निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत करबाट सरकार पछि हटेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट भाषण गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशतका दरले समता कर लगाएका थिए।

उक्त कर साउन १ गतेदेखि लागू भएको थियो। प्रधानमन्त्री बालेन शाहले उक्त कर नलिने बताएका छन्।

‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।