जनजिवन : ‘नाफा घाटा आफ्नो ठाउँमा छ, आफ्नो कामप्रति हामी सधैँ सजग, दृढ र ढुक्क छौँ’
- बिन्दु अधिकारी ढकाल
- अशोज १२, २०८१
- 0
“निहुरोकै भरमा परिवार” गोरखापत्र राष्ट्रिय दैनिक पल्टाएर पढ्दै जाँदा मेरा आँखा टक्क अडिए । न खनजोत गर्नुपर्ने, न त मलजल र बल नै चाहिने । अरु अन्नबाली जसरी रोप्नु पनि नपर्ने, गोडमेल गर्न आवश्यक छैन । जङ्गल पसेर टिप्ने अनि सडक छेउमा बसेर बेच्ने । निहुरोको व्यापारबाट नागरिकले आफ्नो घर खर्च मात्र चलाएका छैनन्, छोराछोरीको पढाइ खर्च सँगै बिरामी परे औषधी उपचार गर्न आर्थिक स्रोत समेत जोहो भएको छ ।
अर्थतन्त्रको मुख्य आधार कृषि हो । त्यस्तै, बहुमूल्य जडीबुटी यार्चागुम्बा, पाँचऔंले, रातोच्याउ, गुच्चीच्याउ, सर्केली, सेतक चिनी, सोमलता, पदमचाप, साधारण च्याउ, दालचिनीको बोक्रा, अमला, अल्लो, पावन बोक्रा, पाखनवेद, रिट्ठा, टिमुर, भिरमह, चिराइतो, लहरे गुर्जोलगायतका जडीबुटीहरु हाम्रो भूगोलमा कति छन् ? कुन तप्का र तहमा तिनको उपयोग भएको छ ।
बहुमूल्य यिनको मूल्य न्युनतम १ हजारदेखि २२ लाख रुपैयाँसम्म पर्छ । आफ्नै रेखोपाखो खेतबारीमा उत्पादन गर्न सकिने जडीबुटीबाट झन् राम्रो आम्दानी हुन्छ । डिभिजन वन कार्यालयका अनुसार गत आवमा जडीबुटीबाट ठुलो परिणाममा राजस्व सङ्कलन भयो । जडीबुटी संकलन पुर्जीका लागि निश्चित रकम वन डिभिजन कार्यालयलाई बुझाउनु पर्छ । उदाहरणको रुपमा भिरमौरीको मह सङ्कलनका लागि प्रतिकिलो २० रुपैयाँ पर्छ भने यार्चागुम्बालाई प्रतिकिलो ३१ हजार राजस्व लिने गरिएको छ ।
कुनै समय बाह्रै महिना घँगौरु र चुथ्रो घारीले छोपिने नागीडाँडामा यति बेला तरकारी खेती सप्रिएको समाचारले कसलाई खुसी नलाग्ला । “तरकारी खेतीले रोक्यो बसाइँसराइ” यस शीर्षकमा गोरखापत्रले छापेको सो समाचारभित्रका लाइन समाचारका लागि समाचार मात्र नभएर वास्तविक कुरा हो । धनकुटाको माथिल्लो भेगका स्कुले बालबालिका समेत बिदाको बेला आफ्नै खेतीपातीमा व्यस्त हुनु, रहनु भनेको ‘हुने बिरुवाको चिल्लो पात !’ नेपालमा क्रमशः कृषि क्रान्ती सुरु भएको अनुमान गर्न सकिन्छ ।
दुई दशक अघिसम्म आलुमात्र उत्पादन हुने त्यस क्षेत्रका स्थानीय आलु बोकेर चामल साट्न बेंसी झर्ने गर्थे तर अहिले तरकारी तथा आलुको बिउ खोज्दै बेंसीका बासिन्दा उच्च क्षेत्रतिर उक्लिने गरेका छन् । व्यावसायिक रुपमा उत्पादन सुरु भएको तरकारी भारत निकासी हुन थालेपछि विदेश जाने वा बसाइँ सरेर अन्यत्र जाने कुरा युवा माझ कल्पनासम्म छैन । गाउँका धेरै युवा कृषि कर्ममै व्यस्त छन् ।
