काठमाडौँ । आज बिहान ८ बजेदेखि सुरु भएको संसदीय समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीशबारे सुनुवाइ सुरु भएको छ ।
प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्मामाथि परेका उजुरीमा छलफल हुने कार्यसूचीसहित संसदीय सुनुवाइ समितिको बैठक डाकिएको हो ।
समितिले यसअघि वैशाख २५ गते शर्मामाथि उजुरी आह्वान गर्दै १० दिनको समय दिएको थियो । समयसीमामा शर्माबारे १६ वटा उजुरी परेका छन् ।
तथापी शर्माको संसदीय सुनुवाई फास्ट ट्र्याकमा गर्न खोजिएपछि विपक्षी दलले विमति जनाएका छन् । उनीहरुले परम्पराविपरित कार्ययोजना र उजुरी अध्ययन समेत नगरी बहुमतबाट अनुमोदन गर्ने नियत सत्तपाक्षको देखिएको भन्दै विमति जनाएका हुन् ।
मंगलबार बसेको सुनुवाइ विशेष समितिको बैठकमा विपक्षी दलका सदस्यहरुले समय माग गरेका छन् ।








