उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
- अशोज ८, २०८३
- 0
काठमाडौँ । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचनालाई दृष्टिगत गर्दै मन्त्रालयले प्रदेशका स्वास्थ्य, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सङ्घीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने र विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्नेगरी पूर्वतयारी गर्न निर्देशन दिएको छ ।
प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।
0 प्रतिक्रिया
कांग्रेसले सार्वजनिक गर्यो १५औँ महाधिवेशनको लोगो र नारा

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। बिहीबार सामाजिक सञ्जालमार्फत्महाधिवेशनको लोगो र नारा सार्वजनिक […]
भारी वर्षाको जोखिम : यी राजमार्गमा राति सवारी चलाउन प्रहरीले लगायो रोक

काठमाडौं । लगातारको मनसुनी वर्षाका कारण सडकमा बाढीपहिरोको जोखिम बढेपछि नेपाल प्रहरीले विभिन्न राजमार्गमा रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय […]
एमाले बैठक : बरिष्ठ नेतामा विद्या भण्डारीसहित ७ स्थायी कमिटी र २० जना केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले सात जना स्थायी कमिटी सदस्य चयन गर्नुका साथै २० जनालाई केन्द्रीय […]
यूएई जाने नेपाली श्रमिकका पक्षमा व्यवसायी संघ, प्रहरी प्रमाणपत्र प्रमाणीकरण शुल्कमा ५० प्रतिशत छुट

संयुक्त अरब इमिरेट्स जाने नेपाली श्रमिकका लागि प्रहरी प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी प्रक्रियामा नयाँ सुविधा उपलब्ध हुने भएको छ। नेपाल वैदेशिक रोजगार […]
क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले २०० एम बी पी […]






