‘जुन काम गरेर घरको गर्जो टारिरहेको छु, मनभित्रैदेखि म निकै खुसी छु’ : भोलाराम जोशी

news-details

प्राकृतिक रुपमा सुन्दर देश नेपाललाई ‘समृद्ध नेपाल’ बनाउन हरेक क्षेत्रमा लागिरहेका मानिस साझा रुपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा गम्भीर मन्थन, छलफल र बहस गर्नु आजको टड्कालो आवश्यकता भइसकेको छ । हाम्रो कर्मको बाटो एकै छैन, फरक छ । भए पनि मातृभूमिलाई उकास्न साझा धारणा बनाएर अघि बढ्न कुनै आइतबार कुर्नुपर्छ जस्तो लाग्दैन ।

यतिखेर नेपालको युवाशक्ति विदेश पलायन हुनेक्रम चिन्ताजनक विषय भएको छ । देशभित्रै पनि प्रचुर सम्भावना छन् तर नियाल्ने आँखाले यहाँ केही नहेरी सपना अन्तैको देख्ने भएपछि हाम्रो भूमि क्रमशः ‘ट्रान्जिट प्वाइन्ट’मा परिणत हुँदै गएको आभास भइरहेको छ ।

हरेक दिन दुई हजार युवा विदेश जान्छन् । स्वदेश कति फर्कन्छन् ? फर्केका युवाको व्यवस्थापन र अभिलेख राख्ने प्रणाली अझै किन अस्पष्ट छ ? लाग्छ, उता सिकेको सीप, ज्ञान र आर्जन गरेको पुँजीलाई स्वदेशमै कसरी प्रयोग गर्ने ? यस विषयमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने हो ।

नागरिकको अभिभावक भएको हुनाले सहज/असहज दुवै ठाउँमा मूलखाँबोले जसरी संरक्षण प्रदान गर्नु सरकारको कर्तव्य र नैतिक दायित्व हो तर यस विषयमा सरकार किन मौन छ ? नबुझेको कुरा ।

यो पङतिकार त्यो दिन बसन्तपुरतिर टहल्दा भोलाराम जोशीसँग जम्काभेट भयो । उहाँको कामको दैनिकी हेर्दा अघिअघिका दिनमा पनि देखभेट नभएको होइन तर विशेष किसिमले कुराकानी भने भएको थिएन । ह्यान्डी क्राफ्ट अर्थात् हस्तकलाका सामानको व्यापार गर्ने भोलाराम त्यस खुला ठाउँमा व्यापारका लागि भिडेका पुराना व्यापारी हुनुहुदो रहेछ ।

“म जन्मेहुर्केको ठाउँ यहीँ काठमाडौं– १९ हो । मेरा आमाबुवाले यही खुला ठाउँमा धेरै वर्ष यस्तै काम गर्नुभयो । उहाँहरु भन्दा अघि बाजे र उहाँका पितापूर्खा कति पुस्ता अघिदेखि सुरु भएको व्यापार निरन्तर रुपमा चलिरहेको छ । जसरी पूर्वमा उधाएको त्यो घाम क्रमशः पश्चिमतिर सर्छ ।

यहाँ ‘स्टल’ राखेको भाडा तिर्नुपर्दैन । मैले मात्र नभएर जति पनि व्यापारीहरु छौँ, कसैले तिर्नुपर्दैन । बरु गोदामबाट सामान ल्याउन र थन्क्याउन चाहिँ भरियालाई ज्याला दिनुपर्छ । आफ्नो सामान बिक्री होस्, नहोस् मजदुरलाई दैनिक ज्याला तिर्नुपर्छ । दिनभरि काम गरेर साँझ बिहानको छाक टार्नेहरु यहाँ कति छन्, तिनको हिसाब छैन । हाम्रो सामान राख्ने गोदामको पनि भाडा तिर्नु पर्छ । क्लवको निगरानीमा हुन्छ, गोदाम ।

एउटा गोदाममा तीन चार जना मिलेर सामान राख्छौँ । महिना मरेर भाडा तिर्ने बेलामा सबैजना मिलेर तिर्छौँ । आ–आफ्नो भागको भाडा क्लवलाई बुझाउनु पर्छ । ‘स्टल’को सामान ओसारपसार गर्ने भरियालाई दैनिक ४ सय दिनुपर्छ । यता आफ्नो व्यापार होस्, नहोस् । मुसलधारे पानी परेर दिनभरि सुको बोहोनि नभए पनि उनीहरुलाई आज माल बिकेन, यसकारण पैसा छैन भन्न पाइदैन ।”

बसन्तपुर क्षेत्र नगद व्यापार हुने ठाउँ हो । त्यहाँ उपलब्ध हुने हस्तकलाका सामानहरु प्रायः विदेशीले खरिद गर्छन् । तथापि नेपाली नपुगेको देश छैन । यसर्थ अहिले नेपालीहरु विदेश जाँदा कसैले हाकिमका लागि भनेर त कतिले साथीभाइलाई सम्झेर सामान खरिद गर्ने चलन बसेको कुरा व्यापारी जोशीले बताउनु भयो ।

बिहान सामान पु¥याएको भरिया साँझ आएन भने के गर्नुहुन्छ ? अथवा, कोही दिन ऊ बिरामी परो वा गाउँ गयो । त्यस्तो बेला कसरी खट्नुहुन्छ ? भन्ने मेरो जिज्ञासामा व्यापारी भोलाराम भन्नुहुन्छ– “हैन, अरुबेला जहाँ जाओस्, जुन काम गरोस् मतलव भएन तर बिहान ७ बजे पसल खोल्न र बेलुका ८/९ बजे बन्द गर्न ठेक्का झैँ हुनाले आइपुग्नै पर्छ । मान्छे हो बिरामी हुँदैन, भवितव्य पर्दैन भन्न सकिदैन । कथन त्यस किसिमको अवस्था आइपरे अर्को जना आउछ । साथीको बदला ऊ खट्छ ।”

बसन्तपुर क्षेत्र भनेको काठमाडौंको मुटु हो । बाक्लो रुपमा त्यहाँ विदेशी पर्यटकको चहलपहल हुन्छ । विभिन्न किसिमका हस्तकलाका सामान बिक्री गर्ने ‘स्टल’हरु धेरै छन् । शरद ऋतुको त्यो मौसम पर्यटकका लागि उपयुक्त हुनाले छिनछिनमा विदेशीको भिड लाग्थ्यो । त्योबेला म चाहिँ हेरेर बस्थेँ । आफूलाई मन परेको सामान किन्न लामो बहस नगरी मूल्य तिरेर थपक्क प्याक गराएको देखेर रमाईलो लाग्यो ।

स्पेनिस, जापानीज, अङ्ग्रेजी, इटाली, हिन्दीलगायत भाषा बोलेको देखेर/सुनेर भोलारामलाई तपाईले आफ्नो शैक्षिक योग्यता कति वटा विषयमा डिग्रीको प्रमाणपत्र हात पार्नु भयो ? बताउन मिल्छ कि ? भनेर सोधेँ । “औपचारिक शिक्षा मैले जम्मा आठ कक्षा मात्रै पढेँ । सुविधासम्पन्न ठाउँ देशको राजधानी काठमाडौं शहरमा जन्मेको भन्दा कतिलाई मेरो कुरा पत्याउन गाह्रो हुन्छ तर यथार्थबाट भाग्न कसरी सक्छु म ? सक्दिनँ ।

जागिर सागिर जे भने पनि हामी श्रीमान् श्रीमतीकै पेसा यही व्यापार हो । मेरी श्रीमती इन्दिरा लामा जोशी अहिले खाना पकाउन गएकी छन् । हाम्रो एउटा मात्र सन्तान छोरा छ । ऊ १४ वर्षको भयो । अहिले ९ कक्षामा पढ्छ । पसलमा छोरा आउछ तर उसलाई क्रय बिक्रयमा सघाउ भन्ने गरेको छैन । ऊ बेला व्यापारी कामले गाँजेर आफ्नो पढाइ छुटेको हुनाले सकेसम्म छोरालाई नअल्झाऊ भन्नेमा छु । रहरै गरेर आयो र म गर्छु, खट्छु भन्यो भने नगर पर्दैन कसरी भन्नु ? हाम्रो लागि होइन । उसैका लागि राम्रोसँगले पढोस् भन्नेमा छौँ ।

यहाँ पसल फिजाउन बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टा दुई जनालाई सामान मिलाउन मात्रै लाग्छ । फेरि, उती नै समय साँझ सामान थन्क्याउन दैनिक खर्च हुन्छ । बोरामा पोको पारेको सामान बोकेर गोदान लैजादा बहुत यत्न गर्नुपर्छ । त्यो काम भरियाको हो । हुन त आजसम्म कुनै दिन तलमाथि भएको छैन ।”

भोलारामकै शब्दमा व्यापार गर्न ऋण काढ्नै पर्छ । आवश्यक परेका बेला उहाँले सहकारीबाट ऋण लिएर काम गर्नुहुदो रहेछ । आफ्नो काम फत्ते भएपछि तिर्नबुझाउन कञ्जुस नगरे अप्ठ्यारोमा पुनः बाटो खुल्छ । व्यवहार गर्न जाने यो विश्वास सबैमा लागू हुन्छ । हस्तकलाको व्यापारमा आउनु अघि किराना पसल थियो अरे । त्यसमा भविष्य नदेखेपछि, केही वर्ष गाडी चलाउनु भएछ । त्यो काम बिसाएर पाँच वर्ष ट्याक्सी चलाउदाको अनुभव समेत उहाँले स्मरण गर्नुभयो ।

काठको माक्स, सेरामिकको माक्स, मेटलको माक्स र भगवान् शिव तथा गणेशलगायतका देवताहरुको अनुहारका माक्स ‘स्टल’मा छन् । तिनीहरुको मूल्य ‘साइज’ अनुसार हजारदेखिमाथि पर्छ । मेटलको माक्स १५ सयदेखि सुरु हुन्छ, ८ हजारसम्म पर्छ । खुद्रा बेच्दा भन्दा ‘अर्डर’ आएर ५०/१०० ‘पिस’ बिक्यो भने त्यसबाट राम्रो फाइदा हुने रहेछ ।

नेपालका युवामा क्षमता र दक्षता छ । देशको आर्थिक विकासमा त्यो क्षमता र दक्षता प्रयोग गर्न युवालाई उद्यमशीलता, नवप्रवर्तन र रोजगारीमा जोड्न जरुरी छ । चाहे आइटीको क्षेत्रमा होस् वा कृषि, पर्यटन अथवा अन्य कुनै क्षेत्रमा पाइला चाल्न प्रेरित गर्नुपर्छ ।

पछिल्लो समय नेपालको दु्रत आर्थिक विकासमा सूचना प्रविधिले अभूतपूर्व क्रान्ती ल्याएको देखिन्छ । आइआइडीएसको तथ्याङ्कलाई आधार मान्दा नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका ६६ हजार आईटी जनशक्त्तिले वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । यस तथ्यले नेपालमा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना देखाउँछ ।

बसन्तपुर क्षेत्र नगद व्यापार हुने ठाउँ हो । त्यहाँ उपलब्ध हुने हस्तकलाका सामानहरु प्रायः विदेशीले खरिद गर्छन् । तथापि नेपाली नपुगेको देश छैन । यसर्थ अहिले नेपालीहरु विदेश जाँदा कसैले हाकिमका लागि भनेर त कतिले साथीभाइलाई सम्झेर सामान खरिद गर्ने चलन बसेको कुरा व्यापारी जोशीले बताउनु भयो । उसो त विदेशी पर्यटक नआउने सिजनमा नेपाली ग्राहकले धानेको कुरा समेत उहाँले सुनाउन छुटाउनु भएन ।

हामीलाई नगरपालिकाले खासै सताउदैन । यहाँ तलमाथि गर्ने केही कुरा आए १०८ वटा ‘स्टल’ एकजुट हुन्छौँ । हामीहरु बिच प्रतिस्पर्दा छ, हुन्छ तैपनि ईख लिने गरी कोहीसँग नराम्रो भएको छैन । यहाँ व्यापार गर्नेहरु काठमाडौं बाहिरका पनि छन् । पृथ्वी सबैको साझा माटो हुनाले उपत्यका बाहिरबाट आउनेहरु पनि हाम्रै दाजुभाइ दिदीबहिनी हुन् । आ–आफ्नो क्षमता प्रयोग गरेर खान सबैले पाउनु पर्छ ।

काठको माक्स, सेरामिकको माक्स, मेटलको माक्स र भगवान् शिव तथा गणेशलगायतका देवताहरुको अनुहारका माक्स ‘स्टल’मा छन् । तिनीहरुको मूल्य ‘साइज’ अनुसार हजारदेखिमाथि पर्छ । मेटलको माक्स १५ सयदेखि सुरु हुन्छ, ८ हजारसम्म पर्छ । खुद्रा बेच्दा भन्दा ‘अर्डर’ आएर ५०/१०० ‘पिस’ बिक्यो भने त्यसबाट राम्रो फाइदा हुने रहेछ । ‘मेडिटेसन वल्व’लाई ७ सयदेखि उँभो पर्ने रहेछ ।

रुद्राक्ष माला, बुद्धचित्त, स्टोनलगायत किसिम किसिमका थुप्रै मालाहरु छन् । मेटलको कछुवा महंगो पर्दो रहेछ । विदेशीलाई तोक्ने दाम र नेपालीलाई कति फरक पर्छ ? तपाई यो व्यापारसँग कति खुसी हुनुहुन्छ ? अन्तिम बिट मार्ने मेरा यी प्रश्नमा भोलाराम भन्नुहुन्छ– “विदेशीलाई दाम अलग हुन्छ नै तर तिनीहरु कुन देशका हुन्, कतिको पैसा खर्च गर्न सक्छन् । त्यो विचार गरेर मूल्य बताउने गरेको छु, छौँ ।

यतिखेर जुन काम गरेर घरको गर्जो टारिरहेको छु, मनभित्रैदेखि म निकै खुसी छु । यति हो व्यापार गर्न थोरै मूल्यले हुँदैन । बिस्कुन सुकाए जस्तो काम हो, यो व्यापारी कला भनेको । यहाँ न कहाँ अलिकति बोल्न सक्यो भने राम्रो हुन्छ । जो बोल्न सक्दैन ऊ पछि पर्छ । नेपालीमा उखानै छ नि बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल बिक्दैन ।

आफूलाई राजनीति गर्न आउदैन । यसलाई कमजोरी भनौ या के ? थोरै पढे पनि कामले सिकाएको होला बरु जुन विदेशी आए पनि ऊ सँगसँगै उसको भाषा बोल्न सक्छु । कुन देशको पैसाको नेपाली मूल्य कति हुन्छ, एकएक ज्ञान छ । कथन लिनदिन हिसाबमा उतारचढाव भए सीसी क्यामेराबाट गल्ती पत्ता लाग्छ । यता चोरको डर छैन । कुनै दिन त्यस्तो भए जनसेवामा गएर निवेदन दिनु पर्छ । ढिलोचाढो चोर फेला पर्छ । डेढ महिना पछि हिसाबमा झुक्याउने एक जना समातिएको रेकर्ड मसँग छ । अतः आफू चाहिँ चुक्नु भएन ।

विदेशी नगद खेलाएर ठुलो काम घरघडेरी जोड्न सकिएको छैन तैपनि जीवनसँग कुनै गुनासो छैन । यही कामले खान लाउन पुगेको छ । सन्तानलाई उचित शिक्षा दिनुपर्छ । आज जोगाएको धनले भोलि कति पुग्छ ?

हामीलाई नगरपालिकाले खासै सताउदैन । यहाँ तलमाथि गर्ने केही कुरा आए १०८ वटा ‘स्टल’ एकजुट हुन्छौँ । हामीहरु बिच प्रतिस्पर्दा छ, हुन्छ तैपनि ईख लिने गरी कोहीसँग नराम्रो भएको छैन । यहाँ व्यापार गर्नेहरु काठमाडौं बाहिरका पनि छन् । पृथ्वी सबैको साझा माटो हुनाले उपत्यका बाहिरबाट आउनेहरु पनि हाम्रै दाजुभाइ दिदीबहिनी हुन् । आ–आफ्नो क्षमता प्रयोग गरेर खान सबैले पाउनु पर्छ । यो मान्यताको मानिस हुँ म ।

धेरै वर्ष भयो, यो खुला ठाउँमा बसेर व्यापार गरेको । सटरहरु हेर्दै त्यहाँ भित्र कसरी अटिन्छ ? हो, यस्तो लाग्छ । यहाँ आफूसँग नभएको सामान साथीभाइ कहाँबाट ल्याएर बेच्छु । उता आफ्नोमा नभएको सामान यताबाट साथीभाइले पनि लैजान्छन् ।

विदेशी नगद खेलाएर ठुलो काम घरघडेरी जोड्न सकिएको छैन तैपनि जीवनसँग कुनै गुनासो छैन । यही कामले खान लाउन पुगेको छ । सन्तानलाई उचित शिक्षा दिनुपर्छ । आज जोगाएको धनले भोलि कति पुग्छ ? काम गर्नै पर्दैन टन्नमन्न हुन्छ भन्ने मलाई चाहिँ लाग्दैन । अचल सम्पत्ति बाहेक दैनिक चल्न ग्राउन्डमा फुटबल उफ्रेजसरी जागर खोलेर निरन्तर रुपमा खट्नुपर्छ । जति खटेर कर्म गर्न सकियो, उती नै जीवनमा आनन्द मिल्छ ।”

पारिलो घाममा बसेर पर्खिदैवर्दै मैले भोलारामलाई सुनेँ । पालो मिलाइमिलाइ उहाँले पनि आफ्ना कुरा मलाई बताउनु भयो । ह्यान्डी क्राफ्ट अर्थात् हस्तकला सामानका थोक एवं खुद्रा व्यापारी जोशीले विदेशी क्रेतालाई गर्ने व्यवहार वास्तवमा सरल र उदाहरणीय देखेँ । मुस्कान सहितको सेवा पाएर जानेहरु पुनः बसन्तपुर क्षेत्रमा प्रस्थान गरुन् । हाम्रो परम्परा र संस्कृतिलाई खोजीखोजी हेरुन् ।

आज यहाँ एकजना व्यापारी उँभो लाग्नु भनेको देशमा अर्थतन्त्र चलायमान हुनु हो । भोलि भोलाराम जस्तै अर्कोले धन कमाओस्, नगद जमाओस् त्यो पनि राम्रो होस् । पर्सी निकोर्सी एवम् रीत झाङगिने र बढ्ने क्रममा कमी नआवोस् । जीवनका विविध आयामसँगै हस्तकला व्यापार र व्यापारीकाबारेमा छोटो समयमा यति रसिलो जानकारी थाहा भयो, यहाँका आगामी दिन उल्लासमय किसिमले बितुन्, यही हाम्रो शुभेच्छा छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *