‘अरुको पसलमा काम गर्दै सिप सिकेँ, अहिले त्यही सिपले काम दिएको छ’ : शंकर मिजार

news-details

नेपालीहरुको महान् पर्व बडादसैँ नजिकिएसँगै खसीबोकाको किनबेच सुरु भएको थियो । चाडपर्वमा हुने खर्च जुटाउन किसानले गाउँ–गाउँबाट बजार पु¥याएर खसीबोका बेच्न थालेका हुन । कति व्यापारीहरु त किसानका घरघर पुगेर अग्रिम रुपमा खसीबोकाको मूल्य तिरेर फर्की सकेका थिए । अर्थतन्त्र चलायमान हुन क्रय विक्रयको ठुलो भूमिका छ । जति बढी कारोबार हुन्छ, अर्थ सक्रियता पनि उती नै चलायमान हुन्छ ।

दसैँ बजार उत्साहजनक हुन मानिसको चाप बढ्नु पर्छ । आफ्नो अर्थ व्यवस्था अनुसार उपभोक्ताले योजना बनाउँछन् । पर्व मनाउनेहरु त्यही अनुसारको तयारीमा जुट्छन् । किनमेल गर्छन् । आफन्त र साथीभाइलाई भेट्छन् भने विशेष परिस्थितिले गर्दा पर्व नमनाउनेहरु घुमफिरको माहोलमा हुन्छन् । भनिन्छ, यात्राले मानिसको भाग्यको उदय हुन्छ । कति संख्या बिना योजना नै यात्रामा हिँड्छन् त कति योजनाबद्घ । जीवन यो जगत् विगततिर फर्केर हेर्दा कस्तो लाग्दो हो रु जसले अँध्यारोमा पाइला चाले । तिनले आफ्नै जीवनलाई कसरी बुझे र डोहो¥याइ रहेका छन् ?

हो, यही सेरोफेरोमा छन्, शंकर मिजार । त्यो बेलाको स्मरण गर्दै उनी भन्छन्– “म काठमाडौं आउदा १० वर्षको थिएँ । मेरो घर नुवाकोट हो । गाउँका ५/६ जना बच्चैबच्चा हिँडेका थियौँ, बालाजु आइपुगेछौँ । हातमा सुको पैसा थिएन । हामीलाई भोक लाग्यो, के खानु ? चावेलमा गार्मेन्ट कारखाना छ, त्यहाँ धागो कात्ने काम पाइन्छ भनेर कतै सुनेको हुनाले त्यतै सोझियौँ । साहुसँग मागेरै काम ग¥यौँ र भोक मार्न सहज भयो । केही दिन काम गरिसकेपछि, साथीहरु घर फिरे म भने यहीँ रहेँ ।

घरमा आमाबुवा, यौटा भाइ र दुईटी बहिनीलाई छोडेर हिँडेको म । यता आएपछि गाउँ फर्कन मन लागेन । हो, पटक्कै लागेन । दुःख भए पनि सहर भनेको सहर हो । यहाँ यति ठुलाठुला घर, झिलिमिली बिजुली बत्ती, फराकिलो सडक यस्तै केकेले मन तानो, तानो । र त म अड्केँ । पढाइ लेखाइ भनेको के हो ? किन पढ्नु पर्छ ? बुझ्नै नपाइ मैले घर छोडेँ । वास्तवमा भन्नु पर्दा त्यतिखेर भागेर हिँडेको थिएँ म

घरमा आमाबुवा, यौटा भाइ र दुईटी बहिनीलाई छोडेर हिँडेको म । यता आएपछि गाउँ फर्कन मन लागेन । हो, पटक्कै लागेन । दुःख भए पनि सहर भनेको सहर हो । यहाँ यति ठुलाठुला घर, झिलिमिली बिजुली बत्ती, फराकिलो सडक यस्तै केकेले मन तानो, तानो । र त म अड्केँ । पढाइ लेखाइ भनेको के हो ? किन पढ्नु पर्छ ? बुझ्नै नपाइ मैले घर छोडेँ । वास्तवमा भन्नु पर्दा त्यतिखेर भागेर हिँडेको थिएँ म ।”

दश वर्षको बच्चाको कत्रो हिम्मत ? त्यो समयलाई कसरी सम्झिनु हुन्छ ? भनेर उधिन्न खोज्दा शंकर भन्छन्– “खै दिज्यू, मलाई नै थाहा छैन । के को आँटले हिँडेँ । गाउँबाट सँगै आएका साथीहरु घर फर्किने भनेर गए तर म टसमस भइनँ । फगत एक्लो हुँदा पनि रित्तो महसुस भएन । समयले जुराएरै हो कि, फुपाजु (माइला रोक्का) सँग भेट भयो । उहाँले आफ्नो घर लैजानु भो र पढ्नु पर्छ भनेर मलाई स्कुल भर्ना गर्दिनु भयो ।

२०४९ सालको कुरा हो, क ख सिकेकाहरु दुई कक्षामा पढ्दा रहेछन् । लेख्न पढ्न केही नजान्ने मलाई कक्षा एकमा राखियो । के लेख्नु, कसरी लेख्नु ? साथीहरु पनि त्यस्तै । संगतको फल मैले पढिनँ । अहिले नाम लेख्नसम्म आउछ । मलाई फुपाजुले धेरै माया गर्नु भयो । त्यो बेलादेखि अहिलेसम्म पनि साखे सन्तानले झैँ लाडप्यार पाएको छु ।”

शंकरका बुवाले सधैँ अर्कैको मेलामा हली काम गरेर जीवन निवार्ह गरे । त्यो बेला कृषि कार्यमा बाहेक अरु पेसा हुन्छ भनेर बुवालाई थाहै नभएको कुरा छोरा शंकरले खुलाए । नुवाकोट काठमाडौंबाट टाढा होइन । गाडी गुड्ने सडक नहुँदा एक दिन (पूरै खर्च नहुने) त्यो बाटो यतिखेर बालाजुबाट गाडी चढेको डेढ घण्टामा आफ्नो घरको आँगनमै पुगिन्छ भन्छन्, शंकर ।

आमाबुवा गाउँमै हुनुहुन्छ । भाइ इन्डियामा रोजगार गर्ने हुनाले उसको आम्दानी मेरो भन्दा राम्रो छ । यता, म र मेरी श्रीमती अनि छोरो बस्छौँ । हाम्रो एउटै सन्तान ११ कक्षा पढ्ने भयो । उसलाई सरकारी स्कुल पढायौँ । भन्न त र्बोडिङ् स्कुल नै राम्रो भन्छन् । कुरा ठीक होला तर..

उनले अंगालेको पेसाकाबारेमा कुराकानी सुरु गर्दा मेरो मगजमा थुप्रै प्रश्नहरु ठेलमठेल भए । प्रथमतः उनी जुत्ता बनाउने कालीगढ हुन् । ‘शंकर शू सेन्टर’ का मालिक । नयाँ–नयाँ डिजाइनका पार्टी जुत्ताहरु बनाउँछन् र पुराना जुत्ताचप्पल मर्मत गर्नुको साथै ज्याकेट स्प्रे पनि गर्छन् । त्यस्तै, च्यात्तिएका चप्पलजुत्ता टाल्छन्, टास्छन् र टल्काउँछन् । झट्ट हेर्दा उनी निकै साधारण देखिन्छन् । मसिनो स्वरमा बोल्ने उनलाई सोधे “अब भाइको आम्दानी र खर्चबारे कुरा गरौ है । यो व्यवसाय कहिलेदेखि सुरु गर्नु भएको हो ? अनि, परिवार पाल्न कति सहज भएको छ ?”

“मेरो थाप्लोमा त्यत्रो पारिवारिक लोड छैन । आमाबुवा गाउँमै हुनुहुन्छ । भाइ इन्डियामा रोजगार गर्ने हुनाले उसको आम्दानी मेरो भन्दा राम्रो छ । यता, म र मेरी श्रीमती अनि छोरो बस्छौँ । हाम्रो एउटै सन्तान ११ कक्षा पढ्ने भयो । उसलाई सरकारी स्कुल पढायौँ । भन्न त र्बोडिङ् स्कुल नै राम्रो भन्छन् । कुरा ठीक होला तर…।”

बोलिरहेका शंकरलाई रोकेर मैले सोधेँ– “आफ्नो सिप छोरालाई किन नसिकाउने ? कुनै दिन यहाँ पसलमा आएको वा ल्याएको रेकर्ड छ ? कि, बाउले के काम गर्छन्, यसबारे छेउकुना थाहै छैन ?” “हजुरले ठीक सोध्नु भयो । हाम्रो छोरो यहाँ आएको छैन । भक्तपुर पलासेदेखि कोटेश्वर टाढै पर्छ । फेरि, पढ्ने बच्चालाई किन यताउता अल्मल्याउनु भन्ने पनि हुन्छ । हुन त बसाइँ र काम नजिकनजिकै भए खाना खादा र होलसेल पुगेर नफर्किउन्जेल आलोपालो हुन्थ्यो ।

मेरी श्रीमतीलाई पुग्ने काम उतै छ । सिजनको बेला खेतबारीमा श्रम गर्न पाइन्छ । दिनको ६/७ सय आम्दानी हुन्छ तर त्यो अस्थायी काम हो । त्यसैमा मात्रै भर नपरेर केही माउ बाख्रा, बोका र लोकल कुखुरा पालेका छौँ । तिनीहरुको रेखदेख गर्न पनि समय चाहिन्छ । यहाँ व्यापार थालेको आठ वर्ष भयो । पसल नआएको दिन म घरमै जुत्ता सिलाउँछु ।

उसो त मेरी श्रीमती नै हतपत आइपुग्दिनन् यहाँ । उनलाई पुग्ने काम उतै छ । सिजनको बेला खेतबारीमा श्रम गर्न पाइन्छ । दिनको ६/७ सय आम्दानी हुन्छ तर त्यो अस्थायी काम हो । त्यसैमा मात्रै भर नपरेर केही माउ बाख्रा, बोका र लोकल कुखुरा पालेका छौँ । तिनीहरुको रेखदेख गर्न पनि समय चाहिन्छ । यहाँ व्यापार थालेको आठ वर्ष भयो । पसल नआएको दिन म घरमै जुत्ता सिलाउँछु । मेरो काममा छोराले त्यस्तो केही सघाएको छैन । ऊ भर्खर त पढ्दैछ, सक्दो वातावरण दिएका छौँ । अहिले नै के भन्नु ? विदेश जाने नजाने उसको इच्छा हो । धेरै ठुलो खर्च गर्न आफूसँग धन हुनु पर्छ । नेपालीको बानी काम चाहिँ नगर्ने अनि मनले ठुलो ठुलो कुरा आँट्ने कसरी पूरा हुन्छ ?”

सटर भाडा महिनाको ५६ सय । कोठाभाडा लाग्दैन भनेर जब शंकरले बताए, किन लाग्दैन ? भनेर सोधेको त आफैँले किनेको तीन आना घडेरीमा छाप्रो बनाएका रहेछन् । अनि, जग्गा किन्न अर्थ कसरी सङ्कलन भयो ? भन्ने मेरो जिज्ञासामा शंकर भन्छन्– “केही रकम आफूसँग थियो । फुपाजुले आधा हाल्दिनु भयो । नपुग अरु ऋण काढेँ । यहाँसम्म आइपुग्न खट्नु खटेको छु । अरुको पसलमा काम गर्दै सिप सिकेँ । अहिले त्यही सिपले काम दिएको छ ।

पहिला जस्तो बजार चहलपहल छैन तैपनि सुर छोड्नु भएन । स्कुल, अफिसका जुत्ता बनाउदा होलसेलबाट कच्चा पदार्थ किनेर म आफैँ सिलाउँछु । मानौँ, कुनै जुत्ता ८०० मा बिक्यो भने खर्च कटाएर ३०० फाइदा हुन्छ । लेडिज चप्पलबाट २००, मर्मत गर्नुपर्ने जुत्ताचप्पल प्रतिजोर वरिपरि सिलाउँदा ५ रुपैयाँको धागो लाग्छ । मिहिनेत बापत १०० देखि १ सय ५० सम्म लिन्छु ।

डिजाइन–डिजाइनका धेरै उत्पादन गर्न नसके पनि साधारण जुत्ताचप्पल चाहिने ग्राहकलाई चित्त बुझाउन सकिरहेको छु । दशैं तिहार पछि स्कुलका जुत्ता बिक्छन् । अफिसका जुत्ता बेच्न सिजन कुर्नु पर्दैन । मैले बेच्ने माल अरु हेरी टिकाउ छ । त्यही भन्दै कति टाढाटाढादेखिका ग्राहक आउनु हुन्छ

त्यस्तै, जुत्ता पालिसमा खर्च १० रुपैयाँको हुन्छ भने ग्राहकबाट ५० लिन्छु । काली दल्ने एउटा ब्रस बेच्दा ३० रुपैयाँ फाइदा हुन्छ । काली, कपडाको जुत्ता, तुना, गमलगायत सामान मेरो पसलमा पाइन्छ । डिजाइन–डिजाइनका धेरै उत्पादन गर्न नसके पनि साधारण जुत्ताचप्पल चाहिने ग्राहकलाई चित्त बुझाउन सकिरहेको छु । दशैं तिहार पछि स्कुलका जुत्ता बिक्छन् । अफिसका जुत्ता बेच्न सिजन कुर्नु पर्दैन । मैले बेच्ने माल अरु हेरी टिकाउ छ । त्यही भन्दै कति टाढाटाढादेखिका ग्राहक आउनु हुन्छ ।”

शंकरलाई आफ्नो काम बाहेक राजनीति मन पर्दैन अरे । सानै उमेरदेखि त्यतातिर ध्यान गएन भने । देशमा जुन नेता प्रधानमन्त्री–मन्त्री भए पनि अनुहार हेर्दा राम्रो लाग्छ, भन्दै आफू पनि मुसुक्क मुस्कुराए । उनलाई टहरो नबनाउदासम्म अलि तनाव थियो, जब त्यो काम पूरा भयो । तनाव छैन ।

बिहान चाँडै घरबाट हिँडेका शंकर बेलुका ८/९ बजेमात्रै घर पुग्दा रहेछन् । बिहानको खाना होटलमा खाने बेलुका घरमा यही दिन चर्या बताए । भक्तपुर पलासेबाट कोटेश्वर सार्वजनिक गाडीमा ओहोरदोहोर गर्दा रहेछन् । पसल अगाडि उभ्याएको सवारी उनको त्यो साइकल होलसेल जानआउन काम लाग्छ भने । मोटर साइकल किन्नु परो नि कि, रहर लाग्दैन ? भन्ने मेरो प्रश्नमा उनले भने– “किन नलाग्नु ? कति लाग्छ, लाग्छ । मैले कति वर्ष अघि लिएको मेरो लाइसेन्स रिन्यू गर्दै राख्दै…!” वाक्य टुङग्याउन छोडेर उनी एक हलको मेलो हाँसे, हँसाए ।
दसैँमा घर जाने नजाने टुङ्गो भई नसकेको बताए । वर्ष दिनमा आउने चाड परिवारसँगै नुवाकोट पुग्न मन छ । उता, घरमा वृद्घ आमाबुवा छन् । भाइबुहारी र केटाकेटी छन् । मैले भनेँ, दसैको रमाइलोमा रक्सी पिउने होला नि ? उनको विचारमा आफूले रक्सी खाने हो । त्यसले खाने गरी पिइयो भने जीवन सकिगो नि !

उनी कतै गएनन्, यहीँ काठमाडौंमा छन् । जति आपत् विपत् जेजे परे पनि काममै धुन भयो । धेरै कमाउन उनलाई विदेश जानु छैन, म यो हुँ र यसो गर्छु भनेर कतै धाउनु पनि छैन । सुकर्मी शंकर बिहानदेखि बेलुकासम्म पसलमा बसेर खट्दा खर्च कटाएर दैनिक हजार–बाह्रसय फाइदा गर्छन् । नयाँ नयाँ जुत्ताचप्पल बनाउँछन्, पुराना सिलाउँछन् । दैनिक आर्जन गरेको रकम मध्ये केही प्रतिशत फाइनान्समा राख्छन्, ताकि भाडा तिर्ने बेला थपक्क झिक्न पाइयोस् ।

शंकरको ससुराली भक्तपुर नै रहेछ । उनको घरबाट नजिकै पर्छ अरे । “आआफ्नो कामधन्दा हुनाले ओहोरदोहोर गरिरहन फुर्सद हुँदैन । दुःख बिमार हुँदा र जानै पर्ने दिनमा मात्र ससुराल गइन्छ । सधैँ बिहान बेलुकै जतिबेला पनि गए आफ्नो महत्व नै घट्छ ।”

दश वर्षको उमेरमा घर छोडेर हिँडेका शङ्करलाई सुनेर म तीन छक्क परेँ । उनका कुरा सुन्दै जाँदा कुनै सिनेमा हेरेको आभास भयो । पर्दामा देखाइने कथावस्तु पनि जनजीवनका यस्तै यस्तै घटना क्रम हुन् । त्यहाँ कलाकारले अभिनय गर्छन् । गीतकारका शब्दलाई संगीतकारले प्राण दिएको हुन्छ । अनि, गायकले गाउछन् तर यी शंकर अर्गानिक कलाकार हुन् । हो, तारिफ गरेर नसकिँदो छ, उनको अभिनय कला !

औपचारिक कक्षा पढेका छैनन् तर उनीसँग हातमा सिप छ । त्यो सिपलाई कसरी सही किसिमले प्रयोग गर्ने भन्ने विवेक र बुद्घि छ । आफूसँगै काठमाडौं आएका साथी लामो समय यता नबसेर गाउँ नै फर्के । कोही ‘ड्राइभर’ भए, कोही आर्मी, पुलिस बने त कोही खाडी मुलुक गए ।

उनी कतै गएनन्, यहीँ काठमाडौंमा छन् । जति आपत् विपत् जेजे परे पनि काममै धुन भयो । धेरै कमाउन उनलाई विदेश जानु छैन, म यो हुँ र यसो गर्छु भनेर कतै धाउनु पनि छैन । सुकर्मी शंकर बिहानदेखि बेलुकासम्म पसलमा बसेर खट्दा खर्च कटाएर दैनिक हजार–बाह्रसय फाइदा गर्छन् । नयाँ नयाँ जुत्ताचप्पल बनाउँछन्, पुराना सिलाउँछन् । दैनिक आर्जन गरेको रकम मध्ये केही प्रतिशत फाइनान्समा राख्छन्, ताकि भाडा तिर्ने बेला थपक्क झिक्न पाइयोस् । उनी भन्छन्, “ऋण छैन भन्दा ५० हजार जति होला !”

यहाँ के गर्नु ? गरिखाने ठाउँ छैन, भएन । यस देशमा केही केही नै हुँदैन भनेर भौतारिरहेको दुनियामाझ शंकरलाई भेटेर उनको जीवन पढ्दा स्वयंलाई आड मिलेको आभास भयो । त्यो अविचलित मुहारले यही कुरा प्रष्ट्यायो । मान्छेले आफ्नो श्रमबाट परिवार पाल्छन् । श्रीमान् श्रीमती मिलेर अघि बढे मेलो सजिलै सर्छ ।

समाज भनेको पनि मान्छे नै हो अर्थात् मान्छे मान्छे मिलेर बसेको बस्तीलाई समाज भनिन्छ । शंकरको कर्मलाई राष्ट्रले सम्वोधन गरेर उचित सम्मान गर्नुपर्छ । देशमा यस्ता युवा कति छन्, तिनको पहिचान गर्न सकियो भने हातमा दही जमाउनेहरुका लागि उदाहरणीय त हुन्छन् नै कतिका लागि प्रेरणाका स्रोत पनि बन्छन् । कर्मी मौरी शंकरका आगामी दिन अझै सशक्त र सफल रहुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *