मेरो हातको हतकडी स्राप कि पाप ?
- पुस १३, २०८१
- 0
सरलाई चिया कफी के खानुहुन्छ खुवाउ है उहाँ हाम्रो पाहुना हो ।
इन्स्पेक्टर कृष्ण पोखरेलले डिउटी अधिकृतलाई आदेश दिए ।
प्रदर्शनकारी महिला पनि हुनसक्छन् भन्ने थाहा थिएन ? महिला प्रहरी देखिएनन् त ।
अब महिला प्रहरी लिएर जान्छु र सबैलाई समातेर ल्याउँछु । मेरो प्रश्नको जवाफ दिँदै निस्किए उनी ।
मेची नगर ४ मा मानवसेवा आश्रम उद्घाटन गर्ने कार्यक्रम थियो प्रधानमन्त्री केपी शर्मा ओलीको । यिनै नेताका कारण आज बेसहारा बाआमा र नानीहरू एनजिओले चलाएको आश्रमको गास खाएर बस्नुपरेको छ । तिनको जिम्मा लिनु त कता हो सरम नमानी भवन उद्घाटन गरी हिँड्छन् ।
यही असहमति जनाउन मेची नगरपालिका कार्यालय छेवैमा रहेको रास्वपाको पार्टी कार्यालयमा थियौँ हामी । भिम कुँवर, कमल गौतम र केही साथीहरु आइपुग्नासाथ प्रहरीले निगरानी बढाएको थियो ।
कालो झण्डा प्रदर्शनको पहिलो अनुभव गर्दै थियौँ । प्रदर्शनकारी जति थपिँदै थिए उति धेरै प्रहरीको संख्या बढ्दै थियो ।
घुमुवा प्रहरीहरू नचिनिने गरी हामीसँगै पार्टी कार्यालयमै मिसिएर हाम्रो ब्रिफिङको फोटो र भिडियो खिचिरहेका थिए ।
प्रहरीले हामीलाई प्रदर्शन गर्न नदिने भयो भित्रि बाटो हुँदै अर्को चोकमा जाऔँ ।
त्यता जाने बाटो पनि छेकिसकेको छ ।
कतै नजाऔँ यहिँबाट हाइवेमा निस्कौँ र प्रदर्शन गरौँ ।
अब त जानै दिँदैन, समातीहाल्छ ।
जहाँ रोक्छ त्यहिँ प्रदर्शन गरौँ ।
यसरी छलफल चलिरहेका बेला काकरभिट्टा प्रहरी प्रमुख डिएसपी मिम लामा आए । उनको विनम्र अनुरोध थियो मेरो एरियामा प्रदर्शन नगरी दिनुहोला ।
हामी शान्तिपूर्वक प्लेकार्ड र कालो झण्डा प्रदर्शन गर्छौँ नारा लगाउने र प्रहार गर्ने काम हुँदैन । मैले आश्वास्त पार्न खोजेँ ।
उनले प्लिज भनिरहे ।
इन्स्पेक्टरसहित केही प्रहरीले बाटो छेकेर मलाई नियन्त्रणमा लिए । हतियार बोकेको एकजना हवल्दारले मेरो बायाँ हातमा हतकडी लगाए । म अलमल भएँ के गर्दैछन् यिनीहरुले ? ओइ साथी हो के अपराधमा हतकडी लगाउँदैछौ ?
एउटा सांसद, चौथो ठुलो दलको सभापति, पूर्व गृहमन्त्री जसलाई नथुनेरै पनि अनुसन्धान गर्न सकिन्छ तैपनी थुन्यो । त्यतिमात्र नभएर सुखानी घटनाकै झल्को दिनेगरी रातको ११ बजे उठाएर नारायणी नदी किनारको यात्रामा हुइक्याउँछ । आफ्नी श्रीमती र वकीलसँग सम्पर्क गर्न दिँदैन, प्रेसर नापिदेउ भन्दा पनि नमानी हतियारधारी प्रहरीले जबरजस्ती गाडिमा हालेर आतङ्क सिर्जना गर्छ । त्यो तरिका ठिक होइन भन्न नपाउने ?
आफ्नो जनप्रतिनिधि, मन्त्री वा नेताका कामकारबाही, शैली मन परेन भन्न पाउने संवैधानिक हक प्रयोग गरेर शान्तिपूर्वक बिरोध गर्न नपाउने ? हामी हाम्रो काम गर्छौँ तपाईहरु आफ्नो काम गर्नुस् । हाँसीहाँसी प्रतिक्रिया दिएपछि उहाँ जानुभयो ।
प्रधानमन्त्री ओली एयरपोर्टबाट हिँडेको जानकारी आएपछि हामी अफिसबाट निस्कियौँ ।
इन्स्पेक्टरसहित केही प्रहरीले बाटो छेकेर मलाई नियन्त्रणमा लिए । हतियार बोकेको एकजना हवल्दारले मेरो बायाँ हातमा हतकडी लगाए ।
म अलमल भएँ के गर्दैछन् यिनीहरुले ? ओइ साथी हो के अपराधमा हतकडी लगाउँदैछौ ?
देब्रे हातमा हतकडी लगाएका उनले मेरो कुरै नसुनी दाहिने हातमा पनि लगाउन खोजे, तर सकेनन् । लुरे भए पनि म उजस्तै तालिमप्राप्त सिपाही हुँ भन्ने कुरा उसलाई थाहा थिएन ।
डिएसपी मिम लामाको अनुरोधमा प्रदर्शन गर्न नदिने नियत थिएन । जागिरमा दाग लाग्नबाट बच्ने प्रयत्न मात्र थियो ।
गाडिमा राख्न खोजे । एउटाले ढोका खोल्यो र मलाई धकेल्यो । मैले गाडिको ढोकामा समातेँ । तिनले सकेनन् ।
लिलामाया बस्नेतले प्रहरीलाई कुटौँलाझैँ गर्नुभयो हतकडी किन लगाएको खोल भनेर । तर खोलेनन् । म गाडिको ढोकामा चढेर एउटा हातले ढोका समातेँ अर्को हातले प्लेकार्ड देखाएर नारा लगाउन थाले ।
अनेक तरहले मलाई भित्र हाल्न खोजे । निहुरेर छिर्नुपर्ने सानो गाडिमा मैले नचाहँदासम्म उनीहरुले भित्र हाल्न सक्ने अवस्था थिएन ।
सर धेरै रडाको नगर्नु न हाम्रो जागिर जोगाइदिनु । सवारी चालक हवल्दारको अनुरोध मिसिएको आदेश मेरो कानमा पर्यो ।
डिएसपी मिम लामाको अनुरोधमा प्रदर्शन गर्न नदिने नियत थिएन । जागिरमा दाग लाग्नबाट बच्ने प्रयत्न मात्र थियो ।
कसैले आँखै अगाडि कालोझण्डा देखाउला, नारा लगाउला अनि त्यहाँको प्रहरी प्रमुख र सिडिओ रहला कि नरहाला चितवनले उदाहरण दिइसकेको छ ।
चालक हल्दारको माया लाग्दो अनुरोध मानेर मुस्कुराउँदै बसेँ म । गाडि अगि बढ्यो । साथीहरुले गाडिको बाटो छेके र प्रश्न गरे ‘के अपराधमा हतकडी लगाएको ? खोल् ।’ त्यसबेला हच्किएको प्रहरीले हतारहतार पकेटबाट चाबी निकालेर हतकडी खोलिदिए ।
सालेहरू ढंग गति छैन आफ्नो शक्तिको ख्याल नगरी हतकडी लगाउँछन् । यस्तैमा हो पब्लिकले कुटीकुटी मार्ने …… । आफ्ना साथीहरुलाई महिलाले सुन्नै नमिल्ने गाली गर्दै चालकले गाडि घुमाए । इन्स्पेक्टर आएर बसे ।
शुभचिन्तकबाट आएका फोनमा व्यस्त रहेँ म । कालो चिया र पानी पठाइदिए डिउटी अधिकृतले । तानातानमा हतकडी रगडिएर घाउ लागेको रहेछ नाडीमा, घरिघरि चस्किरह्यो ।
किन लगाएका होला हतकडी ? आदेश नै थियो ? कि अज्ञानवस लगाए ? आफैँसँग सोधिरहेँ ।
सबै कुरो आदेश मात्र हुन्छ ? हवल्दारसम्म भइसक्दा कमसेकम १५ वर्षको अनुभव हासिल भएको हुँदो हो । हतकडी कसलाई लगाउने कसलाई नलगाउने थाहा हुनुपर्ने ।
पुलिस हुँदा र नहुँदा कहिल्यै आर्थिक अनुशासनमा चुकिनँ । बाल्यकालमा छिमेकीको काँक्रो कहिल्यै चोरिन । के को उपहार हो त यो हतकडी ?
नत स्राप न त पापको भाग ?
हवल्दारलाई थाहा भएन रे सइ र इन्स्पेक्टरहरु थिए । मैले र साथीहरुले हतकडी नलगाउन अनुरोध गर्दा किन मानेनन् वा नलगा किन भनेनन् ?
उमेर अर्ध सतक पुग्न लाग्दा हतकडी लाग्यो विना कारण । आफ्नै नाडीको चोट हेरेर मुस्कुराएँ । के नै पो बिग्रियो र ? सायद मनले यही भन्यो होला ।
मेरो पहरा गरेर ढोकानेर बसेको प्रहरीलाई मेरो मनको तरङ्ग थाहा छैन । मोबाइलमा व्यस्त छ । इन्टरनेटको क्युआर मागौँ र समाचार हेरौँ लाग्छ, फेरि उसैले मेरो मोबाइल पो मागेर लाने हुन् कि, डरले मागिन ।
हतकडी तरङ्ग आफ्नै बिगततिर प्रश्नवाचक बनिरहेको छ ।
मैले मेरो सेवाकालमा कसैलाई हतकडी लगाएँ होला ? त्यसवेला कसैले सराप दियो होला कि कुनैदिन तेरो हातमा पनि हतकडी लागोस् ।
२०५५ देखि २०६१ सम्म हतकडी नै कहाँ थियो र सबै प्रहरी कार्यालयमा ? फेरि उसबेला कसैलाई खास समातिएन पनि । मादक पदार्थ सेवन गरेर घर झगडा गर्नेहरू, दुले चोरहरू, गाउँसमाजमा झगडा गर्नेहरूलाई कठालो समाते पुगिहाल्थ्यो । माओवादीहरुसँग कहिल्यै भेट वा मुठभेट भएन । खास चिनिएन पनि ।
२०६२ पछि काठमाडौँमा प्रहरीको मिडियामा रहेँ । कहिलेकाहिँ बिरोध प्रदर्शन र बन्द हडतालमा खटिँदा कम्मरमा हतकडी बोकेँ हुँला । केही पटक प्रहरीले निर्माण गरेको जागरण टेली फिल्ममा अभिनय गर्ने क्रममा बोकेँ कि ? लगाउने काम त त्यहाँ पनि भएन ।
पुलिस हुँदा र नहुँदा कहिल्यै आर्थिक अनुशासनमा चुकिनँ । बाल्यकालमा छिमेकीको काँक्रो कहिल्यै चोरिन । के को उपहार हो त यो हतकडी ?
नत स्राप न त पापको भाग ?
प्रहरीकै बुद्धिमा बिर्को लागेको मनको निश्कर्ष आयो ।
वन टायम पुलिस होल टायम पुलिस, भन्छन् हो जस्तै लाग्छ ।
हरेकका हर बिचार, सपना र भावनाको सुरक्षा दिने कोशिशमा सक्रिय छु अहिले पनि ।
नेपालका चर्चित पक्राउहरू सम्झनामा आए ।
नक्कली भूटानी सरणार्थी काण्डका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई हतकडी लगाउनु परेन । नागरिकता काण्डमा कैलाश सिरोहियालाई पनि हतकडी लगाइएन ।
यस्ता कोमल मान्छेले त्यही शम्भुलाई हतकडी लगा भने होला ? उनै जानुन्, प्रदर्शन गर्नु अगावै समात् चाहिँ पक्कै भने ।
सन्दिप लामिछानेलाई हतकडी लाग्यो तर उस्तै आरोपी कृष्ण बहादुर महरालाई लागेन ।
भैगो धेरै के चित्त दुखाउनु मेरै आजको ग्रहगोचर ठिक रहेनछ । यसरी चित्त बुझाएँ ।
थकित भएर फर्किए डिएसपी मिम लामा ।
तपाईको अनुरोध नमानेको भएर कार्यक्रम गर्न नदिइ हतकडी लगाउन आदेश दिनुभएछ । मैले मित्रवत शैलीमा जिज्ञासा राखेँ ।
हँ ! हतकडी लगाए ? अनविज्ञता र आश्चार्य प्रकट गरे उनले ।
तपाईको ठाउँमा मेरो भाइ वा छोरो भए पनि हाम्रो निर्णय बदलिने थिएन । बदल्नुपर्ने खालको पनि त थिएन । फेरि नेतृत्वले निर्णय बदली हिँड्दैन बरु
कार्यान्वयनबाट सिक्छ र अर्कोपटक सच्याउँछ । प्रदर्शन नगर्न उहाँको अनुरोध नमानेकोमा फेरि स्पष्ट पारेँ ।
उनी मौन थिए । घरि हाकिमका घरि व्यापारिका फोनमा व्यस्त भए ।
मैले डिएसपीभित्रको भावनालाई हेरिरहेँ । कथा लेख्छन्, गीत लेख्छन् ।
साहित्य त्यसै लेखिँदैन देखेर अनि दुखेर लेखिन्छ । उनले लेखेको शोषित–पीडतका कथा पढेको छु मैले ।
१४ वर्ष अगिको सुडान सम्झिएँ । हामीभन्दा पहिले गएका थिए युएन प्रहरीकोरुपमा ।
युएनको सवारी चालक अनुमति पत्र लिन ड्राइभिङ टेस्ट दिनुपर्ने हुन्थ्यो ।
दाहिनेतिरको स्टेयरिङबाट सिकेका हामीले बाया स्टेयरिङ कसरी चलाउने एकपटक अभ्यास नगरी पार लाग्ला ? शंका स्वाभाविक थियो ।
एउटै टेण्टमा बसेका साथीहरु कोही चिया खान, कोही पिएक्स भन्दै गाडि सिक्न जान्थे तर तिमीहरु पनि हिँड भनेर साथीहरुलाई भन्दैनथे ।
साथीहरु भन्छन् तैँले राजनीति गरिखाँदैनस् । म भन्छु मैले गरेको राजनीतिबाट मैले गरिखाने होइन भाइपुस्ता र सन्तान पुस्ताले गरिखाने हो । त्यो चाहिँ गरिछाड्छु, जीवन रहेसम्म ।
अरुभन्दा धेरै, अरुभन्दा पहिले सबै सुविधा आफूले मात्र लिउँ भन्ने नै वर्तमान समाजको समस्या हो । आफूले पाएको सुविधा अरुले पनि पाउनुपर्छ भन्ने सोच आउला र समाजको अनुहार बदलिएला । अपेक्षा यत्ति त हो ।
हुन त कोही नहुनेका इश्वर हुन्छन् रे त्यस्तै भयो ।
नयाँ साथीहरुलाई आफ्नो गाडिमा अभ्यास गराइरहेका मिमले सडक किनारामा उभिएको मलाई देखे । साथीहरु एकपछि अर्को तँछाडमछाड गर्दै थिए । त्यति नगरे ड्राइभिङ फेल भइन्छ र देश फर्किनुपर्छ । अनि त थोरै पैसा कमाएर परिवार पाल्ने सपना र सम्भावना सब खरानी हुनेछ ।
शम्भुजी आउनुस् मिमले बोलाए । आश गरेकै थिइनँ । आभारी हुँदै गाडि चढेँ ।
करिव तीनचार किलोमिटर कुदाएपछि गाडि रोकेँ र भनेँ भयो, अब अरुलाई दिनु ।
यति चाँडै ? एकछिन कुदाउनु ।
भैगो दायाँ र बायाँ स्टेयरिङमा खास फरक लागेन अब पास गर्छु ।
उनले र उनका साथीहरुले यसरी अभ्यास गर्ने खास अवसर नपाएका कारण दशजना साथीहरु ड्राइभिङ फेल भएर नेपाल फर्काएको रहेछ । त्यहिबेला अठोट गरेछन् नेपालबाट आउने नयाँ साथीहरुलाई खोजीखोजी सिकाउँछु भनेर ।
यस्ता कोमल मान्छेले त्यही शम्भुलाई हतकडी लगा भने होला ? उनै जानुन्, प्रदर्शन गर्नु अगावै समात् चाहिँ पक्कै भने ।
हतकडी आदेशले लगाइएको थियो कि अन्जानले जान्न मन छ । माथिकाले तलकालाई दोषी बनाएर कारबाही गर्छन् की आफैँ नैतिक जिम्मेवारी लिन्छन् थाहा छैन । तर यस्ता त्रुटी दोहोरियो भने प्रहरीलाई नोक्सान गर्छ त्यसैले प्रशिक्षण र विवेक आवश्यक छ ।
साथीहरु भन्छन् गलत गर्नेलाई प्रशिक्षण होइन कारबाही आवश्यक छ । म भन्छु सानालाई ऐन ठूलालाई छुट हुने कारबाहीको के अर्थ ?
तिनै निमुखाका लागि त राजनीतिक प्रशिक्षणमा छु ।
साथीहरु भन्छन् तैँले राजनीति गरिखाँदैनस् ।
म भन्छु मैले गरेको राजनीतिबाट मैले गरिखाने होइन भाइपुस्ता र सन्तान पुस्ताले गरिखाने हो ।
त्यो चाहिँ गरिछाड्छु, जीवन रहेसम्म ।