स्वदेशमै श्रम गरिरहेका बाबु भन्छन : ‘सबै पाटीको सरकार बनो तर गरिब जनताले रोजगारी पाएनन्’

news-details

मान्छेलाई सपना बुन्न कसले भेट्छ ? कसैले भेट्दैन । यसर्थ आफ्नो भविष्य सुनिश्चित गर्न पलपल कोशिस गर्ने प्राणी हो मानिस । यो संसारमा धेरै किसिमका मानिस छन्, हुन्छन् । आ–आफ्नो क्षमता र दक्षता अनुसार कसलाई के रुचि हुन्छ, कसलाई के यकिन गर्न सकिँदैन । समयमा जसले आफूलाई चिन्दछ, ऊ सधैँ अग्रस्थानमा हुन्छ । त्यही मान्छेलाई परबाट समयले समेत नियाली रहेको हुन्छ । आफ्नो ओहदाले चिनिने मानिसको हाउभाउ र परिवारको लागि रगत पसिना बगाउने वर्गबीच ठूलो अन्तर छ । जोसँग जे छ, मनमुटुले राष्ट्र हितमा भलो चिताउनुलाई सत्कर्म भनिन्छ ।

हातबाट जसरी आलो माछा फुत्कन्छ, समय त्यस्तै हो । कति सपना गाउँमा छन्, कति शहर छिर्ने गर्छन् । अनि, शहरमा नअटेर विदेश उड्ने सपनाको संख्या यकिन छैन । उसो त आफ्नै रेखोपाखोमा खनिखोस्री चित्त बुझाउने जमात अर्को छ । ठूलो ठाउँमा पसेपछि केही न केही गर्नुपर्छ, नत्र कसरी जिवीकोपार्जन गर्नु ? यहाँ कतिलाई पारिवारिक जिम्मेवारीले थिचेको छ । कतिलाई आफ्नै विगतले पिरोलेको होला ? गलत मार्गमा हिँड्नेलाई समयले गिज्याएको हुन्छ । यसर्थ यहाँ बाँच्न सजिलो छैन ।

काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालीकाका बाबु तामाङ कलिलो उमेरमा काठमाडौं आए । पढ्ने लेख्ने बेला किन घर छोड्नु भयो ? भनेर प्रश्न गर्दा उनी भन्छन्– “सुन्दर, शान्त, विशाल नेपाल आमाको काखमा हाम्रो गाउँ छ तर त्यो ज्यादै दुर्गम ठाउँ हो । रुखो माटो हुनाले अन्नपात उब्जाउ हुँदैन । लाग्छ, बाउ आमाले कसरी गुजारा गरेर हामीलाई हुर्काउनु भयो ? अर्काको मेलामा गएर काम गर्न समेत नपाइने भूमि ।

हाम्रो २१ रोपनी जमिनमा पानीको स्रोत छैन । आफूलाई र गाईवस्तुका लागि थोरैतिनो चलाउन पँधेरा थियो तर बहत्तर सालको भूँइचालोले सुकाइ दियो । नजिकै रोशी खोला बगेको छ, त्यो पानीलाई सिंचाइको व्यवस्था गर्ने हो भने गाउँलेको दुःख अलि कम हुन्थ्यो कि ?

हामी चार जना दाजुभाइ मध्ये म परिवारको जेठो सन्तान हुँ । त्यो बेला स्कुल टाढा थियो । शिक्षा भनेको के हो ? कुन चेतनाले बाटो देखाएर पढ्न जानू ? तामाङ समूदाय भएको गाउँमा धनीका छोराछोरी बनेपा/धुलीखेल बसेर पढ्थे । घरको आर्थिक कमजोर हुनाले मलाई त्यो अवसर मिलेन । बाहिर हिँडेर काम खोज्ने चाहना कसरी पलायो, राम्रोसँगले याद छैन । मामाको पछि लागेर काठमाडौं आएँ म ।

घरबाट हिँड्दा चप्पल चुडियो । चुडिनु–छुट्टिनु अफाप भनेर सोच्नै आएन । साथमा पैसा थियो भने नयाँ चप्पल किनेर लगाउथेँ तर सुको हातमा नहुदा नमोबुद्घ–शङखु हुँदै पनौती आइपुगेँ । खालीखुट्टा हिँड्दा कति काँडाले घोचो । हिसाब छैन । चुडिएको फित्तालाई आगोमा सेकाएर जोड्नतिर मेरो ध्यान किन गएन ? यो सम्झेर कहिलेकाही औधी हाँस उठ्छ ।”

बिपी ‘हाइवे’ बन्नुले भकुण्डे ठूलो ठाउँ भयो । नत्र त्यता दिउँसै स्याल निस्किन्थ्यो । यो भनाइ पनि बाबु तामाङ कै हो । फ्याउरो र स्यालको जुवारी खेल्ने ठाउँ एकाएक शहर हुनु सकारात्मक कुरा हो । चोक बजारमा धेरैतिरबाट मानिस आउँछन् । त्यो चहलपहलले सरसंगतमा फड्को मार्छ । साथै, नयाँ नयाँ कुरा देखिन्छ, सिकिन्छ र जानिन्छ पनि । काठमाडौंमा बाबु ठूलोबुवासँग बसेँ ।

बाबुका तीन जना सन्तान रहेछन् । दुई जनाले होटल ‘म्यानेजमेन्ट’मा ‘प्लस टु’ सकेछन् । सानो चाहिँ अङ्ग्रेजी स्कुलमा कक्षा दशमा पढ्दैछ ।  अब कता के गर्छन् ? कि विदेश जान्छन् ? मेरो कौतुहलपूर्ण जिज्ञासामा उनी भन्छन्– “खोई यो देशमा के गरी खालान्, धेरै चर्को छ । सरकार भनेको कोहो, के हो नै थाहा छैन । जुन जोगी आए पनि कानै चिरेको भनेझैँ सबै पाटीको सरकार बनो तर गरिब जनताले रोजगारी पाएनन् । यहाँ योग्यता अनुसार काम दिनु र त्यो कामको कदर हुनु हो भने विदेश किन जानू ?

त्यो गाउँको मान्छे यति ठूलो शहरमा आएर पाइला–पाइलामा यो भिडभाड देख्दा कस्तो लाग्यो ? भन्ने मेरो जिज्ञासामा पुनः उनी भन्छन्– “म त्यतिखेर पन्ध्र वर्षको थिएँ । माडवारी कहाँ काम गर्थेँ । झाडु/कुचो लगाउने र पसलको सामान यता उता सार्दिने गर्नुपथ्र्यो । यही दैनिकी मैले असन इन्द्रचोकमा चार वर्ष बिताएँ । तलव थियो, खाना बाहेक महिनाको पाँच सय ।
त्यो चार वर्ष पछि पन्ध्र सय दियो तर त्यतिले मेरो गुजारा नहुने निश्चय भयो । घरको जेठो छोरो हुनाले मेरो कर्तव्य कमाइको केही भाग गाउँमा बाउआमालाई पठाऊ भन्ने थियो । जसले गर्दा घर व्यवहार धान्न उहाँहरुलाई सहज होस् । आफूले नपढे पनि मेरा भाइहरु पढ्दै थिए, स्कुल जाँदै थिए ।” बाबुसँग लगातार गफिन समय मिलेन उनको व्यापार हुने समय परेछ । यद्यपि अरु कुरा के भन्नु पर्छ, सोध्नु न दिदी भन्न छोडेनन् । उनी कति सजिला रहेछन् भन्ने कुरा यति वचनले प्रष्ट भयो ।

त्यहाँ उनलाई भ्याइनभ्याइ भएको देखेर मैले धैर्य धारण गरेँ । दिउँसो एक बजेदेखि आफ्नो ठेला उभ्याएर पानीपुरी र चटपटे बेच्दा रहेछन् । अघि–अघिका दिनमा केटी मानिसलाई बढी रुचि लाग्ने परिकार भनेर चर्चा परिचर्चा गरेपनि अहिले केटानकेटी सबैले सराबरी खान्छन्, उनको व्यवहारिक भनाइ थियो । हुन पनि हो रहेछ, सूर्यले डाँडा काट्ने काट्ने बेला धेरैले बाबुकै ठेला ताकेर आएको देखेँ । उनैलाई पर्खेको भेटेँ ।

बाबुका तीन जना सन्तान रहेछन् । दुई जनाले होटल ‘म्यानेजमेन्ट’मा ‘प्लस टु’ सकेछन् । सानो चाहिँ अङ्ग्रेजी स्कुलमा कक्षा दशमा पढ्दैछ भने । ती हुर्किएकाहरु सरकारी विद्यालय पढेका रहेछन् । अब कता के गर्छन् ? कि विदेश जान्छन् ? मेरो कौतुहलपूर्ण जिज्ञासामा उनी भन्छन्– “खोई यो देशमा के गरी खालान्, धेरै चर्को छ । सरकार भनेको कोहो, के हो नै थाहा छैन । जुन जोगी आए पनि कानै चिरेको भनेझैँ सबै पाटीको सरकार बनो तर गरिब जनताले रोजगारी पाएनन् । यहाँ योग्यता अनुसार काम दिनु र त्यो कामको कदर हुनु हो भने विदेश किन जानू ?

परिवार छरिदा कतिको घर बिग्रेको छ । उता, विदेश बसेर श्रीमान्ले कमाएको पैसा, धन–सम्पत्ति सबै लिएर यता श्रीमती अर्कैतिर हिँडेपछिको दर्द कुरा गरी साध्य छैन । फेरि, कतिका श्रीमान्ले धोका दिएका छन् । खास गरेर खाडी मुलुक जानेहरुकाबारेमा यथार्थ कुरा अझै धेरै छन् तर यहाँ सबै कहानी अट्दैन ।

उसो त विदेश गएर कमाएर यता प्रगति गर्ने पनि धेरै छन् । यहाँ कति मानिसले घर–जग्गाको मनग्य भाउ पाएका छन् । विदेशको पैसा खर्च गर्न सहज हुँदो रहेछ, थोरै साटे पनि धेरै हुने । यहाँको प्राकृतिक सौन्दर्य देख्दा निस्किनै मन लाग्दैन तर यही कुरा छोराछोरीलाई बुझाउन सकिदैन ।”

बाबु तामाङसँग गफिदा भूइँ मान्छेका धेरै कुरा थाहा भयो । उनले घरीघरी हँसाए पनि । सानैदेखि काठमाडौं बसे पनि गाउँकै युवती भगाएर बिहे गरेका रहेछन् । उनी आफ्नो घरजमबारे भन्छन्– “त्यस ठाउँमा मैले नै लभ गर्ने थिति बसालेँ नत्र तामाङ बस्ती भए पनि हाम्रो गाउँमा सबैको मागी बिहे हुन्थ्यो । मन मिलेपछि हामी भाग्यौँ । दुई मुटु एक भएपछि जाने ठाउँ यही काठमाडौं खाल्डोले तान्यो । मानौँ, समुन्द्रमा कुलो पसो ।

जीवनमा कति मोड आए, गए हिसाब छैन तर परिवार धान्न ऐया भनेर भएन । सकि नसकि कामधन्दा गर्नै प¥यो । आफू नपढेको मान्छे तर छोराछोरी पढाउन लागियो । जीवनमा म स्कुल गइनँ भन्दा पाँच दिन गएँ कि ? मोबाइल फोन चलाउछु तर फेसबुक चलाउन आउदैन । केटाकेटीलाई भने इन्टरनेटका सबै सुविधा उपलब्ध छ ।

झन्डै डेढ दशक हुन लागेछ उनले चटपटे र पानीपुरीको व्यापार गर्न थालेको । सबै दिन नगद बिक्दो रहेछ । सुरुवाति दिनमा तीन रुपैयाँ पर्ने चटपटे पाँच, दश, बीस, तीस हुँदै पचास भयो । तीसमा पनि बन्छ रे तर पचासको जस्तो स्वाद हुँदैन रहेछ ।

श्रीमान् श्रीमती नै शिक्षा नलिएका परियो । यस कारण ज्यामी काम ग¥यौँ । त्यो पछि हामीले चिया पसल सञ्चालन गरेका थियौँ । त्यो व्यापारबाट मनग्य पैसा कमियो र कमिन्थ्यो पनि तर घरबेटी असल नहुनाले होटल नै छाड्नु प¥यो । त्यतिखेर नयाँ बानेश्वर बस्थ्यौँ ।” घरबेटी बेठीक हुनासाथ गरिरहेको काम किन छाड्नु पथ्र्याे र ? यति ठूलो शहरमा अरुतिर सर्दा के हुन्थ्यो ? यी दुई प्रश्नले मेरो मगजमा कौतुहल ल्यायो ।

“चोकमा जस्तो अनेत्र वेपार हुँदैन । अर्काको घर–सटर लिएर के गर्नु । चलेन भने कसरी भाँडा तिर्नु ? वर्ष/छ महिनामा गाउँ पनि जानु पर्छ । बाउ उतै हुनुहुन्छ, ससुराल उतै, बिहे, व्रतवन्ध र मरोमारोलगायत के के परिरहन्छ । हामीले आफ्नो संस्कार र संस्कृति पनि जोगाउनु छ । काम त आफ्नो ठाउँमा छदैछ । साथै, परिवार, समाज र सम्बन्धलाई भूल्नु भएन ।”

बाबु तामाङका कुरा सुनिरहुँ लाग्ने छन् । हो, वास्तवमा उनले जति मिठासले खुलेर कुरा गरे, फूर्तिलो ज्यान कामप्रति मिहिनेती छन् भनेर ठम्याउन वेर लागेन । झन्डै डेढ दशक हुन लागेछ उनले चटपटे र पानीपुरीको व्यापार गर्न थालेको । सबै दिन नगद बिक्दो रहेछ । सुरुवाति दिनमा तीन रुपैयाँ पर्ने चटपटे पाँच, दश, बीस, तीस हुँदै पचास भयो । तीसमा पनि बन्छ रे तर पचासको जस्तो स्वाद हुँदैन रहेछ ।

चटपटे पानीपुरी दुवै चिज नखाने मैले उही व्यापारीसँग कुन प्रशंग कसरी कुरा सुरु गरौँ भन्ने थियो । त्यो चरण पार लगाएर अघि बढ्दै जाँदा बाबुले धुलिखेलमा चार आना घडेरी किनेको प्रशंग सुनाए । अझै पैसा कमाउन विदेश जान मन भएन ? भन्ने मेरो जिज्ञासामा उनी भन्छन्– “खहरे भेलले नछुने कुरो भएन तर मेडिकल जाचमा फालिएँ म । फेरि, कोशिस गर्दा छातीमा दाग देखायो । किन देखायो ? त्यसको प्रत्यक्ष असर काम गर्न खान खाँचो छैन ।

मेरी श्रीमतीले धेरै वर्ष ज्यामी काम गरिन् । कोरोना कालदेखि चै मकैँ र साग बेच्छिन् । दिनमा छ–सात सयको व्यापार गर्छिन् । पच्चिस सयदेखि तीन हजार हुन्छ, मेरो । यो सबै नाफा होइन । खर्च कटाएर पाँच–पाँच जनाको परिवार धानेर, नानीहरुको पढाइ खर्च, कोठाभाडा, बिमारी पर्दा औषधी उपचार सबै धान्दै सहकारीमा गरेको वचतले झन्डै एक तला घर बनाउन पुग्थ्यो कि तर वचतको त्यो पैसा फिर्ता पाएको छैन । यसले हाम्रो भविष्य अन्योल भयो । नानीहरु पनि अब हुर्के । अक्षररुपी आँखा देखाउने कार्यमा आफू नचुकेको कारण होस्टेमा हैसे होला कि ?”

आखिर यो देश बाबुहरुको पनि हो । आफ्नो भोक मेट्न उनीहरु सडकमा छन् । यो कुरा घाम जस्तै छर्लङ्ग छ । आश्चर्य चाहिँ यसबारे सरकार किन मौन छ ? एउटा झाडीमा कति जातका रुख बिरुवा हुन्छन् ? त्यस्तै, उनीहरुलाई विकल्प दिनु पर्ने होइन र ?

श्रम सबैले गर्छन् तर यति धैर्यवान मानिस विरलै भेटिन्छन् । विश्व जनसंख्याको एक चौथाई भनेको १.८ बिलियन नागरिकहरु १५ र ३५ वर्षको बिचका उमेरका रहेका छन् । यो विश्वले चिनेको सबैभन्दा ठूलो युवा पुस्ता मात्र नभई शिक्षित युवा पुस्ता पनि हो । यही संख्याभित्र बाबु पनि पर्छन् । नेपालको विडम्बना के छ भने देशमा अस्थिर राजनीति परिस्थितिको कारणले आफ्नो उज्ज्वल भविष्यको नक्सा कसरी कोर्नु ? आम युवा वर्ग अन्योलमा परेका छन् ।

युवाको समग्र विकास, सामाजिक उद्यमशिलता, शान्ति निमार्ण तथा दिगो विकासका मुद्घाहरुमा कोही किन सचेत छैनन् ? खास गरेर यो प्रश्न नेपाल सरकारलाई हो । हिजोआज सडक व्यापार छैन । भित्रभित्र पनि नगरपालिकाले छापा मारेर गर्न दिदैन । बाबु तामाङले बताए अनुसार उनका चार वटा ठेला नगरपालिकाले लगिसक्यो । यस अघिको नेतृत्वले पछि फिर्ता दिएको थियो तर अहिले दिएको छैन । डरले खान लाउन दिदैन ।

मूल सडकबाट ओल्टोकोल्टो भेट भएका बाबु पहिला मसँग बोल्न हच्किए । कारण, महानगरले छड्के पठाएको हो कि भन्ने लागेछ, उनलाई । त्यो होइन भनिसकेपछि अर्को डर भोलिदेखि यस थलोमा बस्न नपाइने पो हो कि ? भन्ने त्रासले उनको मनमा चिसो पसाएको रहेछ । कदापी त्यस्तो हुँदैन भनेर मैले ढुक्क हुन अनुरोध गरिसकेपछि बल्ल अलि उज्यालो अनुहार बनाएर मसँग कुरा गर्न तयार भए । आखिर यो देश बाबुहरुको पनि हो । आफ्नो भोक मेट्न उनीहरु सडकमा छन् । यो कुरा घाम जस्तै छर्लङ्ग छ । आश्चर्य चाहिँ यसबारे सरकार किन मौन छ ? एउटा झाडीमा कति जातका रुख बिरुवा हुन्छन् ? त्यस्तै, उनीहरुलाई विकल्प दिनु पर्ने होइन र ?

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *