ओम शान्ति धर्मको वृतान्त बुझेपछि यसले मेरो मन नै छोयो : शुसिला गौली

news-details

विद्वान–विदुषी हुन औपचारिक शिक्षाको प्रमाणपत्र आवश्यक हुँदैन । बुद्घ, जनक, शङ्कराचार्य, महावीर, द्रोणाचार्य, वाल्मीकि र विश्वामित्र कसैसँग डिग्रीको प्रमाणपत्र थिएन । स्मरणीय कुरा मानिसलाई सही केहो र गलत केहो भनेर सिकाउन सक्नु प¥यो । अर्थ सहित मगजमा चेतना बसाउन सक्नु प¥यो । के थाहा, मान्छेको भाग्य बदल्न कुनै संयोगले उपयुक्त साथ खोजेको होस् । त्यो मान्छे रोजेको होस् ।

जङ्गबहादुर राणा (कुँवर) २९ वर्षको उमेरमा प्रधानमन्त्री र प्रधानसेनापति भए । त्यसपछि उनका परिवारका सदस्य, नातागोता एवम् प्रियजनले विभिन्न पद पाए । एक सय चार वर्ष लामो समय कतिका दिन शुभ हिसाबले झलमल घाम जसरी उदाए ।

इमान्दारी, उत्साह, अनुशासन, अठोट, आशा, कठोर परिश्रम गर्ने आदत र परोपकारको भावना भएका मानिसलाई समाजले उत्कृष्ट भनेको छ । मान्छेसँग अर्बौँ रुपैयाँको सम्पत्ति भए पनि दया, क्षमा, कल्याण र सद्विचार नभए स्वभावतः त्यस्ता मनुष्य मनका गरीब हुन्छन्, ठहर्छन् । तिनको मगजले सही र गलत बीच अन्तर छुट्याउन सक्दैन ।

जिन्दगी रुपी बाटो काट्ने दौरानमा कति अप्ठ्यारा खहरे, जङ्घार र भेल उर्लेर आए । कति दोभान, त्रिवेणी मिसिए र हराए । कतै न कतै हिसाबकिताब हुन्छ नै । पृथ्वीमा आश्रित कैयौँ जीवको बेग्लै संसार छ । हिमाल पग्लिँदैमा हिउँ सकिँदैन । प्रकृति रुझ्दैमा सौन्दर्य पखालिँदैन । विराट् वसुधाको काखमा आफू हुनुको अस्तित्व शृङ्खलाबद्घ अवयव कसरी पार गर्नुभयो ? पढौँ, माता शुसिला गौलीलाई ।

“मेरो जन्म २००६ सालमा भएको हो, शंखुवासभा नुम खाँदबारीमा । बिहे हुँदा चौँध वर्षकी थिएँ म । श्रीमान् मभन्दा बीस वर्ष जेठो हुनुहुन्थ्यो । इन्द्रबहादुर गौली भनेपछि त्यो गाउँ ठाउँमा उहाँलाई नचिन्ने कोही थिएनन् । तनमन नै समाजसेवी हुनुहुन्थ्यो । श्रीमान्को सक्रियतामा ढुङ्गेधारा स्थित हिमालय मा.वि.स्थापना भयो ।

मेरा श्रीमान्की अर्की श्रीमती पनि हुनुहुन्थ्यो । सौता दिदीतिर दुई जना छोराछोरी जन्मिसकेका थिए । मेरा ससुराका पाँच भाइ छोरा सबैका आ–आफ्ना घर थिए । समय अनुसार सबै कुरा ठीकठाक चल्दै थियो । छत्तिस सालमा श्रीमान् बिरामी हुनुभयो । मेरो ठूलो छोरो १३ वर्षको थियो । सबिता छोरी नौ वर्षकी थिइन् । भनौँ, मेरा पाँच वटा छोराछोरीमा कान्छी छोरी दूधे बालक थिइन् ।

आज राम्रो होला । नभए भोलि त हुन्छ । जीवन रहे हाँसीखुसी बाँच्न पाइन्छ भन्ने कल्पना अलिअलि गर्दै वर्तुन सकिएको दियोझैँ हुन पुग्यो । केटाकेटीका बुवा झन्झन् शिथिल बन्दै जानुभयो । दमको बिराम घट्नै मानेन । लाग्छ, अहिलेजस्तो ओखती गर्न एकसेएक अस्पताल भएका भए उहाँलाई केही हुने थिएन । अब दुनियामा नरहनुहुने भयो भन्ने यकिन भइसकेपछि मेरो कुन हालत भयो ? हे भगवान् ! अब यी मसिना केटाकेटीलाई कसरी हुर्काऊ ? बढाउन पढाउन कुन जुक्तिबुद्घि उपाय लगाऊ भन्दै खुब रोएँ म ।

मेरा ती आँसु कतिखेर श्रीमान्ले देखिसक्नु भएछ र भन्न थाल्नुभयो– ठूलाठूला कार्य चिताऊ, अधर्म नचिताऊ, सत्कर्मले दिन बिताऊ । हो, यति बोलेर उहाँ बित्नुभयो । कहिल्यै नफर्कने बाटोमा जानुभयो । दैवको लीला टारेर नटर्ने ।

धन्न निरोगी थिए, छोराछोरी । यस कारण लडनबडनका बाटाबाट मलाई अशान्ति भएन । हाम्रो बजारमा पनि घर थियो । त्यताबाट भाडा आउथ्यो । त्यो जमानामा नगद आम्दानी हुनु भनेको धेरै ठूलो श्रोत हो । खेतीबाट खान पुग्थ्यो ।

छोराछोरी जुन बेला साना थिए, खेतीपातीको काम अधियामा दिएँ । जब नानीहरु हुर्कदै गए आफैँले ग¥यौँ । शनिबार हटियामा म चिउरा बेच्न लैजान्थेँ । धान बेच्नुभन्दा चिउरा कुटेर बेच्दा बढी फाइदा हुन्थ्यो । मेरा बच्चाहरुले आमाको काँध बनेर काम मात्रै गरेनन्, पढे पनि । उनेरका बुवाको सक्रियतामा खोलिएको विद्यालय हिमालय मा.वि.बाट सबै जनाले स्कुले शिक्षा लिए ।”

साथी सविताले शुसिला आमाकाबारेमा कुरा गर्नु हुन्थ्यो । मलाई चाहिँ उहाँ कलिलो उमेरमै एकल बन्नुको पीडाले मुटु गाँठो परो । वरको रुख ढल्नु जस्तै घरको भर ढल्नु साँच्चै, दुःखद् पक्ष हो । त्यसमाथि नेपाली समाजले एकल महिलाप्रति गर्ने व्यवहार र दृष्टिकोण बाँचेर बचाउन कति कठिन छ । यद्यपि आर्थिक रुपमा कमजोर नहुनाले घर सञ्चालनमा परिपाठको खाँचो देखेँ ।

बीस वर्ष भएछ, आमा ओम शान्तिमा लाग्नुभएको । “यो फरक धारको धर्म होइन, हिन्दुकै हाँगो शिवजी कै प्रतिक” भनेर विभिन्न ज्ञान र शक्तिका कुरा गर्नुभयो । त्यस बेला उहाँको अनुहारको कान्ति झन् चहक भयो ।

“मेरी छोरी सविताकी साथी, नानीलाई छोरी नै भने है ! ठूलाठूला कार्य चिताऊ, अधर्म नचिताऊ, सत्कर्मले दिन बिताऊ । जीवनको आखिरी घडीमा यिनीहरुका बुवाले भन्नुभएका यति वचनलाई शिरोधार्य गरेर म अघि बढ्न थालेँ । रथको एउटा मात्रै खुट्टा भएपछि सकस र व्यवधान कति आए कति गए । सम्झेर साध्य छैन । त्यो पाटोलाई यहाँभन्दा बढी नकोट्याऊ ।

२०४० सालमा ठूलो छोरो नविनको सक्रियतामा खाँदबारीमा आरती होटल खुलो । काम सिक्दै गर्दै जाँदा त्यसबाट नाफा आउन थालेपछि मलाई पनि व्यवहार गर्न सहज भयो । क्याम्पस पढ्नेलाई त्यो वातावरण दिनु परो । बढेका पढेका छोराछोरीको बिहेको लगन पनि जुराउनु परो । पहिला ठूलो छोराको बिहे गरेँ । क्रमशः सबैको घरजम भयो ।

होटलले राम्रो आम्दानी गरो । लाग्छ, त्यो ठाउँ धेरै शुभ रहेछ । छोराहरु मिलेर नेपाली कागजको उद्योग सञ्चालन गरे । झन्डै सय रोपनी जग्गामा हामीले अलैँची लगायौँ । त्यो बेला दाम राम्रो थियो । कालो सुन भनेर चिनिने अलैँचीले धेरै माथि उकासो । भनौँ, खाँदबारीबाट मोरङको विराटनगर र काठमाडौंसम्म पाइला फड्काउन पुललेझैँ काम गरो ।” आमाका कुरा सुन्दा श्रीमद् भागवत् महापुराणका यी वचन– कर्म नै गुरु हुन्, कर्म नै ईश्वर हुन्, लाइनलाई सम्झेँ ।

फूर्तिलो शरीर, हँसिलो मुहार भेटवार्ताका क्रममा आमा भित्रैदेखि प्रसन्न मुद्रामा हुनुहुन्थ्यो । एकल अभिभावको अभिभावकत्वमा कसरी परिवार धानियो, कथा बेथा भन्दै छोराहरुले पूर्वाञ्चलमा हेलिकप्टर चलाएको कुरा गर्नुभयो । विकास निमार्णका सामान ढुवानीको त्यो सेवा प्रदान गरे बापत कति नाफा प्राप्त भयो । बेलिविस्तार गर्न छुटाउनु भएन ।

बीस वर्ष भएछ, आमा ओम शान्तिमा लाग्नुभएको । “यो फरक धारको धर्म होइन, हिन्दुकै हाँगो शिवजी कै प्रतिक” भनेर विभिन्न ज्ञान र शक्तिका कुरा गर्नुभयो । त्यस बेला उहाँको अनुहारको कान्ति झन् चहक भयो । शुसिला आमालाई सुन्दै गर्दा मैले– हजुरले ओम शान्ति नै किन रोज्नु भयो ? भनेर प्रश्न गरेँ ।

“द्वन्दको समयमा गाउँमा अडिसक्नु भएन । काम गरी खानलाई आफ्नै गाउँठाउँ विरानो, झन्डै खतम बनाएनन् त ? २०५८ सालको कुरा हो त्यतिखेर विराटनगरको बसाइँ भयो । गुद्री बजारमा जग्गा किनेर माइलो छोराले घर बनाएको थियो । त्यहाँ उसको फेन्सी पसल थियो ।

बाहिर सडकमा देख्थेँ, सेतो पोशाकमा सजिएर हिँडेका दिदी बहिनीहरुलाई । अपरिचित ती अनुहार को हुन् ? कहाँ पुगेर फर्केका हुन् ? धेरै चासो बढेको हुनाले एक दिन गीता बहिनीसँग वृतान्त बुझेँ । उहाँ विराटनगरको मुख्य मान्छे हुनुहँदो रहेछ, ओम शान्ति धर्मको । मलाई सबै कुरा बताउनु भयो । त्यो सुनेर मैले सात दिनको कोर्स गरेँ ।

शुसिला आमालाई शंखुवासभा जिल्ला खाँदबारीको बिछट्टै माया लाग्छ । कालो बाक्लो कपाल बुढ्यौलीले छोएर हो कि सेतो बाहेक रौँ देख्न मुस्किल छ । हामी छुट्ने छुट्ने बेलामा आमाले भन्नुभयो– “नानी छोरी, आखिर यो जीवन नै केका लागि ? बत्तीसँग उज्यालो छ र त अरुलाई प्रकाश छर्न सक्छ । त्यस्तै, मैले पनि ओम शान्ति मार्फत् मेरो चेतनालाई सक्रिय बनाउन चैनपुर मानेभन्ज्याङ (चेवा) मा भवन निमार्ण गरँे ।

मेरो मनभित्र छोयो । त्यसपछि ब्रह्म बाबाप्रति झन् लगाव बढ्यो र अरु समर्पित भएँ म । लेखराज कृपालाले महिलाहरुले दुःख पाएको देखेर ज्ञान र शक्ति बढाउन भक्तिभावमा रहन नैतिक शिक्षा मार्फत आव्हान गर्नुभएको हो । भारतको मधुवन राजस्थानमा पर्छ । पटक पटक गरेर छ पटक गएँ म मधुवन । अब सक्छु, सक्दिनँ । हेरौँ, चाहना चै छ ।

त्यहाँ पुग्नु मात्रै पर्छ, बस्नखान कुनै दुःख हुँदैन । जति पनि ठाउँ छ । यहाँबाट जाने जति खुसी हुन्छन्, पाहुनाको सत्कार गर्न जुटेकाहरु त्यसको डबल खुसी देखिन्छन् । हो, मधुवन भनेपछि विश्वकै मानिस जम्मा हुने ठाउँ रहेछ ।

मेरा दुई जना दाजुहरुले पढ्नुभयो । त्यो बेलाको शिक्षा स्कुलसम्म गइयो तर पढ्ने गरी होइन । अभिभावकले छोरालाई जसरी पनि पढ्नुपर्छ भन्नुहुन्थ्यो । उही सन्तान छोरीलाई अर्काको घर जाने जातले किन पढ्नुप¥यो ? पर्दैन । बरु घरको काम सिक्नुपर्छ भन्ने जमाना थियो । मलाई पढाएनन्, यो गरेनन्, त्यो भएन भन्दा पनि चलनै त्यो हुनाले बुवाआमा/अभिभावक वा संरक्षकलाई पनि के भन्नू ? त्यो जम्मै कुरा समयको दोष हो ।

विराटनगरको बसाइँसँग कृतज्ञ छु म । त्यहीँबाट मैले सत् गुरुलाई भेटेँ । प्रकृतिको विराट् शृङ्खला जिन्दगीको एक अनुपम अनुभूति ओम शान्ति मार्गले जीवन नै बदलेको अनुभव भयो । गुरुजनबाट ज्ञान पाएपछि खानपानमा र लवजमा शुद्घता भयो । पहिला पनि खासै मन नपर्ने लसुन, प्याज, माछा, मासु सबै छोडेँ । आफ्नो जीवन आफ्नो नियममा चलेको छ ।”

पहिरन जस्तै सफा हृदयकी शुसिला आमालाई शंखुवासभा जिल्ला खाँदबारीको बिछट्टै माया लाग्छ । कालो बाक्लो कपाल बुढ्यौलीले छोएर हो कि सेतो बाहेक रौँ देख्न मुस्किल छ । हामी छुट्ने छुट्ने बेलामा आमाले भन्नुभयो– “नानी छोरी, आखिर यो जीवन नै केका लागि ? बत्तीसँग उज्यालो छ र त अरुलाई प्रकाश छर्न सक्छ । त्यस्तै, मैले पनि ओम शान्ति मार्फत् मेरो चेतनालाई सक्रिय बनाउन चैनपुर मानेभन्ज्याङ (चेवा) मा भवन निमार्ण गरँे ।

गाउँमा मेरो सक्रियताको अनुसरण गर्ने धेरै छन् । निमार्ण सम्पन्न सो भवनमा बिहान दैनिक मुरली कक्षा अर्थात गुरुजनबाट नैतिक शिक्षा ग्रहण गर्ने कार्य हुन्छ । जाडरक्सीको कुलतमा परेका कति मानिस सुध्रिएका छन् । यसले गर्दा अकाल मृत्यु टरेको छ । अर्को, पिप्ले भनेको चैनपुर बजारबाट नजिकैको गाउँ हो । त्यहाँ पनि हामीले ओम शान्ति भवन बनाउन सुरु गर्ने सोच बनाएका छौँ । अस्थायी रुपमा प्रवचन दिने कार्य भने सुरु भई सकेको छ ।

ओम शान्ति मार्फत आमाले जुन विगुल फुक्नु भएको छ, त्यसको सुगन्धले हाम्रो देशको अस्थिर राजनीतिले स्थिरता पाओस् । समृद्घ नेपाल सुखी नेपाली भन्ने नारालाई सार्थक बनाउन युवा लक्षित अवसर आएर पलायनको दर मृगको गतिबाट कछुवाको चाल बनोस् ।

मलाई रोग छैन भन्दा पेसरको एउटा गोली खान्छु । ब्रह्म बाबाको कृपा यहाँदेखि अमेरिकासम्म हाम्रा सन्तान फैलिएका छन् । माइलो छोरो विनोद डीभी परेर अमेरिका गएको परिवारसहित उतै बसेको छ । कान्छो प्रमोद व्यापार गर्छ । उसले काठमाडौं डिल्ली बजारमा घर बनाएको छ । नयाँ पात जेठो छोराको छोरा नातीको बिहेमा म धेरै खुसी भएँ । अघि ठूली छोरी सविताकी छोरी जन्मदाको बेलामाझैँ । दुईटा पनाति भए । कम दिनकी रहिछ, निको नहुने बिमारले कान्छी छोरी बबितालाई बाँच्न दिएन ।”

शुसिला आमाले कुराको बिट मार्नुभयो । उहाँलाई अमेरिका गएर बस्न सहज लाग्दैन रहेछ । छोराबुहारी नातिनातिना पो आफ्ना हुन्, आमा–हजुरआमा भन्छन् । माया गर्छन् तर त्यो अर्काको माटोमा कसरी भिज्नु ? जुन खेल खेले पनि आफ्नो आँगन भनेको आफ्नै हो । खाए पनि नखाए पनि । धरोडोरो जस्तै लाए पनि ।

वास्तवमा रमाउने गरी काठमाडौं पनि मन नपर्दो रहेछ, आमालाई । ठूलो छोरा खाँदबारीमा सक्रिय होटल व्यवसायि हुनाले ढुङ्गाको भर माटोलाई, माटाको भर ढुङ्गालाई भनेजस्तो त्यहीँ ठाउँ प्यारो ! चौध वर्षको उमेरदेखि घामपानी सहेको थलो सन्तानझैँ प्यारो– त्यो घर !

उसो त शुसिला मातालाई गर्ने व्यवहार, मान–सम्मान उहाँको जीवनको पहिचान हो । समाजमा रहेर जसले असल कर्म गरेको हुन्छ, कतिका लागि प्रेरणा स्रोत पनि हुन्छ । ओम शान्ति मार्फत आमाले जुन विगुल फुक्नु भएको छ, त्यसको सुगन्धले हाम्रो देशको अस्थिर राजनीतिले स्थिरता पाओस् । समृद्घ नेपाल सुखी नेपाली भन्ने नारालाई सार्थक बनाउन युवा लक्षित अवसर आएर पलायनको दर मृगको गतिबाट कछुवाको चाल बनोस् ।

परिवर्तन आफैँबाट सुरु गर्नुपर्ने भनाइ मुताविक नैतिक शिक्षाले आमनागरिकको जीवनमा मलमपट्टीको काम गर्न सकोस् । कति मान्छेभित्र आफ्ना कुरामात्रै ठीक अरुका कुरा गलत भन्ने अहङ्कारले ढाकेको हुन्छ । यस्तो ग्रस्त मानसिकता बोकेको समाजलाई गतिशील बनाउन विचारहरुको आदानप्रदान गरेर हातेमालो गर्दै हिँड्ने आदतको विकास गर्न सक्नुहोस् । ओम शान्ति ! शुसिला माताप्रति हाम्रो शुभेच्छा र कामना छ– ओम शान्तिको नाराले सुख पाउन् मानव साराले !!

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *