बेच्यौँ । ती नराम्रा थिएनन् तर अझै दुधालु खरिद गर्न हेर्दै छु । अहिले दुहुना सात वटा छन् । ज्याला कबुलेर काम सघाउने मान्छे राखिएको छैन । हामी श्रीमान् श्रीमती नै लागेर गर्दैछौँ ।

परिवारको कान्छो छोरा रहेछन्, दिपेश । उनका दाजुु खाडी मुलुकबाट नेपाल फर्किएर झापामा कोरियन भाषा सिक्दै हुुनुुहुुन्छ रे । दिदी बिहेअघि काठमाडौं सानीमाकै घरमा बसेर पढेकी र हालको बसोबास पनि यतै भएको जानकारी गराए । उनले यता कमाएर आमाबुवालाई पैसा पठाउनुु पर्दैन तर आमालाई वातरोग हुुनाले विशेषज्ञ डाक्टर कहाँ जचाउन लैजानुु पर्ने रहेछ । २५/२६ वर्ष भयो अरे आमालाई बिसन्चो हुुन थालेको ।

गाई पालन राम्रो व्यवसाय हो । वाक्य सुुन्दै सजिलो कार्य हो भन्ने लाग्छ । दूध बिक्छ र कति ठाउँमा मल पनि बिक्छ । यसले गोठलाई राम्रो आम्दानी हुुन्छ । मूूल कुरा एउटा गाईको मूल्य कति पर्छ ? ऊ ब्याएपछि लगातार कति महिना दूध दिन्छ ? गोरु नदेखिने यो शहरमा गाई कसरी भर्ना हुन्छन् र कुन जातका हुन् ? सबै ब्याख्या खुुलाउन दिपेश बाबुुलाई अनुरोध गरेँ ।

“यहाँ एउटा गाईको मूुल्य एक लाख रुपैयाँ पर्छ । अस्ति भर्खर पाँच वटा गाई बेच्यौँ । ती नराम्रा थिएनन् तर अझै दुधालु खरिद गर्न हेर्दै छु । अहिले दुहुना सात वटा छन् । ज्याला कबुलेर काम सघाउने मान्छे राखिएको छैन । हामी श्रीमान् श्रीमती नै लागेर गर्दैछौँ ।

गाई पाल्न फर्म दर्ता गर्नुपर्छ । हरेक गाईको बीमा गर्नु अर्को अनिवार्य कुरा हो । बीमा रकम वर्षेनी तिर्नुपर्छ । एउटा गाई बराबर १००० देखि १२०० सम्म पर्छ । पशुु बीमाको उद्देश्य सम्भावित दुुर्घटनामा गोठलाई टेवा हुुन्छ भन्ने अपेक्षा हो । यो शहरमा बीउ गोरु नै नभेटिने होइन– छन्, हुुन्छन् । यद्यपि खोई किन ? पशुु डाक्टर कहाँ लैजाने अथवा डाक्टरलाई नै फर्ममा बोलाएर सूूइ दिने । यसरी गाई भर्ना हुुने प्रक्रिया पूरा हुुन्छ ।

हामीसँग जर्सी र होलिस्टन गाई छन् । दुुधालुु जातका यिनले आठ नौ महिना दूुध दिन्छन् । कोही चाहिँ अझै बढी समयसम्म पनि थाक्दैनन् । यहाँको चलन बाछी पाल्ने बाछो छाड्ने छ । अहिले गाउँतिर पनि ट्याक्टरले जोत्ने हुुनाले गोरु पाल्नुु मलका लागि भएको छ ।

यहाँ एउटै जग्गामा तीन परिवार छौँ । यो गाईगोठ र बस्ने ठाउँ आफैँले खर्च गरेर बनाएको हो । महिनाको नौ हजार भाडा तिर्नु पर्छ । जग्गा धनीसँगको सम्झौता अर्को वर्ष सकिन्छ । हामी सबैका आ–आफ्ना गोठ र गाई छन् । दूूधको मूूल्य प्रति लिटर १२० छ । कोटेश्वरमा व्यवसाय सुरु गरेको हुुनाले मेरा धेरै जसो ग्राहक त्यतै हुनुहुन्छ । लोकन्थलीबाट कोटेश्वर टाढा होइन । बिहान बेलुुका आफैँले मोटरसाइकलमा दूूध पुु¥याउन जान्छुु ।

