अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : अन्तर्राष्ट्रिय रुपमा मौलाएको दण्डहीनताका कारण छैन रौनकता
- प्रोफेसर मोहम्मद रमजान अली मियाँ
- मंसिर २४, २०८०
- 0
आज विश्व भर मानव अधिकार घोषणापत्रको ७५ औं अन्तर्राष्ट्रिय दिवसको अवसर भएता पनि बढ्दो मानव अधिकार हनन तथा अन्तर्राष्ट्रिय रुपमा मौलाएको दण्डहीनताका कारण यसको कुनै खुशियाली र रौनक देख्न सकिन्न।
नेपालमा मात्रै दैनिक २० जना मानव अधिकार उल्लंघनको सिकार भइरहेको मानव अधिकारवादी संस्था इन्सेकको पछिल्लो तथ्यांक छ । यसको सबैभन्दा ठूलो मारमा कमजोर वर्ग, जाति, क्षेत्र, लिंग, धर्म र समुदायका महिला, गरिब र दलित र मुस्लिम समुदाय परेका छन्।
तसर्थ आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइ रहँदा कता कता यसको कार्यन्वयनको क्षेत्र अति फितलो र कम्जोर भएको कारण अधिकार प्राप्तिमा निकै कसरत पश्चात पनि मानवअधिकारको सुरक्षा एवं प्राप्ति आभास नभएको लागिरहेको छ।
दिवस आइरहँदा बिश्वको ठूलो भाग मानवअधिकारको भिक मागिरहेको अवस्था बिध्यामान छ। जबकि प्रत्येक व्यक्तिले जात, भाषा, धर्म, लिंग, राष्ट्रियता, उत्पत्ति, सामाजिक तथा आर्थिक स्थिति र राष्ट्रिय सिमानाका बाबजुद पनि आफूमा अन्तर्निहित नैसर्गिक अधिकारहरू निर्वाध उपभोग गर्न पाउने व्यवस्थालाई अन्तर्राष्ट्रिय तहमा आधारभूत मानव अधिकारका रूपमा परिभाषित गरिएको छ।
आज राष्ट्रसंघको यस अभियानमा मेरो कर्मभुमी कतार र जन्मभूमि नेपाल लगायत विश्वभरका १९३ राष्ट्र सहभागी छन् । हाम्रो समाज र हरेक व्यक्तिले जबसम्म आफ्नो आधारभूत मानवअधिकार बुझ्दैन तबसम्म पनि यसको कार्यन्वयनमा समस्या हुन्छ।तसर्थ हामीले जहाँ जुन तबकामा रहेता पनि आफ्नो मानवअधिकार बारे जागरुक हुनु अति आवश्यक रहन्छ।
मानव अधिकारका मान्यताहरूको प्रारम्भ सन् १२१५ को म्याग्नाकार्टादेखि भएको मानिए पनि यसको संस्थागत विकासको आधार संयुक्त राष्ट्र संघको स्थापना र यसको बडापत्रलाई मानिन्छ। बडापत्रका आधारमा मानव अधिकारको विश्वव्यापी घोषणापत्र–१९४८ जारी भएको आज ७४ वर्ष पूरा भै ७५ औं वर्षमा प्रवेश गरेको छ।मानव अधिकारका सर्वमान्य सिद्धान्तहरू हुन्छन् र यसलाई राजनीतिक सिद्धान्त वा वर्गीयताका आधारमा व्याख्या गर्न सकिँदैन्। यो विश्वव्यापी मान्यता हो। मानव अधिकारलाई स्थानीय राजनीतिक वस्तुस्थिति वा निश्चित राजनीतिक सिद्धान्तका आधारमा चिन्तन गरिनु हुँदैन।
यसैगरी मानव अधिकारकर्मीहरू दलीय विचारबाट प्रभावित नभई यसका सर्वव्यापी मान्यताहरूतर्फ समर्पित हुनुपर्छ। यसका लागि राज्यका अलावा मानव अधिकार संरक्षणका लागि सिर्जित मानव अधिकार आयोग जस्ता निकाय र मानव अधिकार समुदायको सकारात्मक सक्रियता अनि आपसी सहकार्य अपरिहार्य हुन्छ।
बिश्व मानवअधिकार दिवसको इतिहास हेर्ने हो भने सन् १९४१ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्रेङ्कलिन रुजबेल्टले पहिलोपटक मानव अधिकार शब्दको प्रयोग गरेका थिए । सन् १९४५ मा यसलाई संयुक्त राष्ट्रसंघको बडापत्रमा समावेश गरियो । तत्पश्चात सन् १९४८ डिसेम्बर १० मा विश्वव्यापी रूपमा मानव अधिकारलाई मेरुदण्डका रूपमा घोषणा गरिएको थियो।
आज राष्ट्रसंघको यस अभियानमा मेरो कर्मभुमी कतार र जन्मभूमि नेपाल लगायत विश्वभरका १९३ राष्ट्र सहभागी छन् । हाम्रो समाज र हरेक व्यक्तिले जबसम्म आफ्नो आधारभूत मानवअधिकार बुझ्दैन तबसम्म पनि यसको कार्यन्वयनमा समस्या हुन्छ।तसर्थ हामीले जहाँ जुन तबकामा रहेता पनि आफ्नो मानवअधिकार बारे जागरुक हुनु अति आवश्यक रहन्छ।