त्यो साँझ तरकारी बजार पुगेर किनमेल गर्नु थियो । जाँदाजाँदै रमा र कर्णबहादुरसँग भेट भयो । त्यो संयोगमा अनौपचारिक कुरा हुँदाहुँदै मलाई औपचारिकतिर मोडिन मन लाग्यो । हो, काठमाडौं तिनकुनेस्थित तरकारी बजारभित्र थुप्रै ‘स्टल’हरु छन् । त्यहाँका व्यापारीले सस्तो मूल्यमा कारोबार गर्छन् भन्ने मान्यता अनुसार धेरैको रोजाइँ भएको छ, त्यो तरकारी बजार । आँखा डुलाउँदै अघि बढ्दा कर्ण बहादुरको ‘स्टल’मा पुगेँ । आलु, प्याज र अदुवाको दाम सोधेँ । उही सामान दुईटा ‘स्टल’मा देख्दा अरुहरुका झैँ तपाईहरुको लेनदेन आआफ्नै हुन्छ कि ? भनेर जिज्ञासा राख्दा “होइन, हाम्रो चलन त्यस्तो छैन” छोटकरीमा रमाले भन्नु भयो ।
घर, थर र व्यवसायबारे केही बताइदिनका लागि मैले कर्ण बहादुर समक्ष प्रस्ताव राखेँ । अर्थ र रोजगार मासिक पत्रिकाको परिचय र मर्मबारे जानकारी दिएँ । नागरिकका जनजीवनलाई कथामा उनेर फोटोसहित श्रीमान् श्रीमती नै छापिएर आउनु हुन्छ भनिसकेपछि बोल्ने पालो कर्ण बहादुरको– “हाम्रो घर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिकामा पर्छ । हाम्रा बाजेका बाजे खलक ललितपुर गोदावरीबाट उता गएको इतिहास छ । यता आएर व्यवसाय सुरु गरेको ४ वर्ष भयो ।”
योभन्दा अघि के गर्नुहुन्थ्यो ? त्यति बेला ग्राहकले ढाकेका हुनाले कर्णजी बोल्न भ्याउनु भएन । श्रीमतीको पालो– “उहाँ गाउँको स्कुलमा शिक्षक हुनुहुन्थ्यो । त्यो पेसा छोडेर अर्कैतिर जागिर खानु भयो ।”
“हजुरलाई पनि थाहै होला, छैन र ? त्यो समय बाँच्न कति चर्को थियो । माओवादीले देशमा द्वन्द निम्त्याएका हुनाले मन नलागि–नलागि उनीहरुका इसारामा काँध हुनु पर्ने बाध्यताले खाइरहेको जागिर छोडेर प्रोजेक्टतिर लागेँ । पछिल्लो समय अस्थायी त्यो काम छोडेर व्यापारतिर मोडियो मन । गर्दै जाउँ कहाँ पुगिन्छ । यहाँ दिनको ७ सयका दरले भाडा तिर्नु पर्छ । बस्ने ठाउँको मासिक १५ हजार छ । खाइ खर्च बाहेक । त्यसमा छोराछोरीको पढाइ खर्च जोड्नै छ ।”
मा र कर्णको ‘स्टल’मा होलसेल र खुद्रा दुवै किसिमको कारोबार हुन्छ । अदुवा दुई किसिमको हो र ? होइन । भाँचिएको टुक्रेटाक्रे जतिको एउटा भाग बनाएर मूल्य तोकिएको रहेछ । अनि, सग्लोजतिलाई अर्को भागमा राखिएको देखेँ । यसो हुँदा अलग–अलग दाम भयो । बरु आलु चाहिँ दुई प्रकारका हेर्दै थाहा हुन्छ । यतिखेर मुढेका नयाँ आलु आउने सिजन भएको हुनाले अधिकतम त्यही चाहिँ खपत हुन्छ भन्ने कुरा गरे । प्याजको भाउ स्थिर छैन । होलसेलमै लसुन महंगो छ ।