खर्चको कुरा सुन्नुु हुुन्छ भने गाईलाई खुवाउने दाना प्रतिकेजी ६० रुपैयाँ पर्छ । दूूध प्याक गर्न र बाध्न लाबर अनि लगेर घरघरमा झुुन्ड्याउन झोला । बाइक कुदाउन तेल । खानुु लाउनुु प¥यो । बच्चा छ, स्कुल पठाउन हालेका छौ त्यता पनि खर्चै लाग्छ । उसको चकचक थाम्न नसकेर साथीसँग घुुलमिल होस्, खेलोस् भनेर नजिकैको मन्टेश्वरीमा राखिदिएका छौँ, त्यता महिनाको पाँच हजार तिर्नुपर्छ । यहाँ अफसोच मल बिक्दैन । सिजन अनुसार सागसब्जी रोप्न हुुन्थ्यो तर ठाउँ नै छैन । यो व्यवसायमा यति लगाव र मिहिनेत गर्नुपर्छ नि कुनै वर्ष चाडपर्वमा घर जान पाइदैन । त्यो क्षण सम्झदा चाहिँ आफू अहिले पनि विदेशमै छु जस्तै लाग्छ ।”

‘केही पाउन केही गुमाउनुु पर्छ’ यो भनाइ दिपेशको जीवनमा लागूू भएको छ । दशैँ तिहार मात्रैको कुरा होइन, अरु समय पनि सितिमिति गोठ छोडेर हिँड्न समय हुुँदैन । किसानको छोरो गौ माताको स्याहारचाकरमा यसरी खटेका छन्, जीवन साथी पनि त्यही अनुसार जुुराए भगवान्ले ।

बाह्रसम्मको पढाइ सकेकी अङ्किता मिठो शैलीमा प्रस्तुुत भइन् । त्योभन्दा मिठो उनले पकाएको चिया थियो । खाजा खुुवाइन्, उसिनेका पहाडे आलुु र नुन र्खोसानीको चट्नी । थाहै नपाइ कति चाँडो तयार गरिछन् । लोकन्थली शान्ति टोलबाट भित्र सोध्दैखोज्दै पुुगेकी मलाई नामजस्तै शान्त लाग्यो, ठाउँ पनि । हामीलाई दैनिक साँझमा दिपेश बाबुुले दूूध मात्र खुवाएका छैनन्, जतन गरेर राखेको तरबाट घिउ पनि बनाउने गरेकी छुु । शायद यो दिनचर्याको हिस्सेदारी ममात्र छैन ।

देशको राजनीतिप्रति चाँसो भए पनि उनलाई होमिन समय छैन । उनी भन्छन्, “विदेश गएको पनि कमाउन नै हो र यो खटाइ पनि कमाइकै लागि हो तर एकै पटक धेरै खोज्नुु भएन । आफ्नो श्रमबाट तराईमा जमिन किनेका छौँ । पछि, बिस्तारै घर बनाउने सोच छ । बच्चाको अभिभावक हुुनुु उसलाई असल र संस्कारी शिक्षा कसरी दिन सकिन्छ ? गहन जिम्मेवारी बोध भएको छ ।”

दिपेशका बुवा अहिले पनि कृषक नै हुुनुुहुुन्छ । आमाबुवा गाउँमै बस्नुुभएको छ । सकेको खेती गर्नुहुुन्छ, नसक्ने ठाउँमा अम्लिसो र अलैँची लगाउनुु भएको छ । कलेज पढ्न शहर पठाउनुु भएको उहाँहरुको छोरा यति ज्ञानी र लगनशील नागरिक बनेका छन्, मेरो कलमले जति लेखे पनि वाक्य पूूरा हुुँदैन । जीवन भनेकै चुुनौती हो । स्वभावतः अर्काको मेलामा नधाउने दिपेश र उनको परिवारलाई सधैँ आफ्नो पनमा यस्तै दिव्य जागर मिलिरहोस् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *