काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालका प्रस्ताव गरेका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले कार्यतालिका प्रस्ताव गरेका हुन् ।

सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।  प्रस्तावमा चैतबाट महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तमा सक्ने उल्लेख छ।

विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ । गत पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो।

यसअघि कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ मा भएको थियो। महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए।

कांग्रेसको महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्न प्रस्ताव, यस्तो छ प्रस्तावित कार्यतालिकाकांग्रेसको महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्न प्रस्ताव, यस्तो छ प्रस्तावित कार्यतालिका