जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन्।
नको विश्वासको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ ।
गत वैशाख २१ गते जनमतले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । यस अघि गत जेठ १ गते विश्वासको मत लिनको लागि सदन आह्वान गरिए पनि आफ्नै पार्टी काँग्रेस भित्रको असन्तुष्टिले फलोर क्रस गर्ने डरले अन्तिम अवस्थामा आएर उनी पछाडि हटेका थिए।








