काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्र सीमित रहन नहुने बताएका छन्।

प्रतिनिधि सभाको बैठक बोल्दै संविधान संशोधनबारे बहस गर्नको लागि शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न माग गरे।

उनले भने,‘संविधान संशोधनका लागि पूर्व प्रधानन्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नु जरुरी छ। उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलनमा जानु आवश्यक छ।

राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संशोधन सफल नहुने बताए।