कर्ण बहादुरले यति भनिसक्नु म रमातिर मोडिए र सोधेँ, “नानीहरु सरकारी स्कुलमा पढ्छन् कि प्राइभेटमा ? तपाईको माइत कहाँ हो कि, सिन्धुपाल्चोक नै हो ? तीज आइसक्यो मनाउन जाने होइन ? आमाबुवा हुनुहुन्छ ? अनि, परम्पराले भेटेको बुवाको मुख हेर्ने दिन पनि नजिक आई सक्यो ।” मलाई सुनेर मुसुक्क मुस्कुराउँदै रमाले सुरु गर्नुभो– “म हेटौडाकी छोरी हुँ । धेरै दिन भएकै छैन, माइतबाट फर्केको । उता, बुवा र दाजुभाउजू हुनुहुन्छ । म सानै हुँदा आमाको काख खोसियो । त्यै भर मैले भाइबहिनीको स्याहार चाकरमा समय फाल्दा औपचारिक कक्षा पढ्न पाइनँ । पछि, पौढ शिक्षा पढेँ र अक्षर चिन्न सक्ने भएकी छु । पत्रपत्रिका पढ्न, फोन गर्न र इन्टरनेट चलाउन कसैसँग हार गुहार गर्नु पर्दैन । हाम्रा नानीहरु सरकारी स्कुल पढ्न मान्दैनन्, बोर्डिङ्मा पढ्छन् ।”
रमा र कर्णको ‘स्टल’मा होलसेल र खुद्रा दुवै किसिमको कारोबार हुन्छ । अदुवा दुई किसिमको हो र ? होइन । भाँचिएको टुक्रेटाक्रे जतिको एउटा भाग बनाएर मूल्य तोकिएको रहेछ । अनि, सग्लोजतिलाई अर्को भागमा राखिएको देखेँ । यसो हुँदा अलग–अलग दाम भयो । बरु आलु चाहिँ दुई प्रकारका हेर्दै थाहा हुन्छ । यतिखेर मुढेका नयाँ आलु आउने सिजन भएको हुनाले अधिकतम त्यही चाहिँ खपत हुन्छ भन्ने कुरा गरे । प्याजको भाउ स्थिर छैन । होलसेलमै लसुन महंगो छ ।
चाडपर्व सुरु भएपछि व्यापार बढ्छ । अकाट्य यो कुरा सुन्न यतिखेर भने व्यापारी तयार छैनन् । सबैथरी कारोबार घटेकै हो त ? भन्ने मेरो जिज्ञासामा रमाको भनाई– “हो नि किन नहुनु, पहिला–पहिलाको तुलनामा बिक्रीबट्टा आधा पनि छैन । कतिको अनुमान छ, मान्छे विदेश उडेर भन्ने, तर त्यताबाट पनि आएका छन् । किनबेचमा देखिएको शिथिलता आर्थिक मन्दीकै प्रभाव हो । यहाँ नहुनेसँग केही छैन । हुनेसँग कति छ, छ ।”
“जहाँ खटे पनि काम गर्न दुःखै हुन्छ । व्यापार राम्रो हुन देशमा रोजगार चाहियो । युवा शक्तिलाई अड्याउन सक्ने उद्योगधन्दा कलकारखाना खुल्नु परो । हामी हरेक चुनावमा भोट हाल्न गाउँ जान्छौँ । उत्साहले आफ्नै थलो पुग्छौँ । स्थानीय निर्वाचनमा दिएको मत खेर गएन तर त्यो मतको सदुपयोग कति भयो ? नेताका कुरा न हुन्, भनाइ र गराइ के मिल्थ्यो ? छैन, पुग्दैन । आम नागरिकलाई लाभ हुने कर्म के हो ? ध्यान दृष्टिले विचार गर्दा सयमा पचास प्रतिशत पनि काम नहुँनु आश्चर्य होइन ? म त भन्छु, अब युवाले देश हाँक्नु पर्छ ।
“व्यापार गरेर जग्गा जमिन जोडेको छैन । यति हो खाइलाइ बच्चाबच्ची पढाउन पुगेको छ । हुन त कारोबार नघटेको भए अहिले सम्ममा काठमाडौंमा घर घडेरी जोडिन्थ्यो तर हामीलाई त्यो चाहिएन किनभने आफ्नो गाउँ घर नै ठिक छ हामीलाई”
व्यापार गरेर जग्गा जमिन जोडेको छैन । यति हो खाइलाइ बच्चाबच्ची पढाउन पुगेको छ । हुन त कारोबार नघटेको भए अहिले सम्ममा काठमाडौंमा घर घडेरी जोडिन्थ्यो तर हामीलाई त्यो चाहिएन किनभने आफ्नो गाउँ कहाँ हो कहाँ । यताको बसाइँ अस्थायी हुनाले उता गाउँको माटो आफलताफल गरेको छैन । साइलो भाइको परिवार बुवासँग छन् । बहिनीहरु बिहे गरेर आ–आफ्ना घर गए । हाम्रो ठुलो छोरो विदेशमा छ । माइलो नेपाल आर्मीमा कार्यरत छ भने अरु तीनटा बढ्दै पढ्दै छन् ।”
क्रेताको हुल बढेको हुनाले पुनः कर्ण व्यस्त हुनुभयो । आफ्नो ‘स्टल’मा आएका ग्राहकलाई पहिलो प्राथमिकता दिनु उहाँको कर्म र धर्म दुवै हो । व्यापार भन्ने बित्तिकै प्रतिस्पर्धाको कुरा आउछ । उसो त बिना प्रतिस्पर्धाको ठाउँ दुनियामा कहाँ पो छ र ? यो भूगोल पृथ्वी यत्रतत्र जस्तै त्यहाँभित्र पनि नहुने होइन, हुन्छ तर आफ्ना ग्राहक अनेत्र जादैनन् भन्नेमा रमा–कर्ण दुवै जनालाई पूर्ण विश्वास रहेछ ।
बाफरे कति लामखुट्टे हुन् । डेंगु फैलिएको बेला मेरो मनमा डर उब्जियो । यसै पनि लामखुट्टेले मलाई सधैँ खेदो गर्छ । यो कुरा रमासँग व्यक्त गर्दै मच्छड धपाउने धुप सल्काउन आग्रह गरेर त्यतैतिर सरेँ म । अब निर्धक्क बोल्न सक्छु भन्ने आँट पलायो । त्यही बेला थर्मसमा चिया बेच्दै एक जना बहिनी आइन् । कर्णका श्रीमान् श्रीमतीले नै “दिज्यू, चिया पिउनुहोस् न” भनेर बहुत कर गरिसकेपछि मैले नाइनास्ती गर्नै सकिनँ ।
“म फेरि पनि एक पटक भन्छु, उठेर बोले हावाले उडाउछ, बसेर बोले कसैले सुन्दैन तर यो पत्रिकामार्फत लेखिदिनु होस्, अब देशको चिन्ता गर्ने पालो युवाको काँधमा जाओस् । बृद्ध नेताले यो कुरा किन बुझ्दैनन् ?”
रमातिर फर्केर खाना कतिखेर पकाउनु हुन्छ ? मैले प्रश्न ते¥स्याएपछि– “त्यो काम यता पसल बन्द गरेर गएपछि गर्नुपर्छ । यहाँबाट पेरिस डाँडा धेरै टाढा छैन । बानी भई सको राति अबेला खाने, सुत्ने र बिहान चाँडो उठ्ने । यहाँ सखारै ५ बजेबाट व्यापार सुरु हुन्छ । दिउँसो २/३ घण्टाको हिसाब छोडेर बेलुका ८.३० सम्म चहलपहल हुन्छ । धेरै सामान यहीँ खस्छ । छुटफुट माल खरिद्न कालिमाटी पुग्नु पर्छ । बिहान गएर ल्याएको सामानको पैसा लिन बेलुकै आउँछन् । अतः यहाँ प्रायः नगद व्यापार हुन्छ ।”
“म फेरि पनि एक पटक भन्छु, उठेर बोले हावाले उडाउछ, बसेर बोले कसैले सुन्दैन तर यो पत्रिकामार्फत लेखिदिनु होस्, अब देशको चिन्ता गर्ने पालो युवाको काँधमा जाओस् । बृद्ध नेताले यो कुरा किन बुझ्दैनन् ? दक्ष युवालाई विश्वास गरेर जिम्मेवारी सुम्पिनु परो । नेपालीमा एउटा उखान नै छ, कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको । हो, अब सक्षम युवाले देशको चिन्ता लिए राम्रो हुन्छ । उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । काठमाडौंकै हकमा पहिले र अहिले कति फरक छ ? महानगरको सक्रियताबारे अरु बोलिनँ ।
हामी बुढाबुढीको संयुक्त खटाइको परिणाम दैनिक थोरैमा १५/२० हजारको व्यापार हुन्छ, धेरैमा ३०/३५ सम्म पुग्छ । आर्थिक संकटका बेला गरिएको महायज्ञमा दुई महिनाको कोठा भाडा बराबरको सामान दान नगरी धर पाइएन । यी यो सम्मान पत्र त्यसैको इनाम हो । यहाँ हरेक तिरबाट चुड्न खोज्ने कति छन्, छन् । यो प्रथा नयाँ होइन । यी सबै नियाल्दा एक जमाना मलाई पनि विदेश जाउजाउ नलागेको होइन तर बढेका छोराले दिएनन् ।
मान्छेको जात न हो, कोही कोही सारो किचकिचे स्वभावका क्रेता छन्, ती नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर आउछन् । कोही अलग–अलग दाम थाहा हुँदाहुँदै आँखामा छारो हाल्ने किसिमले सस्तो दाममा बढी मूल्य पर्ने सामान आँखा झिमिक्क झिम्क्याउदा मिसाइ सक्छन् । जे होस्, नाफा घाटा आफ्नो ठाउँमा छ, आफ्नो कामप्रति हामी सधैँ सजग, दृढ र ढुक्क छौँ ।”
सिलवाल दम्पतीले बिना ऋण व्यापार सञ्चालन गर्नु चानचुने काम होइन । हुँदा मात्तिने र नहुँदा आत्तिने स्वभावका मानिस बसोबास गर्ने समाजलाई यो खुराक प्रेरणाको स्रोत बन्नु पर्छ ।
सिलवाल दम्पतीले बिना ऋण व्यापार सञ्चालन गर्नु चानचुने काम होइन । हुँदा मात्तिने र नहुँदा आत्तिने स्वभावका मानिस बसोबास गर्ने समाजलाई यो खुराक प्रेरणाको स्रोत बन्नु पर्छ ।
धर्मको नाममा सहयोग र सहभागीता रहने कार्य राम्रो हो तर पछिल्लो समय नैतिक शिक्षा दिने भन्दा खजाना बटुल्ने माध्यम बन्नु भएन कुनै पनि पुराण वा महायज्ञ । मान्छेभित्र पलाएको महत्वकाक्षी सोचको परिणाम भनाइ र गराइमा आकाश जमिन फरक पर्छ । यो लागू नहोस्, कर्णका छोरा नेपाल आर्मीको जागिर छोडेर विदेश पलायन हुने सोचमा डुबेका छन् । यस्तै अरु कति युवा होलान्, विदेश भनेको रुखमा फलेको फल टिपेझैँ टपक–टपक पैसा त्यो पनि डलर टिप्न पाइने ठाउँ हो ।
नेपाल कृषि प्रधान देश हो । ठुलो संख्यामा नेपालीहरु कृषि व्यवसायमा आश्रित रहँदै आएका भए पनि पछिल्लो समय सो संख्या घट्दै गएको छ । कृषि तथा पशुपंक्षी विकासमा अवरोध, कोभिड–१९, रसिया–युक्रेन र इजरायल–प्यालेस्टाइन युद्घका कारण नेपालको खाद्य प्रणालीमा परेको प्रभाव सँगै प्राकृतिक तथा जैविक विविधता विघटन, वातावरण, खाना र जीवनशैलीले जनस्वास्थ्यमा देखिने समस्या अरु अवरोध हुन् । स्मरणीय कुरा देश ढुङ्गा माटोले होइन, व्यक्तिले बन्छ । उसको सोच र चेतनाले बन्छ । हामी त्यो चेतना बन्न किन सकेनौँ ? रमा र कर्ण झैँ ! आखिर भौतिक विकासको सुरुवात बिन्दु मानवीय सोच हुनाले मूल विचार विशाल हुनुपर्छ । एकतामय बन्नु पर्छ ।