चिया बेच्दै पढाईलाई अघि बढाइरहेका श्रीराम खड्का भन्छन ‘यहाँ गर्यो भने जताततै काम नै काम छ’
- बिन्दु अधिकारी ढकाल
- चैत्र १६, २०८१
- 0

नेपालमा के छैन ? सबैथोक छ । अग्लो, होचो र डाँडाकाँडा भएको पहाडदेखि नदीनाला साथै हिमाल र अपार वनजङ्गल छ । हामी हाम्रो कला संस्कृतिमा पनि धनी छौँ । यहाँको प्रकृति, वनस्पती पूर्वमेचीदेखि पश्चिम महाकाली जहाँ जाउँ नेपाल आमा हिमाल झैँ हाँसेकी छन् । शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल नेपाल । सीता र भृकुटीको देश नेपाल । हाम्रो उच्च शिर विश्वकै अग्लो सगरमाथा उभिएको देश हो नेपाल ।
नेपाली समाजमा लाहुरे परम्परा नयाँ होइन । भोट जानुको मूल उद्देश्य पनि रोजगार गर्नकै लागि थियो । समयक्रम फरक कहाँ प¥यो भने त्योबेला युवा (पुरुष) वर्गले मात्रै देश छोड्थे भने यतिबेला युवती (महिला) पनि अग्रसर छन् । एकबाट सुरु भएको चलन यसरी मौलायो, गाउँ त सुनसान भयो भयो शहर पनि क्रमशः पातलिँदै छ । निचोड कुरा नेपाली समाज पुरातन परम्परामा बाँधिएको छैन । अहिले त झन् प्रविधिको विकासले विश्व नै एउटा घर जस्तो भइसक्यो ।
देश छाड्नै हुँदैन भन्ने होइन, छाड्नु पर्छ । अरुको नक्कल गर्नै हुँदैन भन्ने होइन, गर्नुपर्छ तर आफ्नो घरातल कुन हो ? उम्रिएको माटो त्यसको मर्म र भावनालाई भुल्नु हुँदैन ।
हुन त मानिसको जन्मजात विशेषता नै असन्तोषी प्राणी हो । यद्यपि महत्वकाङ्क्षाको पनि सीमा त हुँदो हो नि । कति परसम्म पुग्ने भनेर । अधिक आर्थिक लाभको मोहले गाँजेर थेगिनसक्नु स्थितिमा वर्तमान उभिएको छ । बजार महंगीले आकाश छुन लाग्यो । जुनै क्षेत्रमा पनि बिचौलिया हावी छ । यहाँ श्रम गर्न रुचि नहुनु, युवा पलायन दर दुगुना दिन चौगुना रात कति आफन्त आफ्नाको पर्खाइमा अनिँदो जीवन बाँचेका छन् ।
अँध्यारो नहटेको आँगनमा एक झलक हेर्दै मेरा पाइला अडिए । लगत्तै अरुहरुलाई झैँ मतिर फर्किएर प्रश्न फ्याके ‘चिया ! चिया !! चिया !!! हजुर चिया पिउनु हुन्छ ?’ उसको मुहारको त्यो उज्यालो चमकले काठमाडौंको मुटु बसन्तपुर मात्र होइन, सिङ्गो देश हाँसेको आभाससहित हे¥या हे¥यै भएँ म । फुर्तिलो युवा जोसलाई गहिरिएर नपढी कसरी चटपटाउनु ? फुत्त हिँड्न मन लागेन । युवा भिडमै भए पनि सोधेँ– बाबुको घर कहाँ हो ? यस्तो युवा उमेरमा छौ, यसरी चिया बेच्ने काम सानो भएन र ? अनि, तिम्रो पढाइलेखाइ नि ? कि छोडिसक्यौ ?
मैले अहिले गरिरहेको काममा पढाइले धेरै ठुलो सहयोग गरेको छ । ग्राहकसँग बोल्नदेखि उहाँहरुप्रति गर्ने व्यवहार सिकिरहेको छु । मानिसमा व्यक्ति अनुसार फरक फरक स्वभाव हुन्छ । पढेर र परेर जीवनलाई एकै पल्ट सिक्न पाएकोमा आफूले आफैँलाई भाग्यमानी ठानेको छु । सबै विद्यार्थीले यसरी अनुभव बटुल्ने अवसर कहाँ पाउछन् ? चाहेर पनि पाउदैनन् ।
“खास घर दोलखा हो । नाम श्रीराम खड्का । जहाँ बस्यो त्यही घर भन्ने भनाइ अनुरुप यतिखेर काठमाडौंमै बास छ । ‘ब्रिज टावर कलेज’ सिनामङ्गलमा ११ कक्षामा अध्ययनरत छु । बिहान ६ बजेदेखि ११ बजेसम्म क्लास जान्छु । म होटल म्यानेजमेन्टको विद्यार्थी हुँ । गाउँको सम्झना जन्मेको मात्र बढ्ने पढ्ने क्रम सबै यतै भयो । पहिला केही वर्ष ठुलोममीसँग बसेँ ।
गाउँमा धेरै जमिन छ तर जति भए पनि के गर्नु ? सिंचाइ छैन, आकाशे वर्षाको भर जति दुःख गरे पनि काम लाग्दैन । त्यो समयमा असिनाले अन्नबाली खाइदियो भनेर मेरी ममीले बहुत गुनासो गर्नु भएपछि बालख छोराछोरी च्यापेर उहाँहरु हिँड्नु भएको रहेछ । मलाई त्यो बेलाको कुनै याद छैन । बेखर्ची जीवन यिनिहरुलाई दुःख छ भनेर यहाँ काम नगरी कसले माम दियो होला ? त्यो पनि देशको राजधानी जस्तो ठाउँमा । व्यापार गर्दा सुरुसुरुमा थुप्रै घाटा लागेको कुरा म बढ्दै जाँदा सुन्थेँ । यतिखेर दाजु खसी व्यापार गर्नुहुन्छ । दिदी पढ्दै हुनुहुन्छ । मलाई यो काम सानो लाग्दैन । बरु प्रभावकारी सेवा कसरी दिन सकिन्छ त्यो सोचिरहन्छु ।
मैले अहिले गरिरहेको काममा पढाइले धेरै ठुलो सहयोग गरेको छ । ग्राहकसँग बोल्नदेखि उहाँहरुप्रति गर्ने व्यवहार सिकिरहेको छु । मानिसमा व्यक्ति अनुसार फरक फरक स्वभाव हुन्छ । पढेर र परेर जीवनलाई एकै पल्ट सिक्न पाएकोमा आफूले आफैँलाई भाग्यमानी ठानेको छु । सबै विद्यार्थीले यसरी अनुभव बटुल्ने अवसर कहाँ पाउछन् ? चाहेर पनि पाउदैनन् । यसर्थ पनि भविष्य असहज हुन्छ जस्तो लाग्दैन ।”
भनिन्छ, बच्चाबच्चीको पहिलो पाठशाला हो– घर । आमाबुवा अर्थात् अभिभावक नै प्रथम गुरु । समाजमा यस्ता कैयौं उदाहरण छन्, छोराछोरीले अभिभावकको विरासत धान्न बाउआमा कलाकार भए त्यही पेसामा आबद्ध छन् । कति गायकका सन्तान गीत गाउँछन् । लेखक पत्रकार भए त्यही ध्येय समाउँछन् । यद्यपि फरक धारमा कर्म गर्नेहरु नभएका होइनन्– छन् । तथापि आँखाको देखमा भएका मोटामोटी उदाहरण हुन् । कति मानिसको स्वभाव भिडसँग डराउँछन् तर श्रीरामको आदत भने त्यहीँ माहोलमा उभिने बानी प¥यो । व्यापारी आमाबुवाको सीप सर्लक्क उनीमा स¥यो ।
एसईई परीक्षामा ३.४९ जीपीए ल्याएर उत्तीर्ण भएँ । कक्षा १२ मा पनि राम्रो गर्छु भन्ने भित्री अठोट छ । दिनमा २/३ घण्टा पढ्छु, होमवर्क गर्छु । इन्टरनेटमा भूल्ने समय छैन, हुँदैन । चिया व्यापार गर्न मलाई लाजसरम केही लाग्दैन । कसैले केही भन्लान् कि ? भन्ने पनि छैन ।
बसन्तपुरको आँगन पर्यटकीय क्षेत्र हो । स्वदेशी विदेशी हरेक नागरिकको रोजाईको कारण त्यहाँ दैनिक भिडभाड हुन्छ । गाउँघरको भाषामा भन्नुपर्दा मेला नै लाग्छ । घुमफिरमा आएका सबै, सबैका लागि हातहातमा चिया पु¥याउँछन् । बसेका, उठेका र हिँड्दाहिँड्दै पनि चियाको तलतल मेटाउन आतुरलाई व्यापारी खड्काले दैनिक सेवा प्रदान गरेका छन् । दिनमा कति जतिको व्यापार गर्छन् ? १२० कपदेखि १३० कपसम्म चिया बेच्छन् । दूध चियाको मूल्य २५ रुपैयाँ कप, कालो र लेमन चियाको मूल्य २० रुपैयाँ पर्ने जानकारी गराए । मानिसको हुलमा जादै हजुर चिया पिउनु हुन्छ ? यही प्रश्न गर्छन्, उनी ।
“चिया ! चिया !! हजुर चिया पिउनु हुन्छ ?” कति मिठो शैलीमा नहच्कि सोध्दा रहेछन् । उनको मुस्कान सहितको बोली सुनेर हुन्छ, पिउ न त भन्ने थुप्रै मनहरु देखेँ । यो व्यापारमा बिना सटर के नै ठुलो लगानी गर्नु पर्छ र ? एउटा मनले भन्यो । त्यो पनि यो खुला ठाउँमा । दृश्य हेर्दा त्यस्तो देखिए पनि भित्री कुरा चिनी, दूध, चिया रङ, चिया मसला, चिया ग्लास र ग्यास चाहियो नि । लेमन चियाको लागि बिरेनुन अनिवार्य भयो । उसो त पानीबिना कसरी चिया बन्छ ? अर्को मनले महत्वपूर्ण प्रश्न ग¥यो ।
हेर्दैछु, मसँग गफिँदै श्रीरामले केही कप चिया बेचिनैसके । त्यो स्थान उनको एकाधिकार होइन, त्यहाँ उनीजस्ता धेरै व्यापारी छन् । संसारमा प्रतिस्पर्धा नहुने ठाउँ छैन । फेरि, एक दिनको व्यापारले जिन्दगी चल्दैन, चल्छ त ? मैले व्यापारी विद्यार्थीको मन चोर्न ममीले पकाइदिएको चिया बेचेर दिनमा कति पैसा झ्याप पार्ने गरिएको छ ? सुटुक्क भन त बाबु । यही प्रश्न गरेँ ।
“हजुरलाई किन ढाट्नु ? मेरो दैनिकी सबै भन्छु । त्यसपछि आफैँले थाहा पाउनु हुनेछ, म कुन प्रकारको चोर हुँ भनेर । बिहान कलेज पढ्न जान्छु । क्लास सकिनासाथ घर पुगेर खाना खान्छु । मम मनपर्ने हुनाले प्रायः त्यही खान्छु, दिउँसो खाजा । मलाई खाना, खाजा र चिया सबै पकाउन आउछ । कस्ताकस्ता कठिन दिन खपेर ममीबुवाले यतिको बनाउनु भयो, यसमा कुनै शंका छैन । गौरव गर्ने पाटो काँडाघारीमा घर किनेका छौँ । हाम्रो पसिनाको महल !
अब एकछिन व्यापार भन्दा परका केही कुरा पनि भन्छु, मलाई साहित्यमा रुचि छ । कविता र गीत लेख्छु । कथा लेख्न मन छ । समय मिलाएर ¥याप पनि गाउँछु । एसईई परीक्षामा ३.४९ जीपीए ल्याएर उत्तीर्ण भएँ । कक्षा १२ मा पनि राम्रो गर्छु भन्ने भित्री अठोट छ । दिनमा २/३ घण्टा पढ्छु, होमवर्क गर्छु । इन्टरनेटमा भूल्ने समय छैन, हुँदैन । चिया व्यापार गर्न मलाई लाजसरम केही लाग्दैन । कसैले केही भन्लान् कि ? भन्ने पनि छैन । गरिखानु पर्छ भन्ने सोच सानै उमेरदेखि पलाएको हुनाले त्यही किसिमको आदतमा बानी परियो । अब त को मानिस कस्तो ? अनुहार पढ्न आउछ । १७ वर्षे उमेर भनेको आम मानिसको मात्रै नभएर सिङ्गो देशको भावना बुझ्ने जोसिलो होस हो ।
देशको राजनीति व्यवस्था कुकुरलाई हड्डी फाल्दिए जसरी जनतालाई ललिपप बाढ्छन्, नेताहरु । अस्थिर सरकारको कार्यशैली कति नागरिकलाई देशका प्रधानमन्त्रीको नाम थाहा छैन । अरु त अरु निर्वाचनका बखत आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नै चाहदैनन्, जनता ।”
यहाँ प्रश्न उठ्छ, देशमा यो अवस्था किन आयो ? मैले कतै पढेकी थिएँ, जनता भनेका दास होइनन्, राष्ट्रका मालिक हुन् । यो सत्य हो तर हाम्रो अभ्यासमा राज्यसत्तालाई भगवान् मान्नु पर्ने परम्परा जो विकास भएको छ । अर्थतन्त्रको जग कृषि हो तर खेतीयोग्य जमिन निख्रीदै जाँदा त्यो चिनारी अर्थात् पहिचान बोकेको राज्य अब कागजमा मात्रै सिमित भएको छ ।
यहाँ कति नागरिक छन्, काम तौलेर बस्ने । फेरि, उही ठाउँ हो सानो न ठुलो कामको महत्व बुझ्ने । जीवन नै मिहिनेत अनि मिहिनेत नै जीवन भनेर अहोरात्र खट्ने जुट्ने । एउटा प्रत्यक्ष उदाहरण पौरखी यी युवा हुन् । जसले बसन्तपुरमा दिनभरि चिया बेच्छन् । त्यसका लागि ग्राहक खोज्छन् । नगरपालिकाका चतुर आँखालाई छलिछलि आफ्नो सुर गर्छन् । त्यहाँ चुलो बालेर चिया पकाउदैनन् । कालो ब्यागभित्र ठुल्ठुला साइजका जोर थर्मस लुकाएर राख्ने कला हेरेको हे¥यै भएँ । लाग्यो, कामप्रतिको लगाव यो हो नि गरिखाने तरिका । यसर्थ कर्म गर्नु पनि प्यास मेटाउनु हो भन्ने भयो ।
विदेशमा काम गर्न सजिलो छैन तर युवा यता अडिन चाहदैनन् । यो गम्भीर कुरा हो । त्यहाँ पुगेका कति लागु औषधको दलदलमा फसेका छन् । कतिलाई इन्टरनेटले क्वाप्प सिध्याउन लाग्यो । प्रविधिलाई हामीले चलाउनु पर्छ, उसले चलायो भने हामी कहाँ बाँकी रहन्छौँ ? रहदैनौँ । मेरो मान्यता चाहिँ मजदुरी गर्न कदम चाल्दिनँ । यदि पढ्ने प्लान पाए, विचार गर्नु पर्छ ।
हुन त त्यस अघि पनि बसन्तपुर नपुगेकी होइन, पुगिन्थ्यो । आफ्नो अघिपछि चिया पिउनु हुन्छ ? कानमा प्रश्न नठोकिएको होइन, ठोकिन्थ्यो । याद छैन, पिएको । अर्थ र रोजगार मासिकले जुराइदिएको संयोग व्यापारी भोलामान कहाँ पुगेर फर्कने क्रममा श्रीराम फेला परे । उनैले इच्छा गरे अर्थ र रोजगार मासिकसँग गफिन । हाम्रो कुराकानी सम्पन्न भयो । यसरी युवा व्यापारी खड्काको जनजीवन हाम्रो मालामा उनीयो । प्रष्ट वक्ता उनीसँग बिट मार्नु अघि मेरो प्रश्न थियो– यहाँ श्रम गर्ने ठाउँ छैन भनेर चिलगाडी चढेर पलायन हुनेहरुलाई के भन्न मन छ ?
“यो हाम्रो आफ्नो माटो हो । यहाँ ग¥यो भने जताततै काम नै काम छ, नगरी हातमा दही जमाएर बसे केही छैन । सर्वप्रथम त पढाइ नै हो । विद्यार्थीले पढाइलाई नै फोकस गर्नुपर्छ । सुनिन्छ, विदेशमा काम गर्न सजिलो छैन तर युवा यता अडिन चाहदैनन् । यो गम्भीर कुरा हो । त्यहाँ पुगेका कति लागु औषधको दलदलमा फसेका छन् । कतिलाई इन्टरनेटले क्वाप्प सिध्याउन लाग्यो । प्रविधिलाई हामीले चलाउनु पर्छ, उसले चलायो भने हामी कहाँ बाँकी रहन्छौँ ? रहदैनौँ । मेरो मान्यता चाहिँ मजदुरी गर्न कदम चाल्दिनँ । यदि पढ्ने प्लान पाए, विचार गर्नु पर्छ ।
यो खुला ठाउँमा सर्वप्रथम चिया बेच्ने साहुनी मेरी ममी हुनुहुन्छ । उहाँले भनेको सुन्दा अरु व्यापारी थिएनन् । त्यही बेलाको कमाइ काठमाडौंमा घडेरी जोडियो । अहिले ममी र म फरक फरक ठाउँमा व्यापार गर्छौँ । घर तयार हुँदा लागेको ऋण तिर्न बैङ्कमा किस्ता तिर्नु पर्छ ।
उता जानेले त्यहाँ हासिल गरेको ज्ञान र सीप लिएर फर्कनु राम्रो हो । ‘सकारात्मक सोच नै सफलताको सूत्र’ भनेर पढेको विद्यार्थीका लागि मात्र नभएर समस्त मानवीय जीवनका लागि रहेछ भनेर बुझ्दै छु । आर्थिक मन्दीले गाँजेको यो समय यहीँको हाम्रो व्यापार पहिलाको जस्तो छैन । हुन त हाम्रा आआफ्ना ग्राहक हुनुहुन्छ । बिजनेस न हो घरीघरी लुछाचुडी पनि पर्छ तर लामो समयसम्म ईख पाल्ने गरी होइन । यहाँ नगरपालिकाले दुई पाङग्रे साधनको पार्किङ नै हटाइदियो, त्यसपछि चिया बिक्री झन् कम भयो ।
यहाँको वास्तविकता यो खुला ठाउँमा सर्वप्रथम चिया बेच्ने साहुनी मेरी ममी हुनुहुन्छ । उहाँले भनेको सुन्दा अरु व्यापारी थिएनन् । त्यही बेलाको कमाइ काठमाडौंमा घडेरी जोडियो । अहिले ममी र म फरक फरक ठाउँमा व्यापार गर्छौँ । घर तयार हुँदा लागेको ऋण तिर्न बैङ्कमा किस्ता तिर्नु पर्छ । यति उति कति आफ्नो बानी हिसाब राख्न जन्मिएको हो भन्ने लाग्दैन । दिनभरि काम गरेर आर्जन गरेको थैलो साँझ ममीलाई जिम्मा दिन्छु ।”
हातमा हजार रुपैयाँ लिएर घर छोडेका श्रीराम खड्काका अभिभावक कति मिहिनेती हुन् । जसका यति लायक र इमान्दार सन्तान छन् । समुन्द्र रुपी उपत्यकामा छिरेर माछा चाल चलिरहे, जिन्दगीको रथ भरअभर घामछायाँ सहदै कर्ममा जुटी रहे । त्यसैको फल आज कतिका लागि उदाहरणीय परिवार बने ।
सायद यही अवस्थालाई भनिन्छ, यात्राले मानिसको भाग्य बदल्छ । हो, सिकाइ कलाले मानिसलाई सम्पन्नतातिर धकेल्छ, जो बदलिन चाहन्छन् । एउटा नागरिक राष्ट्रको आशा हो । ऊ स्वयं देश हो । अतः बाबु श्रीरामलाई चन्द्रमा छुने तागत मिलोस्, जीवनको मार्गमा सधैँ असल कर्म गर्न तनमन जाओस्, जागरुक होस् । हाम्रो तर्फबाट अनगिन्ती शुभेच्छा !