देश चलाउनेलाई चिच्याएर भन्न मन लाग्छ –‘भुइ मान्छेलाई किन हेर्दैनौ ?’

news-details

सरकार, राजनीति दल, नागरिक समाज तथा अर्थशास्त्रीका लागि राष्ट्रिय चिन्तन के हो ? मुलतः जन्मभूमि हो । मानप्रतिष्ठा र इज्जत आफ्नै तपस्याले आउने हो । आर्जन हुने हो । हिरामोती भन्दा मह“गो हुन्छ, जन्मभूमि । जन्मभूमिभन्दा मह“गो हो– चरित्र । धन दौलत होइन । चरित्रवान व्यक्ति स्वार्थमा लाग्दैन ।

देश समृद्घ हुन नेतामा सत्ता मोह भङ्ग हुनु पर्छ । राष्ट्रियताका सवालमा सबै दल एक ठाउ“मा उभिनुपर्छ । यसो भएमा मात्र दशकौ“ लामो संघर्ष र हजारौ“ नागरिकको बलिदानबाट प्राप्त संविधान र संघीयताको सफल कार्यान्वयन भई देशले कोल्टे फेर्छ । नेपाल आमाको मुहार उज्यालिन्छ ।

पछिल्लो समय हाम्रा गाउ“घर खाली र सुनसान बन्ने क्रम बढ्दो छ । उर्वर भूमि क्रमशः बाझिन थालिसकेका छन् । यो नियतिको कारण जङ्गल बढ्दो छ । बादरको हाइदुहाइ थेगि साध्य छैन । मानिसको पलायन सेवासुविधाको अभावका कारण भएको भनौ भने जुन बखत सडक थिएन, खानेपानी थिएन, बिजुली थिएन, अस्पताल र स्कुल थिएन त्यो बेला गाउमा भरिभराउ मानिस थिए । अहिले सबै सुविधा छ तर घरहरुमा ताला लाग्न थालेका छन् ।

सरकारले गाउगाउमा सिंहदरबार भन्ने अभियान त चलायो तर युवा पलायन रोक्न सकेन । लाखौ“ कमाउन सकिने कृषि उद्यमभन्दा धेरैलाई मासिक तलब आउने जागिर नै प्यारो लाग्छ । यो हाम्रो नेपाली समाजको मानसिकताको उपज पो हो कि ? यहा कति मानिस अध्यारोमा झटारो हान्ने ताल शहर केन्द्रित भएका छन् । सम्भावनाभित्र सफलता खोज्ने तातीमा भेटिएकी एक जना पात्र सावित्रा दिदीलाई सुनौ

“मेरो माइत दोलखा हो । घर रामेछाप । बिहे गरेको केही वर्ष पछि काठमाडौं आए“ । श्रीमान् गाउ“मा नबसेपछि म पनि सगै हिडे । अहिले मेरो हालत एक्लै कमाउने, एक्लै खाने । २०७५ सालमा ठूलो दुर्घटनामा परेर बा“चेकी म । सडक काट्दा गाडीले हानेको हो । धन्न अपाङ्ग भइन ।”

दुर्घटना भन्नासाथ मेरो जीउभरि काडा उम्रिए । मगजमा अनेक जिज्ञासा थुप्रिए । यतिखेर फूल व्यापार गर्नु हुन्छ, सावित्रा दिदी । यो भन्दा अघि के गर्नुहुन्थ्यो ? प्रश्न सोध्ने मौका मिलेन । पछि थाहा भयो, तरकारी व्यापार गर्नुभएको रहेछ । कोटेश्वरको महादेवस्थान मन्दिर परिसरबाट मैले कति पटक फूल किनेर भगवान्लाई चढाए“ । कति माला किनेर औपचारिक कार्यक्रम उतारे र दिदीकै स्टलबाट पटक–पटक कति पटक परेवालाई चारो किनेर दिए/छरे“ । हो, यो त्यही आगन हो तैपनि दिदी खुल्न चाहिरहनु भएको थिएन ।

मैले कोट्याउन छोडिन“ । जेठका घाम सा“झ पर्नै लाग्दा समेत तातो सेलाएको थिएन । काठमाडौंमा यति चर्को गर्मी कहिल्यै नजानेको । छेउमा पिपलको छहारी थियो । छड्के पाराले नियाल्दा लाग्यो, मेरा प्रश्नले दिदीलाई गर्मी थपियो । हुन त मेरो उद्देश्य उहा“लाई कमजोर बनाउने होइन । न मानसिक रुपमा दुःखी तुल्याउने नै ।

गोरो मलिन छाला ठिटलाग्दो अनुहार हेर्दाहेर्दै आखा भरिए– आसुले । त्यो देखाउन नचाहेको कुरा मैले बुझे“ । त्यस बेला म स्वयंप्रति ग्लानी महसुस भयो । यद्यपि दिदीको गलामा पोते छ । सौभाग्यको चिनो हरण नभएको ठहरले पुनः सोधे“– “तपाईका श्रीमान् र छोराछोरी कहा“ छन् ?”

“कुरा नगरौ भनेको तपाईले मान्नु भएन । अस्ति पनि एक जनाले के–के सोधेर टिपेर लगे । त्यो विवरण कहा पेसे ? त्यसबाट के आउछ ? आफूलाई फाइदा हुन्छ कि बेफाइदा केही थाहा छैन । नपढेको मानिस के जान्नू ।

आठ वर्ष पालेर एउटा सन्तान बितो । अर्को, अलि सानैमा । बाकी एक छोरी छिन् । उनको बिहे भइवरी बच्चा छ । पचत्तर सालमा म बिरामी परेर अस्पताल भर्ना भएको बेला श्रीमान्ले छोडेर हि“डेको दोहो¥यार भेट भएको छैन । ऊ काठमाडौं छैन तर फेसबुक मार्फत हामीलाई तथानाम लेख्छ अरे, छोरीले सुनाउछे । धेरै दिन भा’छैन, बाउको घोचपेचले अस्तिमात्र नानी खुब रोई । फेसबुक भनेको के हो ? त्यो आफूलाई चलाउन आउदैन । हेर्न पनि जान्दिन ।

मेरो दुःख कसले देख्छ ? गन्थन–मन्थन यी बात कसले सुन्छ ? एक पछि अर्को जीवनमा यति दुर्घटना भयो, गरिबलाई कसले हेर्छ ? जुनै पाटीको सरकार आए पनि गरिबलाई उठ्न नदिने, काम गरी खान नदिने प्रवृत्ति छ । यहा फूल बिक्री गरेर खान झन् चर्को भयो ।

मेरो बाइस सालको जन्म हो । त्यो बेला गाउ“मा छोरीलाई पढाउने चलन थिएन । बिहे पछि झन् कुरै भएन । धन्न यो देशको नागरिक हु भन्ने आधार छ । बुढो अर्कै आइमाईस“ग सल्केको रहेछ र मतिर कुनै चासो थिएन तैपनि भाइको जोडबलले नागरिकता बनो । बिहान बेलूकाको गर्जो भोक बिरुद्घ लड्दालड्दै यो उमेरमा पुगे । नियमित औषधी खानु परेको छैन तर जीवनका आर्तनाद सम्झ“दा काल किन आउदैन ? कि, सीसामा पाइने झोल ल्याएर पिउ ? कैयौ पटक यो ख्याल आयो । आइ नै रहन्छ ।”

“छोरीले एसएलसी दिने बेलासम्म उसको बाउ साथै थियो । त्यसपछि कति दुःखभुक्तले कलेज पढाए भनेर आफ्नै हृदयलाई थाहा छ । पढाइ अनुसार उनले जागिर पाइनन् । ज्वाइको कमाउने बाटो गतिलो छैन । पीर गर्छे, सानो बच्चाकी आमा मेरी छोरी विदेश जान तम्सिन्छे तर मलाई भने चित्त बुझ्दैन । मेरो संसार नै उही हो । एक्लो सन्तानलाई म कसरी परदेश जा भनौ ?

अर्काको लागि कसैले केही गर्दैनन् । यहा सबैले आफ्नै भूडी भर्ने हुन् । जीवनभरिको साथ जीवन साथीले त दिएन भने कसको विश्वास छ ? अह कसैको छैन । यहा व्यापार छैन, आज बिहानदेखि यति बेला भयो सुको त के बोहनी भा’छैन । तीन हजारको फूल र माला सबै नास हुने भयो । जतनले राख्न पाए बिग्रिने थिएन तर खै फ्रिज, छैन ?

मेरो दुःख कसले देख्छ ? गन्थन–मन्थन यी बात कसले सुन्छ ? एक पछि अर्को जीवनमा यति दुर्घटना भयो, गरिबलाई कसले हेर्छ ? जुनै पाटीको सरकार आए पनि गरिबलाई उठ्न नदिने, काम गरी खान नदिने प्रवृत्ति छ । यहा फूल बिक्री गरेर खान झन् चर्को भयो । दर्शनार्थीले नदेख्ने कोल्टे ठाउमा स्टल सारियो । यो नियम बनाउनु न्यायोचित भएन । मन्दिरको अगाडि सबैको आखा पर्ने ठाउमा पाच सय भए पनि भाडा सस्तो थियो तर अहिले महिनाको ३५ सय तिर्नुपर्छ । सरसफाईका लागि मन्दिर व्यवस्थापनलाई समयमा भुक्तान नदिए ठाउ“को ग्यारेन्टी हुदैन ।

पूजा सामान पाइने पसलमा पहिला फूलमाला राख्दैन थिए तर अहिले सबैथोक राख्छन् । यी सटरवालाको जासुसको परिणाम आफ्नो व्यापार छैन । हो, मन्दिर धाउने मानिस पहिला उतै सटरतिरै ठोकिन्छन् । लाग्छ, जसको शक्ति उसको भक्ति भनेको यही होला । फेरि, आफ्नो त गुहार माग्ने ठाउ“ पनि खै ? छैन । तपाईलाई अघि नै भनिसके“, आज बोहनी नगरी बिहान बितो । समय बस्दैन, यही ताल कसरी भाडा तिर्नु ? केले खानु ?

कोरोनाकाल पछिको स्थिति ज्यादै नाजुक भयो । धेरैको व्यापार डुबो । सटरमा बस्नु भन्नु मात्र छ, बिक्रीबट्टा छैन । महंगो ब्याज कबुलेर ऋण लिएका उद्योग किस्ता तिर्न नसकेपछि कसरी सञ्चालन हुन्छन् ? काम गरेर खान जुटेका युवामा निरासाको बादल छाएको छ । नागरिकका सपना असरल्ल, अलपत्र छन् । देश चलाउनेलाई भने निमुखा जनताबारे सोच्ने फुर्सद छैन । चिच्याउन मन लाग्छ, भुइ“ मान्छेलाई किन हेर्दैनौ“ ? हामीजस्ता बिरामी पर्दा उपचार गर्न अस्पताल भए, योग्यता अनुसार छोराछोरीलाई काम दिए…।”

कोही छैनन् भनौ भने माया गर्ने दिदी हुनुहुन्छ । उहा चाहि अमेरिका बस्नु हुन्छ । दिदीको छोरीको फाइनान्स छ । आफूलाई अभर पर्दा गुहार माग्ने ठाउ त्यही हो । अस्ति पचास हजार झिकेर ल्याएकी थिए, भाडा बुझाउन । त्यो सकियो । पुनः महिना मर्न आट्यो अब कसरी तिर्नु ?

वाक्य पूरा गर्दागर्दै दिदीको गला अबरुद्घ भयो । नहोस् पनि कसरी ? केएमसी अस्पताल सिनामङ्गलमा गार्ड इन्चार्ज थिए अरे श्रीमान् । लुकीचोरी भएभरको जग्गाजमिन बेचेर एकलौटी पैसा कुम्ल्याए छन् । परिवारप्रतिको जिम्मेवारीको ‘क’ नजानेकी सावित्रालाई चानचुने धोका होइन त्यो । महिनाको पन्ध्र हजार खर्च गरेर ६ वर्ष (अङ्श) मुद्घा लड्दा पाउनु त कता हो, उल्टै आफूसग भएको आठ/दश लाख सुको रहेन भनेको सुन्दा मैलाई थामिन गाह्रो भयो ।

सा“झको बसाइ“ नगर प्रहरी आउलान् भन्ने डरले सावित्रा चनाखो भएकी पछि मात्र बुझे । त्यो वडाले तोकेको स्थान होइन थियो । होचो पर्खाल माथि एउटा झोलामा सयपत्री फूल थियो, अर्कोमा मालैमाला । केराको काइयो, दियोबत्ती, फुलबत्ती, तिल–जौ“ र अगरधुपलगायत पूजा सामाग्रीको अर्को झोला नजिक सावित्रा दिदीको आसन थियो । सामुन्ने पुगे म ।
खुट्टा कटकट खान्छ भनेर घरीघरी माडेको देखेर “दिदी, डाक्टर कहा जाऊ म पु¥याउछु” भन्दा उपचार गर्न नभ्याउने उत्तर आयो । कतिखेर खाना पकाउनु हुन्छ ? यो फूलमाला लिन कहा“ पुग्नुपर्छ ? नेपाली र इन्डियन फूल कसरी चिनिन्छ ? एउटा माला बेच्दा कति फाइदा हुन्छ ? मलाई एकै सासमा सुनेपछि दिदीको पालो–

“कहिले पकाएर खायो, कहिले यतिकै सुतो । फूल यही“ ल्याइदिन्छ, माला लिन जानुपर्छ । प्रायः छोरीले सहयोग गर्छिन् । दैनिक होइन, दुई तीन दिन, दुई तीन दिनमा खरिद्ने हो । नेपाली फूलको बास्ना आउछ । यो फूलमाला सबै नेपाली हो, मसिना बेर्ना इन्डियाबाट ल्याएर यतैको नर्सरीमा फुलेका । फाइदा नभए के व्यापार गर्नु तर धेरैजसो फूल बिग्रिन्छ । एउटा माला बेच्दा दश पन्ध्र रुपैया“ बस्छ । परेवाको चारोबाट केही आम्दानी हुन्छ ।

सात हजार कोठा भाडा छ । व्यापारको गति देख्नु भयो नि ? यहा बाच्न चर्को छ । हुन त मैले अहिलेसम्म ठूलो रकम ऋण लिएकी छैन । मेरा कोही छैनन् भनौ भने माया गर्ने दिदी हुनुहुन्छ । उहा चाहि अमेरिका बस्नु हुन्छ । अचम्म लाग्छ, कति फराकिलो मन ! यता, अनलाइनबाट मेरा लागि कपडा पठाइदिनु हुन्छ । दिदीको छोरीको फाइनान्स छ । आफूलाई अभर पर्दा गुहार माग्ने ठाउ त्यही हो । अस्ति पचास हजार झिकेर ल्याएकी थिए, भाडा बुझाउन । त्यो सकियो । पुनः महिना मर्न आट्यो अब कसरी तिर्नु ?”

यति कर्मठ हुदा पनि आखिर सावित्रालाई किन दुःख छ ? हैरान खपेर बाच्न झन् कति झन्झट छ ? यी प्रश्नले मेरो मन धमिलो–अमिलो भयो । काठमाडौं नबसौ फर्केर जाने ठाउ छैन । नया पुस्ताको चेतना विश्व प्रविधि मैत्री भएको हुनाले श्रम पाखुराले मात्रै गरिदैन । बल्कि मस्तिष्क खियाएर पनि बाच्न सकिन्छ । अतः समयमै सावित्राकी छोरीले प्रविधि मैत्री बन्ने जमर्को गरे कसो हुन्छ ? भनिन्छ, हरेक सम्भावनाभित्र सफलता लुकेको हुन्छ ।

सावित्राकी एकमात्र सहारा बनेकी छोरी करुणालाई जागिर खुवाउन यदाकदा अनुरोध गर्दा कतिले भनेछन्– ‘पैसा चाहिन्छ, पैसा !’ आखिर यस्तो अवस्था कहिलेसम्म भोग्नुपर्ने हो ?

सावित्राकी एकमात्र सहारा बनेकी छोरी करुणालाई जागिर खुवाउन यदाकदा अनुरोध गर्दा कतिले भनेछन्– ‘पैसा चाहिन्छ, पैसा !’ आखिर यस्तो अवस्था कहिलेसम्म भोग्नुपर्ने हो ?
फूल नामै राम्रो । सुगन्धको बयान गरेर सकि“दैन । व्यापार गर्नु एक प्रकारको सामाजिक कार्य दस्तुरसहितको सेवा ! बेच्नेले बढी नाफा लिन खोज्छन् भने किन्नेको दाउ भरसक कम पैसा तिरौ भन्ने हुन्छ । यो बजारको विशेषता नै हो । मान्छेभित्रको भोगाइ, पीर, दुःख र वेदना मुखले नबोलेसम्म अनुहारले थाहा दि“दैन । कतिलाई लाग्छ, मभन्दा ऊ खुसी छ । अथवा, उसको जस्तो जिन्दगी बिताउन पाए के नै चाहियो र ?

कतिलाई लाग्छ, दुनियासग बिलौना गरेर के पाइन्छ ? उल्टै मन कमजोर हुन्छ । नेपालीमा उखानै छ, यहा“ नबोल्नेको चामल बिक्दैन तर बोल्नेको पीठो पनि बिक्छ । मान्छेलाई बाच्न खाना चाहिन्छ । त्यो प्राप्त गर्न स्वावलम्बी हुनुपर्छ । विदेशमा गर्ने जति दुःख स्वदेशमै गर्न सके राम्रो । वातावरण बनाउने जिम्मा चाहि सरकारको हो ।

आफ्नै माटोमा दुःखसुख परिवारसगै रहेर बाच्न सकिन्छ । हाम्रो प्राथना सावित्राकी डिग्री पढेकी छोरीले योग्यता अनुसारको काम पाउन् । यसका लागि सरकारले स्वरोजगारका कार्यक्रममा युवा लक्षित कदम चाल्नु प¥यो । जोस, जागर र श्रम गर्ने चाहना डुब्न नदिन नया चेतनालाई कसरी अचेत्न सकिन्छ ? यतातिर पनि सरकारको ध्यान खिचिनु जरुरी छ । सावित्राकी एकमात्र सहारा बनेकी छोरी करुणालाई जागिर खुवाउन यदाकदा अनुरोध गर्दा कतिले भनेछन्– ‘पैसा चाहिन्छ, पैसा !’ आखिर यस्तो अवस्था कहिलेसम्म भोग्नुपर्ने हो ?

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *