कीर्तिमानी आरोहि मिङ्मा शेर्पाले रास्वपाको कन्द्रीय सदस्यमा उम्मेद्वारी नदिने भएका छन् । यस अघि उन्ले राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने चर्चा थियो ।

चितवनमा हिजोबाट सुरु भएको महाधिवेशनमा उन्लाई शुभचिन्तकहरुले केन्द्रीय सदस्यमा उम्मेदबारी दिन आग्रह गर्दे आएका थिए । उनी यस भन्दा अघि फागुन २१ गते भएको निर्वाचनमा संखुवासभाबाट सघीय सांसदका उम्मेदवार थिए । १५ हजार मत प्राप्त गरेर उपबिजेता भएका उनी भन्दा बढी बिजेता डा. अर्जुनकुमार कार्कीले १५ हजार ६ सय ३६ मत प्राप्त गरेका थिए । ६ सय ३६ मतान्तरले पराजित भएका शेर्पा विश्व कीर्तिमान आरोही पनि हुन् ।

उनी इमान्दार, कर्मठ, योग्य र निष्ठावान नेताको रुपमा परिचितछन् । संखुवासभाका जनताको सेवामा समर्पित शेर्पा सामाजिक व्यक्तित्वको रुपमा चिनिन्छन् । पार्टीको सिद्धान्त, मूल्य, र अभियानलाई सशक्त बनाउन र योगदान गर्न पदमा बस्नु पर्छ भन्ने नभएको उन्को भनाई छ । उन्ले आफू भन्दा अझ सशक्त, सक्षम, सवल र अग्रणी व्यक्तित्व नेतृत्वमा पुगोस भन्ने चाहना रहेको बताएका छन् ।