सन्दर्भ : नेपाली टोपी दिवस – ‘हराएको मेरो शिर’

news-details

शिर, टाउको वा कुनै पनि वस्तुको सबैभन्दा माथिको भाग भन्ने बुझिन्छ । कुनै समुह, संस्था, संगठन र देशको प्रमुख मान्छेलाई पनि टाउको वा टाउके नै भनिन्छ । कुनै पनि प्रकारको टाउकोको कुरा गरौँ यससँग भूगोल, पहिचान, राष्ट्रियता र प्रतिष्ठा गाँसिएर आउने रहेछ ।

मानिसको टाउको झट्ट हेर्दा सबैको उस्तै देखिन्छ तर ठ्याक्कै उस्तै हुँदैन । कोही बटुलो, कोही अलि लाम्चो, कोही अगाडि उठेको कोही पछाडि, कसैको कतै खाल्डो कसैको कतै डाँडो । तैपनि टाउको नै हो । त्यसको अर्थ र कर्म एउटै हुन्छ ।

संसारभरिका टाउकाहरुमा कपाल हुन्छ, कपालको नाम फरक हुनसक्छ तर त्यो उम्रिनुको उद्देश्य फरक नहोला । रङ्मा कालो, खैरो, फुलेर सेतो अनेक हुनसक्छ । र कपाल झरेपछि ताक्लु पनि हुन्छ टाउको । एउटै टाउकोले अनेक रुप धारण गर्दै समय र पहिचान व्यतित गरेको हुन्छ ।

यी अनेक टाउकोमा मानिसले आफ्नो रुचि र पहिचान अनुसारका टोपी लगाउँछन् । धेरैले टोपी नलगाउन पनि सक्छन् ।

अब कुरा गरौँ टोपीको इतिहास र उद्देश्यका बारेमा । के होला त टोपी लगाउनुको उद्देश्य ? कहिलेदेखि कसले किन लगायो होला टोपी ? सबैभन्दा सुरुमा लगाएको टोपी कस्तो थियो होला ?

नेपाली टोपीको चलन निकै पुरानो मानिन्छ । डेभिड क्रिस्चियनले लेखेको ‘हिस्ट्री अफ रसिया, सेन्ट्रल एसिया एन्ड मंगोलिया’का अनुसार इसापूर्व आठौं शताब्दीदेखि नै युरेसियाका घाँसे चउरमा घोडामाथि चढेर लडाइँ गर्ने शकहरू चुच्चे टोपी लगाउँथे । मानव जातिको इतिहासमा सबभन्दा पहिले घोडा चढेर लडाइँ गर्ने यस शक जातीकै टोपीको विकसित रूप नै खस जातीले प्रयोग गर्ने आजको नेपाली टोपी हुन सक्ने योगी नरहरीनाथको भनाई छ ।

संसारभरका मानिसले अनेक थरिका टोपी लगाउँछन् । नेपालमै पनि ढाका टोपी, भादगाउँले टोपी, बाबुराम भट्टराईले लगाउने खालको समतल टोपी, कपडा वा बाँसको चोयाबाट बनाइने छत्रे टोपी, जाडोमा लगाइने उनीका अनेकखाले टोपीहरू लगायत विभिन्न खालका टोपीहरु लगाइन्छ ।

तैपनी टोपीको जन्म कहिले भयो, यसको नामकरण टोपी भनेर कसले ग¥यो, कसरी टोपीले नाम पायो भन्ने बारेमा ठ्याक्कै यही हो भन्ने प्रमाण छैन । संस्कृत भाषामा शिरअस्त्र अथवा शिरको सुरक्षाका लागि लगाउने सामग्रीले टोपीलाई बुझाउँछ । नेपाली शब्दकोशमा शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षा गर्नका निमित्त चाउलो वा घेरा हाली सिएको वस्त्र, शिरपोस भनेर वर्णन गरिएको छ ।

नेपाली अर्थसँग मिल्दो छ फ्रान्सेली अर्थ पनि । फ्रान्सेली शब्द चेपेउ (ऋजभउभबग) बाट आएको मानिन्छ टोपी । चेपेउको अर्थ टाउको छोप्ने भन्ने हो । ऋजभउभबग नै पछि ऋबउ भयो भनिन्छ ।

नेपाली टोपीको चलन निकै पुरानो मानिन्छ । डेभिड क्रिस्चियनले लेखेको ‘हिस्ट्री अफ रसिया, सेन्ट्रल एसिया एन्ड मंगोलिया’का अनुसार इसापूर्व आठौं शताब्दीदेखि नै युरेसियाका घाँसे चउरमा घोडामाथि चढेर लडाइँ गर्ने शकहरू चुच्चे टोपी लगाउँथे । मानव जातिको इतिहासमा सबभन्दा पहिले घोडा चढेर लडाइँ गर्ने यस शक जातीकै टोपीको विकसित रूप नै खस जातीले प्रयोग गर्ने आजको नेपाली टोपी हुन सक्ने योगी नरहरीनाथको भनाई छ ।

भानुभक्त अथवा मोतीराम भट्टले लगाएजस्तो कार्चोपी भरेको टोपी राणाकालमा सुब्बा वा त्योभन्दा ठूला पदाधिकारीले मात्र लगाउन पाउँथे । फुर्को भएको त्यस्तो टोपी टर्कीबाट नेपाल आएको अग्लो टोपीको होचो रूप हो भनिन्छ ।

नेपाली ढाका टोपीको कुरा गर्दा काठमाडौं उपत्यकाभित्र श्री ३ जुद्धशमशेरका पालामा मात्र सुरु भएको देखिन्छ ।

बंगालादेशको ढाकाको कपडा नेपालसम्म आयात गरेर ल्याइन्थ्यो । ढाकाबाट ल्याएको त्यही कपडालाई ढाका भन्न थालियो र त्यसको टोपी पनि बुन्न थालियो र त्यही क्रमले निरन्तरता पाएको हो पनि भनिन्छ ।

११ औ शताब्दीको अन्त्यदेखि १३ औं शताब्दीको प्रारम्भसम्म राज्य गरेका सेन बंश माथि बख्तियार खिल्जीका छोरा इख्तियार खिल्जीले गरेको आक्रमणबाट बंगालबाट सेन वंश विस्थापित हुन पुग्यो । यसरी बंगालका पाल र सेनहरू इतिहासका विभिन्न चरणका धक्काले विस्थापित हुँदै नेपालसम्म पनि आइपुगे । चौधौं शताब्दीमा जुम्लाको खस राजवंशको पतन भएपछि पृथ्वी मल्लका रजौटाहरू बेग्लाबेग्लै टुक्रे राज्यका राजा भए । मुकुन्द सेन सम्भवतः पहिले खस राजाहरूकै रजौटा थिए । मुकुन्द सेनले पाल्पामा सेन वंशको बलियो जग हाले ।

आज पाल्पाबाहेक नेपालको तेह्रथुमदेखि सुदूरपश्चिमका ४० भन्दा बढी जिल्लामा ढाका कपडा बन्ने गर्दछन् । पछिल्लो समय ढाकाबाट विवाहमा बेहुलाले दौरा सुरुवाल सिलाएर लगाउने चलन बढेको थियो तर अचानक दौराजस्तै देखिने भारतीय पहिरन आएपछि पुनः यो बिस्थापितजस्तै भएको छ ।

ढाकाको संस्कृति सेनहरूसँगै पाल्पा आइपुग्यो । राणाकालमा श्री वीरशमशेरबाट खड्गशमशेर पाल्पा धपाइएपछि राणा दरबारको ओहोरदोहोरले पाल्पा र काठमाडौंको सांस्कृतिक आदानप्रदान बढ्दै गयो । त्यही ऐतिहासिक कारणले पाल्पाबाट काठमाडौंमा ढाकाको चलन सुरुवात हुन पुगेको थियो पनि भनिन्छ ।

विकिपिडियामा उल्लेख भएअनुसार काठमाडौँ उपत्यकामा नेवाहरूको मुख्य र मौलिक पहिरन थियो टोपी । पछि पहाडी भू–भागमा बसोबास गर्ने प्रायः सबै क्षेत्री, बाहुन र अन्य जातीका मानिसहरूले पनि परम्परागत रूपमा यसललाई लगाउन थाले । कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली अर्थात खस भाषामा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ । सुरुवातमा धाका टोपी भनिन्थ्यो पछि गएर धाका टोपिलाइ नै ढाका टोपी भनियो ।

टाउको ‘ढाक्ने’ हुनाले ‘ढाक्ने टोपी’ भनियो र कालान्तरमा यसलाई ‘ढाका टोपी’ भन्ने गरियो पनि भनिन्छ । नेपालमा लगाइने टोपीहरुमा भादगाउँले र ढाका टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात–जातिको आफ्नै जातिको पहिचान झल्काउने टोपी पनि छन् । धेरै प्रकारका टोपीमध्ये ढाका टोपी मुख्य र राष्ट्रिय पहिचान बोकेको टोपी बन्न पुग्यो ।

सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक जनवरी १ लाई ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाउन आह्वान भएसँगै यसले अझ व्यापकता पायो र यो टोपी विदेशीहरुले पनि लगाउन थाले । विशेषतः सबै देशको भेषभूषा, चालचलन र रीतिरिवाज फरक भएझैँ ढाका टोपीलाई नेपालीहरूको चिनारीको रूपमा लिने गरिन्छ ।

आज पाल्पाबाहेक नेपालको तेह्रथुमदेखि सुदूरपश्चिमका ४० भन्दा बढी जिल्लामा ढाका कपडा बन्ने गर्दछन् । पछिल्लो समय ढाकाबाट विवाहमा बेहुलाले दौरा सुरुवाल सिलाएर लगाउने चलन बढेको थियो तर अचानक दौराजस्तै देखिने भारतीय पहिरन आएपछि पुनः यो बिस्थापितजस्तै भएको छ ।

२०८० को दशैँको टिकाको भोलिपल्ट कात्तिक ८ गते ३१ जनाको टोलीमा आमा र श्रीमतीसहित तिर्थ यात्राका लागि वृन्दावनतिर हिँडियो । मेची कटेर भारत प्रवेश गरेपछि निरन्तर मेरो शिरमा सगरमाथा बनेर ठडिइरह्यो ढाका टोपी । त्यसबेला रमाईलो र गौरवशाली अनुभव हासिल भयो ।

नेपाली टोपीको डिजाइन नेपालमै भएको भए पनि टोपीको आविष्कारकका बारेमा प्रचारित छैन । जंगबहादुर राणाका पालामा उनकी बहिनी डम्बरकुमारी राणाले आफ्नो दाजुलाई खुसी पार्न टोपी बनाएर उपहार दिएको भन्ने भनाइ पनि छ ।

सबै जात, धर्म, सम्प्रदायले आफ्नो पहिचानको सगरमाथा ठानेको ढाका टोपिसँग मेरो आफ्नै साइनो र सम्बन्ध छ ।

स्कुल वा कलेज पढ्दा पनि कहिलेकहिँ टोपी लगाएर हिँड्थेँ । राम्रो प्रतिक्रिया आउँथ्यो । म हौसिएँ । जब सरकारी सेवामा प्रवेश गरेँ टोपीविना कार्यालयमा छिर्न र कतिपय गतिविधिमा समावेश हुन पाइदैनथ्यो । यो बाध्यात्मक बन्यो ।

२२ वर्ष टोपीसँग बाध्यताको साइनो लागिरह्यो । टोपीबिनाको फोटोले नागरिकता बन्दैनथ्यो गणतन्त्र अघि । त्यसबेला नागरिकता साइनो बन्यो टोपीसँग । सायदै थोरै नेपालीले आफ्नो विवाहमा टोपी लगाउँदैनन् होला । ती मान्छेजस्तै मेरो पनि वैवाहिक नाता बन्यो टोपीसँग ।

तर २२ वर्षको सरकारी सेवापछि ढाका टोपी कमै लगाउन थालेँ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्न घाम छल्ले अंग्रे्रजी क्याप लगाएको थिएँ । सहयोगी साथीभाइ, आफन्त र शुभेच्छुकले ढाका टोपी नै लगाउन बाध्य पारे, लगाएँ । त्यसपछि राजनीतिक नाता बन्यो टोपीसँग । त्यसपछि ऐच्छिकरुपमा प्रयोग भइरह्यो ।

२०८० को दशैँको टिकाको भोलिपल्ट कात्तिक ८ गते ३१ जनाको टोलीमा आमा र श्रीमतीसहित तिर्थ यात्राका लागि वृन्दावनतिर हिँडियो । मेची कटेर भारत प्रवेश गरेपछि निरन्तर मेरो शिरमा सगरमाथा बनेर ठडिइरह्यो ढाका टोपी । त्यसबेला रमाईलो र गौरवशाली अनुभव हासिल भयो ।

यो टोपी लगाउने मानिस नेपाली हो भनेर धेरैले जान्दा रहेछन् । नमस्ते नेपाल, नमस्ते काठमाडौँ वा जय पशुपतिनाथ भनेर सम्मान जनाउने मात्र गरेनन् थाहा नपाउनेले पनि विशेष र जिज्ञाशु नजरले हेरे । काशिको फुटपाथमा भेटिएका एकजना मजदुरले बोलाएरै भने मेरो आमाको आँखाको उपचार नेपालमा गरेको नि !

नेपालका विभिन्न ठाउँबाट तीर्थ यात्रामा गएका नेपालीहरु भिड छिचलेर पनि कुरा गर्न आए । मथुराको एक अस्पतालमा कार्यरत कैलालीका युवा डाक्टर ईन्द्र अधिकारी कंशको दरबारमा भेटिए । नेपाली भेट्दा नेपाल भेटेझैँ भयो भनेर कुरा गर्न आएको भन्थे ।

काशीमा एउटा किराना पसलमा पानी किन्न गएको बेला पसलेले नेपाली गीत सुनाए । ‘सफल तिम्रो त्यो जिन्दगीलाई यो दुःखिको बधाई छ’ र ‘गंगाजले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी’ भन्ने गीत उनले राम्रैसँग गाए । नेपाली साथीबाट नेपाली गीत सिकेको भन्थे उनी ।

वृन्दावनमा सयलमा बसिरहेका हामीलाई देखेर एक स्थानीयले अर्कोसँग कुरा गरे ‘नेपालीले जस्तै अपमान र पिटाइ सहन्छ तर आफ्नो शिरको टोपी निकालेको सहँदैन, सिधै काटिदिन्छ ।’ हाम्रो टोपी र स्वाभिमान थाहा पाएका मानिस रहेछन् ती ।

नेपालीको टोपी छुट्यो भन्दै हामीलाई पछ्याउँदै टोपी बोकेर दौडदै आएको रहेछ पसले । समुहमा म अलि अगाडि भएको कारण सबितालाई दिएर गएछ । र मेरो शिर बनेर मेरो सगरमाथा नेपालसम्म आयो ।

सबैभन्दा सजिलो त के भयो भने जस्तै भिडभाडमा पनि टोपीले घुमघाम सहज गराइदियो । समुहको सबैभन्दा अग्लोमान्छे म । कोही कतै भिडमा अलमलियो भने पनि मेरै शिरको टोपी हेर्दै पछ्याउँदै एकापसको साथ भेटिरह्यौँ ।

कात्तिक १५ गते काशीबाट गया जाने दिन, साँझको ट्रेन थियो । केही प्रसादी उपहार सामग्री किनमेल गरेर रिक्सा चढेर हतारहतार शिवाला स्थित होटलतिर फर्कँदै थियौँ ।
तपाईको टोपी खोइ ?

यो प्रश्नले झस्किएर टाउको छामेँ । टाउकोमा टोपी थिएन । शिवको नाम प्रिण्टेड टिसर्ट किन्न मन लाग्यो । त्यसको साइज नाप्न टोपी खोलेर टिसर्ट लगाउनुपर्ने भयो ।

पसलेले टिसर्ट पोको पारेर दियो पैसा तिरेर हिँडे । खोलेर राखेको टोपी कपडाले छोपिएछ लगाउन बिर्से । खिन्न भयो मन । फर्केर टोपी लिन जाने समय थिएन । चुपचाप रिक्सामा बसिरहेँ ।

मनमा कुरा खेल्यो पसलेले मेरो टोपी सम्मानसाथ लगाउँछ कि, साँचेर राख्छ वा कतै रद्दीको टोकरीमा फाल्छ । टोपी र मेरो स्वाभिमानको औधी माया लागिरह्यो ।

सायद मेरो सोचमग्न अनुहार पढेर होला धेरैबेर धैर्य गर्न सक्नुभएन । सँगै रिक्सामा यात्रारत सबिता खनालले झोलाबाट टोपी झिकेर दिनुभयो । टोपी उहाँले बोकेको कुरा हामी कसैलाई थाहा थिएन । सबैजना खुशी भयौँ । म अझै बढी खुसी भएँ ।

नेपालीको टोपी छुट्यो भन्दै हामीलाई पछ्याउँदै टोपी बोकेर दौडदै आएको रहेछ पसले । समुहमा म अलि अगाडि भएको कारण सबितालाई दिएर गएछ । र मेरो शिर बनेर मेरो सगरमाथा नेपालसम्म आयो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *