डेढ दशकदेखि टयाक्सी चलाइरहेका लालबहादुर भन्छन– ‘पर्खिनु पर्छ, एकदिन समय आउँछ’

news-details

‘पाँच सयले बदलिएको जीवन’ शीर्षकले नै ध्यान खिच्यो । २०८० साल फागुन १४ गते सोमबारको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सो समाचारको शीर्षकमुनि अलि साना अक्षरमा ‘लुगा सिलाएरै छोरा डाक्टर र इन्जिनियर’ भनेर उल्लेखित अर्को लाइन पढिसकेपछि थप कौतुहल नजाग्ने कुरै भएन ।

नेपालको सूदुरपश्चिम प्रदेश बैतडी जिल्लाका धनीराम दमाई र आनन्दी दमाईका तीन छोरा कसरी डाक्टर र इन्जिनियर बने ? विपन्न परिवारको सङ्घर्षको कथा साँच्चै मन छुने खालको रहेछ । निजी विद्यालयमा पढाउन आर्थिक हैसियत नभएपछि दमाई दम्पतीले आफ्ना छोराहरुलाई सामुदायिक विद्यालयमै पढाएको वृतान्त छ ।

समाचार स्रोतका अनुसार २०४४ सालमा विद्युत् कार्यालयको घर निमार्ण हुने बेला गिट्टी कुटेर कमाएको पैसाले धनीरामले मेसिन किने । त्यही मेसिनको भरमा दम्पतीले जीवन गुजारा मात्रै गरेनन्, छोराहरुको भविष्यप्रति चनाखो भएर स्कुल भर्ना गरेर पढ्न पठाए । छोराहरुले पनि आफ्नो पढाइ लेखाइमा ध्यान दिए । परीक्षामा राम्रो अङ्क ल्याएर पास गरेपछि सरकारले छात्रवृत्तिमा डाक्टर र इन्जिनियर पढाइदियो ।

‘कुटेर काम लगाउँथे, बाँचेर फर्किएँ’ यो पनि समाचारकै शीर्षक हो । अन्नपूर्ण पोष्टले प्रकाशित गरेको हेलम्बु गाउँपालिका– ६, सिन्धुपाल्चोककी गोरी तामाङको पीडा उक्त समाचारमा उल्लेख थियो । गाउँका दिदीबहिनी र केही साथी विदेश गएको देखेर गोरी पनि पौरखी बन्न कुवेत पुगेकी रहिछन् ।

गाउँमा चिनेको दाइमार्फत दुई लाख खर्चेर गोरी कुवेत पुगिन् । त्यहाँ एउटा घरमा उनलाई पु¥याएर ती दाइ फर्किए । घरायसी काम गर्न सुरु गरेकी गोरीलाई सुरु सुरुमा काम ठीकै जस्तो लागे पनि भाषाको समस्या बिस्तारै बढ्दै गयो । कुवेतीले भनेका कुरा गोरीले नबुझने, गोरीका कुरा उनीहरुले । एकदिन बोल्दाबोल्दै गरेको फोन गोरीको हातबाट साहुले खोसिदिए । मोबाइल र सिम नै फुटाइदिए । अरु त अरु साहुका छोराछोरीले धरी गोरीलाई कति पिटे कति गाली गरे । पीर पर्दा रुन दिउन् न दुई पाइला कहीँ सार्न, जतिबेला पनि घरभित्रै रहँदा के बार, कुन महिना, कति गते र नेपालमा कुन पर्व आउँदै छ, थाहै हुन छाड्यो ।

सबै प्रकारले सुरक्षित आफ्नो घरमा बस्न कसलाई पो मन हुँदैन र ? तर परिस्थिति बिपरित भएपछि त्यही घरले मान्छेको मनस्थितिलाई कसरी प्रभावित पार्छ ? अठार वर्षकै उमेरमा घरबाट टाढिएका लालबहादुर मोक्तानका कुरा सुनौँ– “म स्कुल पढ्दै थिएँ । मेरो पढाइ पनि राम्रो थियो । द्वन्द्धको समय हुनाले दिउँसो किताब बोकेर स्कुल जाने र राति चाहिँ बन्दुक बोकेर युद्घमा हिँड्ने जमात गाउँमा कम थिएनन् । आफूलाई भने त्यतातिर मन लागेन ।

मेरो घर हेटौडा हो । बाजेबोजु सहितको संयुक्त परिवारमा बुवाआमाको प्रमुख पेसा कृषि हो । हाम्रो जग्गा जमिनमा मकै धेरै उत्पादन हुन्छ । त्यस्तै, मिहिनेत गरे धान पनि मनग्य फल्छ । कालोमास, घोरेमास र अरु गेडागुडी पनि फल्छ । वर्षभरि खान अन्न किन्नु पर्दैन । बरु बढी भएको अन्नपात बेचेर घरखर्च चलाउन सजिलो छ ।

सधैँ साँझमा गुडुड्ड गर्दै नयाँ–नयाँ मानिसहरु हाम्रो घर आँगनमा आउँथे । कसले कति खुवाउन सक्छ, त्यो अनुसार उनीहरुको कमाण्डरको आदेशको पालना गर्दै हामीले दैनिकजसो खाना पकाएर खुवाउनु पथ्र्यो । मैले माथि पनि भनिसकेँ, कुनै दिन मलाई त्यो जमातमा मिसिन मन भएन । द्वन्द्धको समय स्कुल जान पनि कुन बेला कस्तो परिस्थिति आउँछ, ठेगान नभएपछि बिस्तारै पढाइ छुट्यो । त्यसपछि गाउँले दाइहरुको पछि लागेर काठमाडौं आएँ ।

लाल बहादुरको विचारमा धन मानिसको अनिवार्य आवश्यकता हो तर कर्म नगरी त्यो प्राप्त हुँदैन । मिहिनेतको फल थोरै होस्, आफ्नो होस् । चित्त बुझाउन सकियो भने जीवनलाई पनि दुःख हुँदैन ।

‘ड्राइभिङ’ सिक्न थालेको पन्ध्र दिनमा नै ‘परफेक्ट’ भएँ म । लाइसेन्स निकाल्न नागरिकता चाहियो । त्यसका लागि गाउँ गएँ । जन्मदर्तामा मेरो उमेर तलमाथि भएको रहेछ । वडा र जिल्ला प्रशासन कार्यालय धाएर त्यो मिलाए पश्चात् नागरिकता बन्यो । अनि, लाइसेन्स झिक्न वातावरण तयार भयो । ‘अल्लारे उमेरको सोचाइ कमाइ राम्रो हुने भए भूइँ छाडेर पश्चिम दिशा उड्न पनि मन नभएको होइन । पासपोर्ट बनाएर साउदी अप्लाइ गरेको थिएँ, भिसा आयो तर कम्पनी राम्रो छैन भनेर थाहा पाएपछि मन मरो । हुन पनि अहिलेसम्म त्यो मेनपावर गएर मैले पासपोर्ट फिर्ता लिएको छुइनँ ।’

लाल बहादुरको विचारमा धन मानिसको अनिवार्य आवश्यकता हो तर कर्म नगरी त्यो प्राप्त हुँदैन । मिहिनेतको फल थोरै होस्, आफ्नो होस् । चित्त बुझाउन सकियो भने जीवनलाई पनि दुःख हुँदैन । काठमाडौंको एक्लो बसाइँमा उनलाई साथीको जरुरी भयो, बिहे गरे । त्यो बेला श्रीमती गार्मेन्ट उद्योगमा काम गर्थिन् । उनी ट्याक्सी चलाउथे । दुई जनाको कमाइ महिनावारी खर्च कटाएर कति बचत हुन्थ्यो होला र ! जेहोस्, प्रेमिल जोडीको गुजारा राम्रोसँगनै चलेको थियो । लालबहादुरको भनाइ अनुसार जब बच्चा जन्मियो, श्रीमती गृहिणी भइन् । गरिरहेको काम नछाड्ने भनेर के गर्नु ? सानो बच्चाको स्याहार सुसार कसले गर्ने ?

उनका पारिवारिक सदस्य गाउँमै छन् । उसो त लालबहादुरलाई पनि गाउँको कम माया लाग्दैन तर यता दुईटी छोरीहरुको शिक्षामा आच आउन नदिन अहोरात्र मिहिनेत गर्छन् । यो ट्याक्सीमा कुन–कुन सेवा छ ? भन्ने मेरो प्रश्नको जवाफमा लालबहादुर भन्छन्, “पठाओ र इन्ड्राइभ पनि चलाउँछु । बेला मौकामा कन्ट्याकमा पनि हिँड्छु । नेपालको सीमाना पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै घुमेँ । मेची पारी दार्जिलिङ पनि पुगेँ । प्राकृतिक दृश्य अवलोकनसँगै मान्छेहरुलाई अनवरत सेवा दिएको छु ।

साहुको ट्याक्सी हो । उहाँलाई दैनिक पन्ध्र सय बुझाउनु पर्छ । आवश्यकता अनुसार तेल आफैँले हाल्नुपर्छ, पाटपुर्जामा समस्या आयो भने साहुले नै बनाइदिनु हुन्छ । म राति ट्याक्सी चलाउदिनँ । खट्न सके नौँ बजेपछि ‘डेडी’ भाँडा लिन पाइन्छ, तर शरीरलाई आराम पनि त चाहियो नि । कतिले भन्छन्, ट्राफिक प्रहरीले अनावश्यक दुःख दिन्छ तर होइन । मेरो अनुभव आफूले गल्ती गरे उसले समाउने हो । धुलो, धुवा र हिलोको सकस झेलेर हाम्रै शान्ति सुरक्षाको निम्ति सडकमा तैनाथ ती प्रहरी कर्मचारीलाई किन ननिको देख्नु ? नियम विपरित काम गर्न नपाएको झोकमा दोष दिन खोज्नु राम्रो हुँदैन । कि त प्रमाणसहित बोल्नु प¥यो ।

‘थोरै पढाइको अर्थ खाडी मुलुकमा जोतिन जानु हो । दुनिया ऋणपान गरेर यहाँको पन्ध्रबिस हजार तलब खान किन हौसिनु ? त्यो पनि घर परिवारबाट ठाढा भएर । आधा गाग्री पानी छल्के जसरी मनमा कुरा खेलाएर जीवनलाई कमजोर पार्नु भन्दा गरिरहेको काम नै ठीक छ ।’

भर्खर भर्खर ट्याक्सी चलाउन थालेको बेला भाँडै नतिर्ने, चालकलाई धम्क्याउने, उल्टै पैसा हालेर रक्सी किन्न लगाउने र दिनभरि घुमेर साँझमा ‘ऊ त्यो देखिएको मेरो घर हो, तिमीलाई आवश्यक परे पैसा लिन आऊ’ भनेर सुइत्त कता लाग्थे, लाग्थे । त्यसबेला आफूलाई भने हिनताबोध भएर निरासाको बादलले ढाक्थ्यो तर पनि विकल्प खोजिनँ । गर्दै जाउँ केही नलागे हेटौडामा खेती गरेर खान्छु, भन्ने आँटले सधैँ साथ दियो, मलाई ।

देशमा गणतन्त्र ल्याउन पाए केके न हुन्छ भन्थे तर खोई के भयो ? ट्याक्सीमा चढ्नेहरु अस्थिर सरकारले देशलाई भड्खालामा पु¥यायो भन्छन् । कति नागरिक त एकापसमा बोल्दाबोल्दै भावुक हुन्छन् । हुन पनि त्यतिखेर गाउँमा वातावरण नधमिलिदो हो सायद, मेरो पढाइ पनि छुट्ने थिएन । लाग्छ, किताब, कापी र कलमसँग मेरो नाता टुट्ने थिएन । अहिले कुरो बुझ्दा शिक्षा नै रहेछ, जीवनको सही मार्ग । बाँच्ने र बचाउने ठूलो आधार । कानुनी हतियार । गुड्दै जाँदा देशमा विकल्प नभएका नागरिकसँग ट्याक्सीमा जम्काभेट हुन्छ । तिनीहरुका कुरा सुन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्छु । औँला भाँचेर हिसाब उतारेको भए त्यो संख्या यकिन हुन्थ्यो तर साध्य छैन…।”

बोलिरहेका लालबहादुरलाई रोकेर त्यसरी नै खादामाला लगाएर ठूलो जहाजमा उड्ने रहर किन पलाएन भाइ ? भनेर सोध्दा उनी भन्छन्, “थोरै पढाइको अर्थ खाडी मुलुकमा जोतिन जानु हो । दुनिया ऋणपान गरेर यहाँको पन्ध्रबिस हजार तलब खान किन हौसिनु ? त्यो पनि घर परिवारबाट ठाढा भएर । आधा गाग्री पानी छल्के जसरी मनमा कुरा खेलाएर जीवनलाई कमजोर पार्नु भन्दा गरिरहेको काम नै ठीक छ ।

यात्रु ओसारपसार गर्न मिटर नै चलाउँछु म । ‘हाउमच’ भनेको मिटर नखोली गरिने मोलतोल हो । सिभिल ट्राफिकले फरक फरक रुप धारण गरेर ट्याक्सी चेकिङ गरिरहेका हुन्छन् । थाहै हुँदैन ऊ प्रहरी हो कि यात्रु हो तर आफूले गलत बाटो अपनाएको छैन भने किन डराउनु ? आफू भलो त जगत् भलो ।”
मोक्तान भाइले पाँच कक्षाभन्दा माथि पढ्न नसकेको गुनासो घरीघरी दोहो¥याइ रहे । अहिले उनकी ठूली छोरी दश कक्षामा पढ्दै छिन् भने सानी सानै छिन् ।

‘झन्डै डेढ दशक भयो, मैले श्रम गर्न थालेको । कोठा भाडा तिरेर खाइलाइ खर्च साथै नानीहरुको पढाइमा कति लगानी छ । जेहोस्, जिन्दगी चल्दै छ । पर्खिनु पर्छ, एकदिन समय आउँछ । बिना समय कसरी लक्ष्य प्राप्त हुन्छ ?’ प्रश्नवाचक शैलीमा उनी टुङगिए ।

कुराको बिट मार्ने क्रममा बच्चा पढाउन आफूले जतिसुकै दुःख गर्नुपरे पनि पछि नहट्ने भाव व्यक्त गरे । अब आफ्नै नाउँको ट्याक्सी कहिले बनाउने ? भनेर उधिन्न खोज्दा “रहर छ तर समय नआइ हुँदैन । झन्डै डेढ दशक भयो, मैले श्रम गर्न थालेको । कोठा भाडा तिरेर खाइलाइ खर्च साथै नानीहरुको पढाइमा कति लगानी छ । जेहोस्, जिन्दगी चल्दै छ । पर्खिनु पर्छ, एकदिन समय आउँछ । बिना समय कसरी लक्ष्य प्राप्त हुन्छ ?” प्रश्नवाचक शैलीमा उनी टुङगिए ।

भनिन्छ, उचालेको कुकुरले मृग मार्दैन । त्यस्तै, मान्छेको पनि आफ्नै चाल, लय र गति हुनुपर्छ । आखिर धनीराम दमाईसँग के थियो ? गिट्टी कुटेर कमाएको पाँच सय रुपैयाँले जीवनको धार नै परिवर्तन गरिदियो । त्यही पाँच सयको लगानीले छोरा डाक्टर र इन्जिनियर बनेका छन् । यसरी कर्मको फल आफैँ प्राप्त हुन्छ ।

अर्काको लहैलहैमा लागेर घरमा भएका खसीबाख्रा बेचेर र सरसापट खोजेर पैसाको थैलो कसेर हिँडेकी गोरी तामाङले जीवनमा कति सम्पत्ति कमाइन् ? तुलनात्मक रुपमा ट्याक्सी चालक मोक्तान कर्ममा निकै विश्वास गर्छन् । उनी जे बोल्छन्, सत्य भन्छन् । श्रृङ्गार साधन बिनानै लाली झैँ चम्किएको उनको अनुहारको भाव पढ्दा ‘कर्म गर फलको आशा नगर’ भन्ने निचोडमा पुगेको भान भयो । जो मानिस सत्य हुन्छ, उसलाई भगवान्ले नहेर्ने कुरै हुँदैन । लालबहादुर मोक्तानलाई हाम्रो असिम शुभकामना !

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *