भारी वर्षाको जोखिम : यी राजमार्गमा राति सवारी चलाउन प्रहरीले लगायो रोक

news-details

काठमाडौं । लगातारको मनसुनी वर्षाका कारण सडकमा बाढीपहिरोको जोखिम बढेपछि नेपाल प्रहरीले विभिन्न राजमार्गमा रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयले असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै जोखिमयुक्त सडकखण्डमा रातिको आवागमन नियन्त्रण गर्न थालेको जनाएको छ। केही सडकमा असोज १२ गतेसम्म नै रात्रिकालीन आवागमन बन्द रहनेछ।

१. पृथ्वीराजमार्ग

बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द।

२. सिद्धिचरण लोकमार्ग

आजदेखि असोज १२ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन र पैदलयात्रुको रात्रिकालीन आवागमन रोक।

३. कान्ति राजमार्ग

बेलुकी ७ बजेदेखि रात्रिकालीन सवारी आवागमन बन्द।

४. भैँसे–भीमफेदी–देउराली–कुलेखानी–काठमाडौं सडक

बेलुकी ७ बजेदेखि सवारी आवागमन रोक।

५. बीपी राजमार्ग

बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक।

६. नारायणगढ–मुग्लिन सडकखण्ड

बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया